रुपन्देही । बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको अध्यक्षमा हरीप्रसाद अर्याल निर्वाचित हुनुभएको छ ।
संघको ७० औं वार्षिक साधारण सभा तथा २५ औं अधिवेशनअन्तर्गत सोमबार सम्पन्न निर्वाचनबाट तीनवर्षे कार्यकालको लागि अध्यक्ष पदमा ८७ मतले अर्याल निर्वाचित हुनु भएको हो ।
अध्यक्षमा निर्वाचित अर्यालले ७७६ मत प्राप्त गर्नु भएको छ भने अर्का प्रत्यासी दिनेशप्रसाद श्रेष्ठले ६८९ मत प्राप्त गर्नु भएको प्रमुख निर्वाचन अधिकृत बाबुराम पाण्डेले जानकारी गराउनु भयो ।
संघको निर्वाचनमा १ हजार ७७८ सदस्य मतदाता रहेकोमा १ हजार ५०६ मत खसेको थियो । सोमबार सम्पन्न निर्वाचनको मंगलबार बिहान मत परिणाम सार्वजनिक भएको थियो ।
संघको वरिष्ठ उपाध्यक्ष र वाणिज्य उपाध्यक्ष पदमा भने निर्बिरोध भएको छ । वरिष्ठ उपाध्यक्ष पदमा टंकप्रसाद गैरे र वाणिज्य उपाध्यक्ष पदमा बिमलराज भट्टराई निर्बिरोध निर्वाचित हुनुभएको छ ।
त्यस्तै उद्योग उपाध्यक्ष पदमा ७७८ मतसहित सुरज भट्टराई निर्वाचित हुनुभएको छ । उहाँका प्रतिस्पर्धी नविनप्रसाद श्रेष्ठले ६७२ मत प्राप्त गर्नुभयो ।
महासचिव पदमा ७६० मतसहित मुक्तिप्रसाद अधिकारी, कोषाध्यक्ष पदमा ८०९ मतसहित बसन्तप्रसाद ढकाल, सचिव पदमा ७२३ मतसहित प्रतीक पोखरेल र सहकोषाध्यक्ष पदमा ८३० मतसहित धनकुमारी खनाल (सविता) निर्वाचित हुनुभएको छ ।
त्यसैगरी एक एशोसियट सदस्य पदमा ७५१ मतसहित बालकृष्ण पौडेल निर्वाचित हुनुभएको छ ।
चार उद्योग सदस्य पदमा दीपकप्रसाद चापागाई, निर्मित कसजू, सुनिता शर्मा वञ्जाडे र कृष्णप्रसाद पाण्डे, चार वाणिज्य सदस्य पदमा गणेशप्रसाद भट्टराई, काशिराम शर्मा पौडेल, रामबहादुर भण्डारी र टिकाराम वञ्जाडे निर्वाचित हुनु भएको छ ।
त्यस्तै सात खुल्ला सदस्य पदमा बिष्णु (कमला) घिमिरे पन्त, बिष्णुप्रसाद पौडेल, दीप आचार्य, दीपक घिमिरे, जगन्नाथ न्यौपाने, लक्ष्मण ज्ञवाली र उमेश अमात्य तथा दुई महिला सदस्य पदमा जमुना पौडेल र रेनु श्रेष्ठ निर्वाचित हुनु भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच