काठमाडौं । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कर्णालीमा पीडित सहायता कक्ष र ट्राफिक सचेतना अभियानको शुभारम्भ गर्नुभएको छ ।
प्रदेश प्रहरी कार्यालय सुर्खेतले ‘पीडित सहायता कक्ष’ र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयले ‘ट्राफिक सेचनता अभियान’को नेतृत्व गरिरहेको छ।
पीडित सहायता कक्षको उद्घाटन गर्दै उपप्रधानन्त्री खड्काले केही महिनादेखि सुरु भएको सुरक्षित विशेष अभियान प्रभावकारी बनेकाले देशभर कार्यान्वयनमा लिनुपर्ने बताउनु भयो। उहाँले पीडितमैत्री प्रहरी सेवा प्रवाहका लागि अभियान प्रभावकारी हुने बताउँदै तल्लो तहका प्रहरी कर्मचारीसम्म यसको स्वामित्व लिने वातावरण बनाइनुपर्ने बताउनु भयो ।
'पीडितलाई हरेक दिन फोन गरेर उजुरी उपर भइरहेको प्रगतिका बारेमा जानकारी गराउनु सामान्य कुरा होइन्, यो चुनौतिपूर्ण छु, उपप्रधानमन्त्री खड्काले भन्नुभयाे, 'यो अभियानलाई सफल बनाउका लागि सबै प्रहरी कर्मचारीले अभियानको स्वामित्व लिन आवश्यक छ।' उपप्रधानमन्त्री खड्काले जनता देशका मालिक र जनप्रतिनिधि तथा कर्मचारी सेवक हुन् भन्ने भावनाको विकास गराउन अभियानले टेवा पुर्याउने बताउनु भयो ।
उहाँले पीडित बारम्बार प्रहरी कार्यालय धाउनुपर्ने बाध्यताको अन्त्य हुनु ठूलो कुरा हुने भन्दै प्रहरीले गाली गर्ने हुन् कि भन्ने मानसिकताबाट सेवाग्राहीलाई मुक्त गर्नुपर्नेमा जोड दिनुभयो।
उपप्रधानमन्त्री खड्काले संविधानमार्फत जनता सार्वभौमसत्ता सम्पन्न भएको बताउँदै सेवा प्रवाह पनि सोहीअनुसार सेवाग्राही मैत्री बनाउनुपर्नेमा जोड दिनुभयो। 'देशको सार्वभौमिकता राजा हुँदा राजसंस्थामा निहित थियोु, उहाँले भन्नुभयो, 'वि.सं. २०७२ को संविधानले नेपाली जनताको हातमा सार्वभौमसत्ता सुम्पेको छ।' सार्वभौमसत्ता सम्पन्न जनता हेपिनुपर्ने, अन्यायमा पर्नुपर्ने परम्परागत शासकीय स्वरुपलाई रुपान्तरण गर्नका लागि प्रहरीले सुरु गरेको सेवा महत्वपूर्ण भएको बताउनु भयो।
अभियान सञ्चालन गर्नु मात्रै ठूलो कुरा नभएको बताउँदै यसलाई सफल कार्यान्वयन गर्नुपर्ने उहाँको जोड थियो।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच