बजार विस्तार रणनीतिमा बोस

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । नेपाल प्रवेशको एक वर्षमै बोसले नेपाललाई रणनीतिक महत्वको क्षेत्रका रूपमा पहिचान गर्दै आफ्नो प्रतिबद्धता पुनस्र्थापित गरेको छ । प्रविधि र सेवाको अग्रणी विश्वव्यापी आपूर्तिकर्ता बोसले बजारमा लगानी जारी राख्ने र अब्बल डिजेल सर्भिस दिने जनाएको छ ।

आफ्नो पहिलो भ्रमणमा भारतमा बोस समूहका अध्यक्ष तथा बोस लिमिटेडका प्रबन्ध निर्देशक गुरूप्रसाद मुद्लापुरले भन्नुभयो, ‘नेपालमा विशिष्ट भौगोलिक लाभ र युवा उपभोक्ता जनसंख्याको अद्वितीय मिश्रण छ । हामीले यहाँ डिजेलका पार्टपुर्जाका लागि बलियो सेवा सञ्जाल विकास गर्नुपर्ने आवश्यकता बुझेका छौँ र विश्वास एवं उच्च गुणस्तरीय कार्यसम्पादनमार्फत् सँगै अघि बढ्ने प्रतिबद्धता जनाएका छौँ ।’ कम्पनीले नेपालमा सन् २०२२ सम्पर्क कार्यालय स्थापनासँगै अटोमोटिभ, पावर टुल्स, भवन प्रविधि, घरासयी उपकरण र स्वास्थ्य उपकरणहरू उपलब्ध गराउँदै आएको छ ।

कम्पनीले हालैै काठमाडौंमा आफ्नो पहिलो बोस डिजेल सर्भिस (बिडिएस) साझेदार भेला आयोजना गरेको थियो । भेलामा बोसका मुख्य अटोमोटिभ वितरक, नेपालमा यसका बिडिएस साझेदारलगायत करिब ६५ जनाको सहभागिता रहेको कम्पनीले जनाएको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?