कुनै पनि पुस्तालाई देशको झण्डा बोकाउन सिकाएनौँ : मनिष झा

फाइल तस्बिर

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाले राजनीतिक दल तथा अन्य समूहले कुनै पनि पुस्तालाई देशको झण्डा बोकाउन नसिकाएको भन्दै कटाक्ष गर्नुभएको छ ।

बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा उहाँले पहिले दलको झण्डा र त्यसपछि सम्प्रदाय र अहिले जात र धर्मको झण्डा बोक्न सिकाएको भन्दै कटाक्ष गर्दै देशको झण्डा बोक्न नसिकाएको बताउनु भयो।

‘केही वर्ष यो देशमा हामीले दलको झण्डा बोक्यौँ, त्यसपछि हामीलाई सम्प्रदायको झण्डा बोक्न सकियो, र अहिले धर्मको झण्डा बोक्न सिकाउँदै छ,’ उहाँले भन्नुभयो, ‘तर, कुनै पनि पुस्तालाई हामीले देशको झण्डा बोक्न सिकाएनौँ । यो देशको झण्डा बोक है, जुन धर्म र सम्प्रदायभन्दा महत्वपूर्ण हुन्छ भनेर ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?