काठमाडौं । न्यु लुक बि. स्टार फिल्मस् म्युजिक अवार्ड २०२३ सम्पन्न भएको छ । बि. स्टार फिल्मस् प्रालिको आयोजनामा काठमाडौंको जमलस्थित सांस्कृतिक संस्थान (राष्ट्रिय नाचघर)मा एक विशेष समारोहबीच अवार्ड सम्पन्न भएको हो । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको समारोहमा भिडियो सम्पादक प्रकाश तुलाधरलाई ‘दीर्घ साधना सम्मान’ प्रदान गरिएको थियो । उहाँलाई २१ हजार १११ रुपैयाँ नगद, ताम्रपत्र र दोसल्लासहित उक्त सम्मान प्रदान गरिएको थियोे ।
त्यस्तै, गायक विष्णु खत्रीलाई ‘दशकका गायक सम्मान’बाट सम्मानित गरिएको थियो भने मोडल सनम कठायतलाई ‘दशकका मोडल सम्मान’ प्रदान गरिएको थियोे । समारोहमा रंग पत्रकार सुशील नेपाललाई ‘युवा पत्रकारिता सम्मान’ र गीता अधिकारीलाई ‘पत्रकारिता सम्मान’ प्रदान गरिएको थियो । यसैगरी आइटी इञ्जिनियर राजेन्द्र अर्याललाई ‘प्रविधि सम्मान’बाट सम्मानित गरिएको थियो ।
समारोहमा अवार्डतर्फ सर्वोत्कृष्ट आधुनिक गायकको अवार्ड ‘बिन्ती बिसाई पाउमै छोएर’ गीतबाट प्रमोद खरेलले प्राप्त गर्नुभयो भने गायिकाको अवार्ड ‘धोकेबाज-३’ गीतबाट गायिका एलिना चौहानलाई प्रदान गरिएको थियो ।
सर्वोत्कृष्ट आधुनिक गायक जुरीतर्फको अवार्ड ‘पागल बन्दै छु’ गीतबाट गायक प्रताप दासलाई प्रदान गरिएको अवार्ड समारोहमा आधुनिकतर्फ सर्वोत्कृष्ट गीतकारको अवार्ड ‘उसलाई पाऊँ न २’ बाट सुनिल बिसीलाई प्रदान गरिँदा रोशन सिंह ‘कस्तो थिएँ कस्तो भएँ’ गीतबाट सर्वोत्कृष्ट संगीतकारको अवार्ड विजेता हुनुभयो ।
‘ए जिन्दगी’बाट जिम्बे राईले सर्वोत्कृष्ट आधुनिक पुरुष मोडलको अवार्ड आफ्नो पोल्टामा पार्दा ‘यादमा’ गीतबाट स्मारिका ढकाल सर्वोत्कृष्ट आधुनिक महिला मोडलको अवार्ड विजेता बन्न सफल हुनुभयो ।
लोकदोहोरीतर्फ ‘मोहनी’ बोलको गीतबाट खेम सेञ्चुरी सर्वोत्कृष्ट गायक घोषित हुनुभयो । लोकदोहोरीमा सर्वोत्कृष्ट गायिकातर्फको अवार्ड ‘फुटेका चुरा’गीतबाट अनिता चलाउनेले हात पार्नुभयो ।
लोकदोहोरीतर्फ सर्वोत्कृष्ट गायक (पब्लिक च्वाइस)तर्फको अवार्ड गायक अर्जुन सापकोटाले पाउन सफल हुनुभयो । मोडल विजय पुन र गीता ढुंगाना लोकदोहोरीतर्फका सर्वोत्कृष्ट मोडल बन्न सफल हुनुभयो ।
अवार्ड वितरण समारोहलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले नेपाली संस्कृतिमा गीत र संगीतको महत्व रहेको धारणा राख्नुभएको थियो । उहाँले कलाकारहरूको सम्मानका लागि आयोजना गरिएको अवार्ड कार्यक्रमको प्रशंसा गर्दै अवार्ड प्राप्त गर्ने कलाकर्मीहरूलाई बधाई तथा शुभकामना दिनुभएको थियो ।
भिडियो निर्देशक बाबुराजा केसी ‘उज्ज्वल’, गीतकार एवं संगीतकार राजकुमार बगर, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका पूर्वअध्यक्ष चन्द्र शर्मा र भिडियो सम्पादक भीम रावल अवार्डमा निर्णायक रहनुभएको थियो ।
आयोजक संस्थाका अध्यक्ष विक्रम चौहानले अग्रज कलाकारहरूको सम्मान र नयाँ कलाकारको प्रोत्साहनका लागि अवार्ड कार्यक्रमको आरम्भ गरिएको जिकिर गर्नुभयो । पिएन सापकोटा, रूपा जिएम र समुन्द्रा चौहानले उद्घोषण गरेको समारोहमा विभिन्न कलाकारहरूले सांगीतिक प्रस्तुति दिएका दिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच