प्रधान सम्पादक दाहाललाई मानव अधिकार सम्मान

हिमालय टाइम्स
Read Time = 3 mins

हेटौंडा । प्रधानसम्पादक प्राध्यापक पुरुषोत्तम दाहाललाई इन्द्रबहादुर श्रेष्ठ स्मृति मानव अधिकार सम्मान-२०८० प्रदान गरिएको छ । लोकतान्त्रिक आन्दोलनका अग्रणी, मानव अधिकारकर्मी श्रेष्ठको स्मृतिमा स्थापित इन्द्रबहादुर श्रेष्ठ स्मृति संरक्षण कोषद्वारा स्थापित सो सम्मान एम्नेष्टी इन्टरनेशनल मकवानपुर शाखाको वार्षिक साधारणसभा तथा महाधिवेशनका अवसरमा दश हजार राशीसहित प्रा.दाहाललाई प्रदान गरिएको हो ।

कार्यक्रममा प्रमुख अतिथि जिल्ला न्यायाधीश राजेन्द्र अधिकारीले मानव अधिकारको संरक्षण तथा संबद्र्धन हुन नसके कानुनी राज्य र लोकतन्त्रको अवधारणा सबल नहुने विचार प्रकट गर्नुभएको थियो । कार्यक्रममा संविधानसभा सदस्य डा.शोभाकर पराजुलीले सम्मानित प्रा.दाहालको लोकतन्त्र, मानव अधिकार, शिक्षा र साहित्यमा समेत समान योगदान रहेकाले उचित चयन हो भन्नुभयो । पराजुलीको विचारमा : नेपालको वर्तमान प्रणालीलाई अझ सबल गराउन लोकतान्त्रिक संस्कृति र संस्कार सबैमा हुनु आवश्यक छ ।

कार्यक्रममा नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामाले मानव अधिकार सार्वभौम हुनाले राज्य र समाज यसमा निरन्तर सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

सम्मानित दाहालसहित एम्नेष्टी इन्टरनेशलका केन्द्रीय कोषाध्यक्ष रोशन बजगाईं, संरक्षण कोषका अध्यक्ष विजेन्द्र अग्रवाल र चयन समितिका संयोजक कृष्णप्रसाद दाहालले लोकतन्त्र, मानव अधिकार, मानव अधिकारका लागि कार्यरत संस्था र व्यक्तिहरूको भूमिका जिम्मेदारीपूर्ण हुनुपर्ने विचार प्रकट गर्नुभएको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?