सुन तस्करीको जाँचबुझ आयोगले काम शुरु गर्‍याे

हिमालय टाइम्स
Read Time = 4 mins

काठमाडौं । सुन तस्करी प्रकरण छानबिनका लागि सरकारद्वारा गठित उच्चस्तरीय जाँचबुझ आयोगले आफ्नो काम शुरु गरेको छ ।

बिहीवार सिंहदरबारमा पत्रकार सम्मेलनको आयोजना गरी असोज १६ गतेदेखि औपचारिक रुपमा काम शुरु गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै आयोगका अध्यक्ष डिल्लीराज आचार्यले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग, २०८० ले काम शुरु गरेको बताउनु भयो । उहाँले कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त समेत व्यक्त गर्नुभयो । उहाँले सुन तस्करी सम्बन्धि अहिलेसम्म भएको अध्ययन र विचारधिन मुद्दा तथा सिआईबीले अनुसन्धान गर्दै रहेका विषयमा पनि कहीँ कमजोरी खोज भन्ने कार्यदेश रहेको बताउनु भयो । उहाँले पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउने र नआए पक्राउ गर्ने अधिकार पनि आयोगलाई रहेको बताउनु भयो । उहाँले अदालतलाई भए सरहको अधिकार आयोगले पाउने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘२०८० असोज १६ गतेदेखि काम आरम्भ गरेका हौँ । १७ गते आयोगको पहिलो बैठक बसेको थियो । नेपाल सरकारले गठन गरेको सुनको अवैध पैठारी (तस्करी) सम्बन्धि जाँचबुझ आयोगको कार्य प्रारम्भ गरेको छ । कार्यादेश अनुसारको कार्य सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरेका छौँ । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग , २०८० राखेका छौँ । ट्रान्जिटको विषयमा यो आयोगको कार्यदेशको बारेमा दखिएको छैन । त्यसलाई कसरी जाने यो चुनौति छ । पैठारी आउने मात्रै कुरा रह्यो, निकासीको विषयमा ट्रान्जिटमा छ की छैन त हाम्रो देश, निकासीमा अध्ययनको सीमा कहाँसम्म पुग्ने भन्ने चुनौति छ । सुन तस्करी सम्बन्धि अहिलेसम्म भएको अध्ययन र विचारधिन मुद्दा तथा सिआईबीले अनुसन्धान गर्दै रहेका विषयमा पनि कहीँ कमजोरी खोज भन्ने कार्यदेश छ । हामी पहिला जाँचबुझका सम्बन्धमा सहभागी देखिएका व्यक्तिलाई बोलाउँछौँ । नआउँदा पक्राउ गर्ने अधिकार पनि छ । अदालतलाई भए सरहको अधिकार छ । हामीले वारेन्ट पनि जारी गरेका छौँ ।’

आयोगले बिहीवार एक पत्रकार सम्मेलन गरी इलेक्ट्रोनिक सिगरेट (भेप्स) र साउन २ गते ब्रेक सुबाट गरिएको सुन तस्करी लगायतका अन्य तस्करीजन्य विषयमा तथ्यगत जानकारी र सुझावका लागि सञ्चारमाध्यमबाट सूचना प्रकाशन गर्ने जानकारी दिएको छ । त्यसैगरी सुन तस्करीको पूर्ण नियन्त्रण गर्न विद्यामान कानूनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधार, यसअघिका तस्करीको छानबिन तथा अध्ययन र निष्कर्ष तथा प्रभाव, तस्करीमा संलग्न व्यक्तिहरूको संलग्नता र थप अनुसन्धानलगायतमा विषयमा पनि अध्ययन गर्ने बताइएको छ ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?