अवैध लागूऔषधसहित कञ्चनपुर र कैलालीबाट पाँच जना पक्राउ

हिमालय टाइम्स
Read Time = 2 mins

कञ्चनपुर । भिमदत्त नगरपालिका-१० सुकाशालस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्राम ६० मिलिग्रामसहित ४ जनालाई आइतबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा लालझाडी गाउँपालिका-५ बस्ने २२ वर्षीय धिरज बिष्ट, कृष्णपुर नगरपालिका-३ बस्ने २१ वर्षीय दिनेश बिष्ट, सुक्लाफाँटा नगरपालिका-१० बस्ने २८ वर्षीय रोशन चन्द र भिमदत्त नगरपालिका-१ बस्ने २६ वर्षीय प्रदिप परियार रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरबाट खटिएको प्रहरीले सु.प.प्र.०२००१ ह २२३० नम्बरको अटोलाई जाँच गर्न क्रममा अटोमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

यसैगरी कैलालीको धनगढी उपमहानगरपालिका-२ ब्यारेलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम २ सय २० मिलिग्रामसहित सोही उपमहानगरपालिका-५ बस्ने २७ वर्षीय करन चौधरीलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?