फुड, बेभरेज एण्ड हस्पिटालिटी एक्स्पो हुने

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । जिएआई फुड एण्ड बेभरेज एण्ड हस्पिटालिटी २०२३ हुने भएको छ । खाद्य, पेय पदार्थ र आतिथ्यमा केन्द्रित एक्स्पो असोज १८ गते काठमाडौंको भृकुटीमण्डपमा हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार नेपालमा खाद्य तथा पेय पदार्थ उद्योगको कुल संख्या २५ हजार पाँच सय रहेकोमा २४ हजार नौ सय ४० खाद्यान्न उत्पादन, पाँच सय ६० पेय पदार्थ उत्पादनमा संलग्न रहेका छन् ।

खाद्य र पेय पदार्थ उद्योगमा संलग्न व्यक्तिको संख्या ९३ हजार आठ सय छमध्ये ८४ हजार दुई सय १७ जना खाद्यान्न उत्पादन क्षेत्र र नौ हजार पाँच सय ८९ व्यक्ति पेय पदार्थ उत्पादन क्षेत्रमा संलग्न रहेका छन् । एक्स्पोमा होटल व्यवसायी, रेस्टुरेन्ट, क्लब, बार, पब, पार्टी प्यालेस, क्यान्टिन, सुपर मार्केट, ग्रोसरी मार्ट, किराना पसल, बेकरी, स्न्याक्स उत्पादक, कृषि खाद्य प्रशोधन उत्पादक तथा प्रबन्धक केटर, शेफ, बार टेन्डर र बरिस्टाहरूको सहभागिता रहने आयोजकले जनाएको छ । पाँच हजार उत्पादन सेव, र एक सय ५० स्टल रहने बताइएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?