खोटाङ । नेपाल कम्युनिष्ट पार्टी एमाले जिल्ला कमिटी खोटाङको आठौँ जिल्ला अधिवेशनको मिति टुंगो लागेसँगै नेताहरुको दौडधुप सुरु भएको छ ।
जिल्ला समन्वय समितिको सभाहलमा १८ फागुनमा बसेको जिल्ला कमिटीको ११ औं पूर्ण वैठकले आगामी चैत २८ र २९ गते दिक्तेलबजारमा अधिवेशन गर्ने निर्णय गरेसँगै नेताहरुको दौडधुप सुरु भएको हो ।
एमालेको आगामी चारवर्षे नेतृत्व हात पार्न अध्यक्षमा दुईजना आकाङक्षी देखिनुभएको छ । एमालेको वर्तमान अध्यक्ष रामप्रसाद दंगाल र उपाध्यक्ष देवबिक्रम राई अध्यक्षका आकाङक्षी देखिनुभएको हो । आफू अध्यक्षको आकाङक्षी भएकाले सल्लाह र सहमतिमा नेतृत्व टुंगो लगाईने एमालेका वर्तमान अध्यक्ष तथा आठौ जिल्ला अधिवेशनका अध्यक्षका आकाङक्षी दंगालले बताउनुभयो । सल्लाहमै नेतृत्व टुंगिने दंगालको भनाई छ ।
आफू अध्यक्षको आकाङक्षी भएको एमालेका वर्तमान उपाध्यक्ष एवंम् आठौ जिल्ला अधिवेशनको अध्यक्षका आकाङक्षी राईले बताउनुभयो । अधिवेशन सर्वसहमत गर्ने प्रयत्न हुन्छ, भएन भने चुनाव हुन्छ, जिल्लाका शीर्ष नेताहरुको धारणा पनि सर्वसहमत अधिवेशन गर्नुपर्छ भन्ने छ । राईले भन्नुभयो, ‘केन्द्रले समेत सर्वसहमत गर्नु भन्छ त्यसो नभए स्वस्थ प्रतिस्पर्धा गर भन्छ ।’
अहिलेसम्म अध्यक्षको आकाङक्षीमा दंगाल र राई मात्रै देखिएको एमाले निकट श्रोतले बताएको छ । अन्य पदाधिकारीहरुमा धेरै नेताहरु आकाङक्षी रहेको बताईएको छ ।
अधिवेशनलाई लिएर चैत ८ गते पार्टीको सचिवालय बैठक बसिने र चैत १७ गते दशवटै पालिकाको वडाबाट एकैपटक प्रतिनिधि छनौट गरिने नेकपा एमालेका जिल्ला कमिटी सचिव कुमारप्रसाद आचार्यले बताउनुभयो । अधिवेशनका लागि साङ्गठनिक, आर्थिक र राजनीतिक प्रतिवेदनको तयारी हुनेछ । आचार्यका अनुसार आठौ जिल्ला अधिवेशनका लागि एमाले युद्धस्तरमा जुटिरहेको छ ।
नेताहरुको दौडधुप सुरु भएको हो? भन्ने प्रश्नमा सचिव आचार्यले भन्नुभयो, ‘काममा त लाग्नु प-र्यो नि । काम पनि त गर्नुपर्छ, अधिवेशनका लागि भोट मात्रै मागेर भएन । अरु पनि पार्टीको थुप्रै काम हुन्छ, काममै दौडिरहनु भएको छ भन्नुपर्ला ।’
पहिलो प्रयत्न सर्वसहमत गराउने र साथीहरु मान्दै नमानेमा लोकतान्त्रिक पद्धतिबाट अधिवेशन गराईने एमालेका केन्द्रीय सदस्य एवंम खोटाङ जिल्ला सह–इन्चार्ज उषाकला राईले बताउनुभयो । एमालेको हरेक पार्टीको समस्या आन्तरिक रुपमा समाधान गर्दै आएका छौ । अधिवेशन पनि आन्तरिक रुपमै समाधान गर्छौ । नेतृ राई भन्नुभयो।
आठौ जिल्ला अधिवेशन सर्वसहमत गराईने एमालेका केन्द्रीय सदयस्य एवंम् झापा जिल्ला इन्चार्ज विशाल भट्टराईले बताउनुभयो । हामी चुनाव विरोधी हैनौ, चुनावले नराम्रो गर्दैन किनभने जसले श्रेष्ठता देखाउन सक्छ ऊ निर्वाचित हुन्छ । पराजित हुनेले सघाउँछ । तर, सकेसम्म विभाजित नगरौ भनेर सर्वसहमत नै अधिवेशन गराउँछौ । भट्टराईले भन्नुभयो, “यति गर्दा पनि भएन भने स्वस्थ र मर्यादित खालको चुनाव चाँहि गराउँछौ ।”
नेकपा एमाले जिल्ला कमिटी खोटाङको कार्यालय । तस्विर सौजन्य: राजन ठटाल
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच