काभ्रेको पाँचखाल नगरपालिकामा ‘महिला उद्यमी हरित औद्योगिक ग्राम’ स्थापना हुँदैछ । नेपालको पहिलो महिला उद्यमी विशेष औद्योगिक ग्रामको शिलान्यास भइसकेको छ । महिला औद्योगिक ग्रामलाई कृषि पर्यटन औद्योगिक पार्कका रूपमा समेत प्रवद्र्धन गरिने योजना छ । महिला उद्यमी हरित औद्योगिक ग्राममात्रै होइन विशेष आर्थिक क्षेत्र (सेज) पनि बन्दै छ । यतिमात्रै होइन पाँचखालमा करिब ४० वटा उद्योग स्थापनाको तयारीमा रहेको नगरप्रमुख महेश खरेल बताउनुहुन्छ । पालिकामा औद्योगिक विकास कसरी भइरहेको छ ? यिनै विषयमा केन्द्रित रहेर नगरप्रमुख महेश खरेलसँग हिमालय टाइम्सका डेक्स सम्पादक डिबी शर्माले गर्नुभएको कुराकानीको सम्पादित अंश :-
नगरपालिकाका पछिल्ला गतिविधि केमा केन्द्रित छन् । तपाईंले के गरिरहनुभएको छ ?
नियमित कामहरू गरिरहेकै छौं । त्यसबाहेक पाँचखालमा विशेष काम हुँदैछन् । नेपालकै पहिलो र दक्षिण एसियाकै दोस्रो हरित महिला औद्योगिक ग्राम पाँचखालमा स्थापना हुँदैछ । मन्त्रिपरिषद्बाट नामकरण भइरहेको छ । बजेट विनियोजन पनि भएको छ ।
यो कस्तो खालको उद्योग हो ?
यो पूर्णतः महिलाहरूले सञ्चालन गर्ने उद्योग हो । यसमा पूरै ग्रीन इनर्जी र महिलाबाट स्थानीय उत्पादन हुने हो । एग्रोबेस उत्पादन हुनेछ । रिफाइन्ड, ग्रेडिङ र प्याकिङ गरेर राष्ट्रिय-अन्तर्राष्ट्रिय बजारमा पठाउने मुख्य उद्देश्य छ । प्रधानमन्त्रीबाट शिलान्यास गराइसकेका छौं । नगरपालिकाले सार्क महिला उद्यमी महासंघ र महिला उद्यमी महासंघको सहकार्य छ । उहाँहरूले भूमिका खेल्नुहुन्छ । हामी त्यसमा लागिरहेका छौंं । यसलाई नेपालको पहिलो र नमुनायोग्य बनाएर सातै प्रदेशमा यस्तै उद्योग स्थापना गर्ने कुरा अगाडि बढिरहेको छ ।
पाँचखालमा औद्योगिक विकासको अवस्था कस्तो छ ?
पाँचखालमा साना-ठूला गरी १५० वटा उद्योग स्थापना हुन्छन् । धेरै कृषि उद्योग छन् । पाँच सयदेखि १००० हजार जनालाई रोजगारी सिर्जना हुन्छ । किसानले बजार नपाएर फाल्नुपर्ने अवस्थाको अन्त्य हुन्छ । किनभने बजार सुनिश्चित छ । यहाँबाट उत्पादन हुने १२ प्रोडक्ट भारतको महिला उद्यमी मञ्चले किन्ने ग्यारेन्टी गरेको छ । बजारको समस्या रहँदैन । रोजगारी सिर्जना गर्ने काममा हामी केन्द्रित छौं । अर्को हजार रोपनीमा विशेष आर्थिक क्षेत्र (सेज) पनि बन्दै छ । जहाँ ५० उद्योग र पाँच हजारले रोजगारी पाउनुहुन्छ । यहाँ निर्यातजन्य उत्पादन हुन्छ । नगरपालिकाले सेजको काम अगाडि बढाइरहेको छ । त्यसका लागि पहुँचमार्ग कालोपत्रे गरिसेकेका छौं । खानेपानी पु¥याइसकेका छौं । जग्गा विवाद मिलाइसकेका छौं । हरित महिला उद्योग यस वर्ष निर्माण सुरु हुन्छ । सेजको पनि काम अगाडि बढेको छ । दुई वर्षमा यी दुई छुट्टै काम सकिन्छन् । पाँचखाल लगानीयोग्य र औद्योगिक क्षेत्र हुन्छ ।
‘ड्रिम पोजेक्ट’का रूपमा रहेको खानेपानी आयोजना सम्पन्न हुँदैछ । अबको तीन महिनामा ६ हजार घरधुरीलाई ‘मिनरल वाटर’ वितरण गर्नेछौँ ।
पहिल्यैदेखि चलिरहेका उद्योगको अवस्था के छ ?
स्थानीय सरकार बनेपछि पाँचखालमा विभिन्न उद्योग आकर्षित गरेका छौं । नेपालकै पहिलो डाटा सेन्टर ५० रोपनी जग्गामा बनेको छ । अरू एग्रोबेस उद्योग छन् । तेल उद्योगहरू छन् । फार्म हाउसहरू छन् । धुँवा ननिस्कने इँटा उद्योगहरू छन् । अन्य थुप्रै उद्योग सञ्चालनमा छन् । तिनलाई प्रोत्साहन गरेका छौं । पाँचखाललाई उद्योगमैत्री नगरपालिकाका रूपमा अगाडि बढाइरहेका छौं ।
पालिकामा कति जनाले रोजगारी पाएका छन् ?
अहिले झण्डै तीन हजारले रोजगारी पाएका छन् । स्थानीय तह बनेपछि उहाँहरूले रोजगारी पाउनुभएको हो । पाँचखालमा थप रोजगारी सिर्जना भइरहेका छन् । होटेल-रेस्टुरेन्ट खुलिरहेका छन् । विभिन्न उद्योग पाँचखाल आएका छन् ।
औद्योगिक विकासको नयाँ योजना के छ ?
विभिन्न तालिम दिइरहेका छौं । डरलाग्दो स्थितिमा युवाहरू विदेश पलायन भइरहेका छन् । युवालाई तालिम दिएर नेपालमै केही गर्न प्रेरित गर्ने हाम्रो उद्देश्य हो । यसैमा केन्दित छौं । यसबाहेक औद्योगिक विकासको चर्चा मैले सुरुमै गरिसकेको छु ।
स्थानीय तहको सबलीकरणमा औद्योगिक विकासको भूमिका कस्तो रहन्छ ?
निकै महत्वपूर्ण भूमिका रहन्छ । हामीले औद्योगिक विकासको वातावरण बनाइ दिने हो । बनाइरहेका छौं । लगानी व्यवसायीहरूले गर्ने हो । विश्वका ठूला अर्थतन्त्र भएका देशमा पनि निजी क्षेत्रको ठूलो लगानी हुन्छ । पाँचखाललाई काठमाडौंको विकल्पका रूपमा अगाडि बढाउन खोजिरहेका छौँ ।
पालिकामा औद्योगिक विकास गर्न संघीय र प्रदेश सरकारको सहयोग र समन्वय कस्तो छ ?
संघीय सरकारको सहयोग छ । प्रदेशको सहयोगको प्रखाइमा छौं ।
संघीय र प्रदेश सरकारबाट कस्तो सहयोगको अपेक्षा छ ?
दुवै तहका सरकारले स्थानीय तहबाटै औद्योगिक विकासको सुरुवात गर्नुपर्छ । त्यसमा पनि साना र मझौला उद्योग स्थानीय तहबाटै सुरुवात गर्नुपर्छ । त्यसका लागि सहजीकरण गरिदिनुपर्छ । वातावरण बनाइदिनुपर्छ । पहुँचमार्गको कुराहरू पनि सहयोग गर्नुपर्छ ।
औद्योगिक विकासमा सञ्चारको भूमिका के हुनसक्छ ?
सञ्चारको ठूलो भूमिका रहन्छ । पाँचखालमा हामीले सञ्चारबाट ठूलो सहयोग पाएका छौं । प्रचारप्रसारको काम भइरहेको छ । त्यसैले जुनै पनि काम गर्दा सञ्चार क्षेत्रलाई सँगै लिएर जानुपर्छ भन्ने लाग्छ ।
सञ्चारमाध्यमबाट कस्तो सहयोगको अपेक्षा गर्नुहुन्छ ?
हामीले असल नियतले गर्ने कामलाई सञ्चारले बढीभन्न्दा बढी प्राथमिकता दिएर प्रचारप्रसार गर्दिनुपर्छ । प्राथमिकता दिएर प्रकाशन÷प्रसारण गरिदिनुपर्छ । स्थानीय तहका मुद्दा केन्द्र र प्रदेश सरकार समक्ष पुर्याइदिने काम गर्नुपर्छ भन्ने लाग्छ ।
तपाईंको कार्यकालमा हालसम्म प्राप्त मुख्य उपलब्धि के-के हुन् ?
धेरै छन् । ठूलो उपलब्धि डिम पोजेक्टको रूपमा रहेको खानेपानी आयोजना सम्पन्न हुँदैछ । ६ हजार घरधुरीलाई मिनरल वाटर वितरण गर्ने योजना र प्रतिबद्धता थियो । अब तीन महिनामा सबै घरमा पानी पुर्याउँछौं । इनटेकसम्म पानी आइसकेको छ । पाइप बिछ्याउने काम भइरहेको छ । सेज र हरित मसहला आद्योगिक ग्रामको काम अगाडि बढेको छ । काठमाडौं विश्वविद्यालय पाँचखाल ल्याउन सफल भएका छौं । मदन भण्डारी विश्वविद्यालय ल्याउन सफल भएका छौं । प्रत्येक वडामा कालो पत्रे सडक पुगेको छ । अब प्रत्येक टोलटोलमा पुर्याउँछौं । शिक्षामा गुणस्तर कायम गर्न स्कुल मर्ज गर्ने र दरबन्दी मिलान गर्ने काम गरिहेका छौं । राम्रो रिजल्ट ल्याउनेलाई प्राथमिकता दिएका छौं । स्वास्थ्यमा पनि थुप्रै काम भएका छन् । वनको नेपालको नमुनायोग काम हामीले गरेका छौं । वनमा खेती गरेर अब पाँच वर्षमा १५ करोड रूपैयाँ कमाउँछौं ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच