सिमकोटमा बोलेर जीप दुर्घटना, दुई वडाध्यक्षसहित नौ घाइते

दाने बोहरा हुम्ला, संवाददाता
Read Time = 1 min

हुम्ला । हुम्लाको सदरमुकाम सिमकोटमा बोलेर जीप दुर्घटना भएको छ । आइतबार बिहान ११ बजे सदरमुकाम सिमकोटबाट सिमकोट गाउँपालिका-२ ठेहे जादै गरेको गाडी दुर्घटना भएको हो । बा २१ च ७३५३ नम्बरको बोलेरो जीप दुर्घटना भएको हो ।

दुर्घटनामा परि घाइतेको उद्वार गरि अहिले जिल्ला अस्पताल हुम्लामा उपचार भइरहेको जिल्लाका अनमी सरिता बोहराले बताउनुभयो । घाइते हुनेमा सिमकोट गाउँपालिका-२ का वडाध्यक्ष देवजङ बोहरा, सोही पालिकाका वडा नम्बर ३ का वडा पामा लामा, धुर्ब बहादुर शाही, मालती भण्डारी, योजना ऐडी, मुटुब लामा, बास बहादुर भण्डारी, गाडी चालक, बच्चा सन्देश भण्डारीसहित नौ जना शक्त घाइते भएका हुन् ।

जिल्ला अस्पतालमा उपाचार हुन नसक्ने घाइतेहरुको थप उपचारका लागि जिल्ला बाहिर लैजानका लागि हेलिकप्टरको तयारी भइरहेको गाउँपालिका अध्यक्ष विजय भण्डारीले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?