इजरायल युद्धमा नौ जना नेपाली घाइते भएकाे नेपाली दूतावासले गरायाे जानकारी

रकेट आक्रमणमा ४० जनाको मृत्यु, ७४० जना घाइते

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । प्यालेस्टाइन लडाकु समूह हमासको आक्रमणमा परी इजरायलमा ९ जना नेपाली घाइते भएका छन्। घाइते हुनेमा नेपाली विद्यार्थीहरू रहेको तेल अवस्थित नेपाली दूतावासले जानकारी दिएको छ।

घाइते हुनेहरूको विवरण संकलन गर्ने काम भइरहेको दूतावासले जनाएको छ। दक्षिणी इजरायलको अलुमिन किबुजस्थित एक कृषि फार्ममा कार्यरत उनीहरू घाइते भएका हुन्।

भारतीय समाचार एजेन्सी एनआईले १७ जनालाई बन्धक बनाएको उल्लेख गरेको छ। उसले सामाजिक सञ्जालमार्फत् हमासले १७ जनालाई बन्धन बनाएको जानकारी दिएको हो।

शनिबार विहानदेखि हमासले रकेट आक्रमण गर्दा हालसम्म ४० जनाको मृत्यु भएको छ भने ७४० जना घाइते रहेको बीबीसीले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?