गायिका दिलमाया खातीको निधन

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । गायिका दिलमाया खातीको निधन भएको छ । ८४ वर्षको उमेरमा उहाँको मंगलबार राति निधन भएको हो । ‘विछोडको पीडा नसकी खप्न दशैँको बेलामा’, ‘खोलाको दुई किनार’, ‘सम्हाल पछ्यौरी’, ‘सम्झे है बुझे है यो मेरो जोवन’लगायत थुप्रै नेपाली गीतमा खातीको स्वर छ ।

दार्जिलिङको घुम पहाडमा विसं १९९६ साउन २३ मा जन्मिनुभएकी उहाँले नेपालाई कर्मथलो बनाउनुभएको थियो । खाती पहिलो पटक सन् १९६२ मा काठमाडौं आउनुभएको थियो । काठमाडौं आएका बेला उहाँले गीत गाएको सुनेर संगीतकार शिवशंकर, नातिकाजी श्रेष्ठ र गायिका तारादेवीले नेपाली गीत गाउन आग्रह गर्नुभएको थियो । त्यसपछि उहाँले नेपाली गीत गाउन थाल्नुभएको थियो । अविवाहित दिलमायाले वरिष्ठ गायक गायिका एवं संगीतकारसँग काम गर्नुभएको छ ।

संगीतकार एवं गायक गोपाल योञ्जन, कर्म योञ्जन, नारायण गोपाल, तारादेवी, मिरा राणासँग उहाँले गीत गाउनुभएको छ । उहाँले १५० भन्दा धेरै नेपाली गीत गाउनुभएको छ । उहाँ लामो समयदेखि दमको रोगबाट पीडित हुनुहुन्थ्यो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?