‘मनको रैछौ पापी’ भन्दै बबिना

हिमालय टाइम्स
हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । ‘चरी भए भुरुरु जान्थे उडेर, ओइ भन्यो मायाले झ्यालबाट्, बेचिदिन्थे यो जवानी किन्ने कोही भइदिए’ साथै गिनिज बुकमा नाम लेखाउन सफल गीत ‘गोक्योरी’ लागायत अन्य धेरै चर्चित गीतका भर्सटाइल गायिका बबिना किरातीले हालै ‘मनको रैछौ पापी’ गीत श्रोता/दर्शकमाझ ल्याउनुभएको छ । गीतको भिडियो उहाँले आफ्नै युटुब बबिना किराती अफिसियल च्यानलमार्फत सार्वजनिक गर्नुभएको हो ।

साचो माया गर्दा मायाको बदलामा धोका दिने, विश्वासघात गर्ने, आफ्नो खुशीको स्वार्थका लागि मायाको नाटक गर्ने र रमाउने हामी थिममा आधारित सार्वजनिक गीतलाई मिलन किरातीले लेख्नुभएको हो । तोरेम्पा हाङको कम्पोज र राजु कार्कीको एरेञ्ज रहेको सार्वजनिक गीत किङ स्टुडियोमा रेकर्डिङ गरिएको हो । /खोटाङको बुइपामा जन्मिनुभएकी गायिका किरातीले नेपालका विभिन्न शहरमा स्टेज प्रस्तुतिको साथै देशबाहिर कोरिया, मलेसिया, दुबईका विभिन्न शहरमा आफ्नो प्रस्तुति दिनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?