धार्मिक राजनीतिले निम्त्याउने विनाशकारी मार्ग

विष्णुप्रसाद खनाल
Read Time = 15 mins

धर्ममा जब राजनीतिक गन्ध सुरु हुन्छ, जब धर्मगुरुले नै हतियार पदर्शन गर्दै धार्मिक सन्देश सुरु गर्न थाल्छन्, सामाजिक सञ्जालहरू उच्छृंखल बन्दै जान्छन्, सामाजिक विचलन देखा पर्न थाल्दछ । त्यसले देशको मात्रै नभएर नागरिकको मनस्पटलमा समेत अराजकता सिर्जना हुन थाल्छ । धर्म आस्था र विश्वास हो, हरेक नागरिकबीचको सहिष्णुता पनि हो तर धर्मको नाममा गरिने राजनीतिले समाजमा द्वन्द्वको बीजारोपण गर्दछ । स्वभावैले बहुमतले अल्पमतको हुर्मत लिने प्रवृतिको विश्व इतिहास धेरै लामो छ । संसारका धेरै प्रकारमा धर्महरू मानिन्छन् ।

जब धर्मलाई अतिवादी सोच र शासन व्यवस्थासँग जोडेर हेर्ने गरिन्छ तब त्यसखाले प्रवृत्तिले मानवजातिलाई नरसंहारको बाटोमा उद्धेलित गर्न सहयोग गर्न थाल्छ तब त्यसले देशको अवस्थालाई निक्र्याेल गर्नु जरुरी हुन्छ । राज्यका आधारभूत तत्वमध्ये भौगोलिक अवस्था मात्रै नभएर धार्मिक तथा सांस्कृतिक अवस्था पनि एक हो तर धर्म र राजनीति फरक कुरा हुन् । हुन त बेलायत साम्राज्य कुनै समय धर्मको नाममा परिचालित थियो त्यो धेरै समय टिक्न सकेन । राजनीति र धर्मलाई जोडेर हेर्न मिल्दैन । देश र जनताको हितका खातिर गरिने राजनीतिलाई सही मार्गमा डोहोर्‍याउन सकिएन भने त्यसले धार्मिक हिंसातर्फ उन्मुख गर्न मद्दत पुग्दछ । एकातिर राजनीतिक दलहरू नै धार्मिक एजेण्डा बोकेर राजनीति गर्ने र जनतामाझ भम्र सिर्जना गर्ने कार्यले देशको कुनै पक्षको भलो गर्दैन ।

नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जाल नियन्त्रणबाहिर जान थालेको देखिन्छ । यसले समाज, परिवार र मुलुकमा नै असहिष्णुताको विष फैलाउन थालेको छ । समाज विखण्डनतर्फ उन्मुख हुँदै गएको भान हुन्छ । यसका लागि सरकार चनाखो, सुसूचित र सुसज्जित हुनु जरुरी हुन्छ ।

नेपालको संविधान २०७२ अनुसार नेपाल एक धर्मनिरपेक्ष राज्य हो जहाँ सबै धर्मलाई समान रूपले हेर्ने तथा संरक्षण गर्नु आवश्यक ठानिन्छ । पछिल्लो समयमा एकातिर जातीय द्वन्द्वले विकराल रूप लिँदैछ भने अर्कोतिर नेपालगञ्ज, धरानलगायत क्षेत्रमा असामान्य परिस्थितिको सिर्जना हुन थालेको छ जसले कुनै पनि पक्षको भलो गर्दैन । सयौं वर्षदेखि मिलेर बसेको समाजलाई खलबल्याउने कार्यले कसैको पनि हित गर्दैन । नेपालको शासकीय इतिहासलाई हेर्ने हो भने विसं २००७ सालअघि नेपालमा जहानिया राणा शासन थियो । २००७ सालकै फागुन ७ गते नेपालमा प्रजातन्त्र आयो जसले जनतामा थोरै भएपनि आशाको किरण जगाउन थाल्यो तर त्यो केन्द्रमा मात्र सीमित भयो ।

सात दशकमा नेपालले पञ्चायतदेखि राजाको सक्रिय शासन व्यवस्था, र गणतान्त्रिक शासन व्यवस्थाको अभ्यास गर्दै आएको छ । व्यवस्था र व्यवस्थामा रहेर शासन गर्नेहरूको प्रवृत्तिमा केही समस्या नभएको होइन तर तर त्यसको बुझाइमा भने गलत कुरा हावी हुन थालेको छ । सबै धर्म आफैंमा बराबर छन्, महत्वपूर्ण पनि छन् तर यसको गलत बुझाइ र गलत व्याख्याले समाजमा राम्रो सन्देश जाँदैन । देशमा धार्मिक अतिवादको विकास हुनु पनि गलत हो । समाजमा द्वन्द्व सिर्जना भएपछि, समाज गृहयुद्धको विकास भएपछि त्यसको प्रत्यक्ष असर जनताको धर्म, संस्कृति र जातीय अवस्थामा पर्न थाल्छ । विकराल रूप लिँदै गएपछि त्यसले समाजमा द्वन्द्व सिर्जना हुन थाल्दछ ।

विज्ञान र प्रविधिले फड्को मारेसँगै पछिल्लो दशकमा विश्वसँगै नेपालमा पनि धेरै परिवर्तनहरू भएका छन् । प्रविधिको विकाससँगै संसार सानो बनेको छ । अझै सामाजिक सञ्जालको विकासले यसलाई थप सहज बनाइदिएको छ । पछिल्लो समयमा भएको सामाजिक सञ्जालको अतिविधि प्रयोगका कारण यसले समाजमा सकरात्मक मात्रै नभएर नकरात्मक प्रभावसमेत पार्न थालेको छ । सामाजिक सञ्जालको प्रभावकारी नियमन गर्ने कानुनी व्यवस्था तथा पूर्वाधारको विकास नभएको अवस्थामा देशमा अतिवादीहरूले धर्म तथा धार्मिक क्रियाकलाप राजनीति प्रवेश गराउन थालेका छन् जुन विल्कुलै गलत छ ।

सामाजिक सञ्जालका विभिन्न माध्यम फेसबुक, ट्वीटर, टिकटक, इन्स्ट्राग्राम, युट्युब आदि दर्जनौं प्लेटफर्मको सही प्रयोग नहुँदा मान्छे असामाजिक बन्दै गएको छ । सामाजिक सञ्जालको दुरुपयोग गरेर गलत सूचना फैलाउनेदेखि ठगी र आपराधिक घटनाहरू समेत भइरहेका छन् । यो समस्या विश्वव्यापी रूपमै देखिएको छ । नेपालमा पनि पछिल्लो समय सामाजिक सञ्जाल नियन्त्रणबाहिर जान थालेको देखिन्छ । यसले समाज, परिवार र मुलुकमा नै असहिष्णुताको विष फैलाउन थालेको छ । समाज विखण्डनतर्फ उन्मुख हुँदै गएको भान हुन्छ । यसका लागि सरकार चनाखो, सुसूचित र सुसज्जित हुनु जरुरी हुन्छ ।

सामाजिक सञ्जालमै धार्मिक आस्थामाथि चोट पुग्ने गरी स्टाटस राखेपछि नेपालगञ्ज अहिले अशान्त छ । प्रशासनले कफ्र्यु लगाएर स्थिति नियन्त्रणमा लिनुअघि नेपालगञ्जमा तनाव बढेको थियो देशको संविधानले प्रस्तावनामै मुलुकलाई बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक राष्ट्र भनेर गौरवका साथ परिभाषित गरेको छ  । धार्मिक-सामाजिक सद्भाव र सहिष्णुता हामी नेपालीको पहिचान पनि हो  ।

तर, केही समययता नेपालीको आम स्वभावविपरीत सामाजिक सद्भाव भड्काउने खालका गतिविधिको साथै धर्मलाई राजनीतिक अस्त्र बनाउने प्रवृत्तिको विकास भएको छ जसले मुलुकलाई फाइदा गर्दैन । सामाजिक सद्भाव भड्काउँदै त्यसको आधारमा राजनीतिक अभीष्ट पूरा गराउने चालले देश सञ्चालनको उपयुक्त नीति निर्माण हुन सदैन फस्वरूप देशको विकासमा बाधा पुग्न थाल्दछ । धार्मिक सद्भावका लागि राज्यले कफ्र्यु लगाउनु हाम्रै समाजका लागि विडम्बनको विषय हो  । धरानलगत्तै मधेसको सर्लाही र अहिले नेपालगञ्ज  सद्भाव कायम गर्न डेढ महिनायतामात्र तीन सहरमा सुरक्षा मापदण्डमै सुधार गर्नुपर्ने अवस्थाले देशको पछिल्लो परिस्थिति चित्रण गरेको छ । कोशी प्रदेशको नामको विषयलाई लिएर महिनौंदेखि आन्दोलन चलिरहेको अवस्था छ । समाजको विकासमा स्थानीय प्रशासन, राजनीतिक दल र नागरिक समाजको सहजीकरण आवश्यक छ ।

कुनै समय पूर्वराजाहरूलाई भागवान विष्णुको रूपमा पुज्ने चलन थियो तर चेतनाको स्तर बढ्दै गएपछि नेपालमा गणतन्त्रात्मक व्यवस्थाको सुरुवात भएको छ । धर्मगन्थहरूमा केही कुराहरू सुधार गर्नुपर्ने अवस्था हुनसक्छ तर धर्मलाई नै राजनीतिक अस्त्र बनाएर समाजमा द्वन्द्व सिर्जना गर्नु उपयुक्त होइन । 

कुनै ठाउँमा दुई समुदायबीच असहजता सिर्जना हुनासाथ अन्यत्र टाढै भएका व्यक्तिले पनि कारण बुझ्दै नबुझी सामाजिक सञ्जालमा भड्काउ सामग्री राख्ने र उत्तेजना फैलाउने क्रम बढेको देखिन्छ । नेपालगञ्जकै सन्दर्भमा पनि कुनै समुदाय विशेषलाई दोषारोपण गर्नेगरी देश विदेशका पुराना तस्वीर तथा भिडियो प्रसार भइरहेका छन । डेढ महिनाअघि पनि धरानलाई जोडेर त्यस्तै भ्रमपूर्ण सामग्री प्रसार गरिएका थिए । सद्भाव बिथोल्न खोज्ने व्यक्ति वा समूह जहाँसुकै रहेको भए पनि कानुनी कारबाहीको दायरामा ल्याउन असम्भव छैन । त्यस्तै धर्म-धर्म, समुदाय-समुदायबीच तनावको अवस्थामा सद्भाव र्‍याली निकाल्ने चलन छ  । तर, सबै पक्षको हार्दिकतापूर्ण सहभागिताले मात्र यस्ता ¥याली प्रभावकारी हुन सक्छन्  । सद्भावका नाममा कुनै बस्ती विशेषमा बाहुल्य भएको समुदायले शक्ति प्रदर्शन गर्न खोजेमा यस्ता पहल प्रत्युत्पादक हुन सक्छन्  । स्थानीय सरकार, राजनीतिक दल र प्रशासन यस्ता विषयमा सतर्क रहनुपर्छ  ।

राज्यले धार्मिक तथा सामाजिक सद्भावमा खलल पुग्ने गरी सामाजिक सञ्जाल तथा अन्य माध्यममा कुनै किसिमको लेखेर, बोलेर र श्रव्यदृश्य जस्ता सञ्चार सामग्री प्रचारप्रचार नगर्न नगराउन पुनः अनुरोध गर्दै त्यस्ता गतिविधि गरे गराएको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गर्ने आशयको सूचना नै जारी गरी सामाजिक र धार्मिक सद्भाव कायम राख्न सहयोग गर्न धार्मिक अगुवा, नागरिक समाज, सञ्चारकर्मीलगायत नागरिकलाई अनुरोध गरेको अवस्थाले देशको अवस्था झल्काएको छ भने राजनीतिक दलहरूले जब धार्मिक एजेण्डालाई अघि सार्दै गर्दा देशमा केही समयका लागि राजनीतिक दलहरूले आकार परिवर्तन गर्ने भए तापनि दीर्घकालमा यसले विकराल समस्या सिर्जना गर्दछ ।

राज्य र राज्यका अंगहरूले सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्ने स्पष्ट पारेको छ । अहिलेसम्म कानुन नभएर सामाजिक सञ्जालको दुरुपयोग गर्नेलाई कारबाही गर्न नसकिएको अवस्था छ तर कुनै कानुनमा टेकेर हामीले कारबाही गर्नसक्ने अवस्था नहुनु विडम्बनाको विषय हो । नेपाल प्रहरीको साइबर ब्युरोले साम्प्रदायिकता भड्काउने सामग्री प्रकाशन प्रसारण नगर्न आग्रह गरेको छ ।

पछिल्लो समय विभिन्न ठाउँमा जातीय र धार्मिक द्वन्द्व भड्कने स्थिति बनेपछि ब्युरोले सचेत गराएको हो । अटेर गरेर त्यस्ता गतिविधि गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याइने ब्युरोले जनाएको छ । एक विज्ञप्ति जारी गर्दै ब्युरोले सामाजिक सञ्जाल र अनलाइन माध्यमको दुरुपयोग गरी जातीय, धार्मिक सद्भावमा खलल पुर्‍याउने गतिविधि नगर्न र राष्ट्रिय एकतामा आँच आउने तथ्यहीन सामग्री प्रकाशन र प्रसारण नगर्न अनुरोध गर्दा पनि यो प्रवृत्ति रोकिएको छैन ।

नेपालमा धर्म र जातीयताको नाममा गरिने राजनीतिको इतिहास धेरै लामो छैन । कुनै समय पूर्वराजाहरूलाई भागवान विष्णुको रूपमा पुज्ने चलन थियो तर चेतनाको स्तर बढ्दै गएपछि नेपालमा गणतन्त्रात्मक व्यवस्थाको सुरुवात भएको छ । धर्मगन्थहरूमा केही कुराहरू सुधार गर्नुपर्ने अवस्था हुनसक्छ तर धर्मलाई नै राजनीतिक अस्त्र बनाएर समाजमा द्वन्द्व सिर्जना गर्नु उपयुक्त होइन । धार्मिक राजनीतिले देश बन्न सक्दैन । राजनीति देश विकासका लागि गरिन्छ । दिगो विकसका लागि गरिन्छ । सुशासन र पारदर्शीका लागि गरिनुपर्दछ । समाजका सबै क्षेत्र, वर्ग, जात, समुदाय तथा धर्मको संरक्षण तथा सम्बद्धनका लागि गरिने राजनीतिले मात्रै देशलाई उपयुक्त मार्गमा लैजान सक्ने भएकाले यस विषयमा राजनीतिक दलहरूसचेत हुनु जरुरी देखिन्छ र देश विकासको एजेण्डालाई प्रमख एजेण्डाको रूपमा विकास गर्नु जरुरी छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?