काठमाडौं
काठमाडौं महानगरपालिका बौद्ध–६ स्थित जनकल्याण माध्यमिक विद्यालयले विजयादशमी, दीपावली, छठलगायत चाडपर्वको शुभकामना आदानप्रदानको अवसरमा विद्यालयलाई सहयोग गर्ने सहयोगी निकायहरूलाई सम्मान गरेको छ । विद्यालय प्रांगणमा आयोजित उक्त कार्यक्रममा विद्यालयलाई बस उपलब्ध गराउने भारतीय राजदूतावासका, नेपाल–भारत सम्पर्क समाज, शिक्षा समन्वय इकाई, शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, काठमाडौं महानगरपालिका, समाजसेवी, जनप्रतिनिधि, शिक्षकलगायतको उपस्थिति रहेको थियो ।
शिक्षा मन्त्रालयका सहसचिव डा.हरि लम्सालले सामुदायिक विद्यालयमध्ये जनकल्याण निकै व्यवस्थित बनेको भन्दै यसको श्रेय प्रअ र विद्यालय व्यवस्थापन समितिलाई दिनुभयो । उहाँले विद्यालयलाई यो अवस्थासम्म ल्याउन अग्रजहरूले महत्वपूर्ण भूमिका निभाएकाले काम गर्नेलाई जस दिनु आवश्यक धारण व्यक्त गर्नुभयो । ‘काम गर्नेलाई जस दिने हाम्रो चलन न्यून छ, तर काम गर्नेलाई जस दिनुपर्छ, अग्रजलाई सम्मान गर्न नयाँ पुस्ताले पनि सिक्नुपर्छ,’ उहाँ भन्नु हुन्छ, ‘काम नगरी हँुदैन गरेरै देखाउने हो, जनकल्याणले गरेरै देखाएको छ, यसका लागि धन्यवाद ।’
सहसचिव डा.लम्सालले नेपालको शिक्षा अझ त्यसमा पनि समुदायिक विद्यालयको शिक्षा नराम्रो छ भन्ने भास्य चिर्नलाई राम्रो काम गर्न आवश्यक रहेको उहाँको धारणा थियो । भएका राम्रा कामलाई बाहिर ल्याउन आवश्यक रहेको बताउँदै उहाँ भन्नु हुन्छ, ‘साना नानीबाबु र नयाँ पुस्तालाई अग्रजहरूलाई सम्मान गर भनेर सिकाउनुपर्छ, उनीहरूको व्यवहार विनम्र र सम्मानजनक हुनुपर्छ ।’
विद्यार्थीको व्यवहार सुधार्न व्यावहारिक शिक्षा सिकाउनुपर्ने भन्दै हामीले ठुल्ठूला मेसिन चलाउन सिकाउने भनेको होइन, दुःख परेका बेला सहयोग गर्ने, घरमा काम गर्न सघाउने, सामाजिकीकरण हुनसक्ने गुण भएका विद्यार्थी उत्पादन गर्न आजको शिक्षा आवश्यक रहेको बताउनुभयो । त्यसका लागि शिक्षकलाई नैतिक रूपमा जिम्मेवार बनाउन शिक्षकको सम्मान चाहिने पनि बताउनुभयो ।
कार्यक्रममा नेपालका लागि भारतीय राजदूतावासका सेकेण्ड सेक्रेटरी प्रशान्त सोनाले नेपाल–भारत सम्बन्ध हरेक हिसाबले निकट रहेको भन्दै भोलिका दिनमा पनि सहयोग गर्ने भनाइ व्यक्त गर्नुभयो । विद्यालयलाई तीन महिना अघि भारत सरकारले स्कुल बस हस्तान्तरण गरेको थियो । काठमाडौं महानगरपालिका शिक्षा विभाग प्रमुख सीताराम कोइरालाले व्यावहारिक शिक्षा आजको आवश्यकता रहेको बताउनुभयो भने शिक्षा समन्वय इकाइ प्रमुख नन्दलाल पौडेलले अभिभावक, शिक्षक र विद्यार्थीबीच समन्वयकारी भूमिका आजको शिक्षामा आवश्यक रहेको बताउनुभयो ।
विद्यालयकी प्रधानाध्यापक कुमारी कमला राईले ठूलो मिहिनेतका कारण जनकल्याण माविलाई यो अवस्थामा ल्याउन सकिएको बताउनु भयो । उहाँले जनकल्याणलाई योे अवस्थासम्म ल्याउन सहयोग गर्ने सबैप्रति धन्यवाद दिँदै सबैको सहयोगले नै विद्यालयले अभिभावक र विद्यार्थीको मन जित्न सफल भएको बताउनुभयो । ‘जनकल्याण मावि २०१० देखि सतलबाट सुरु भएको थियो, ०४२ सम्म सतलमै थियो भने त्यसयता भवन निर्माण भएको थियो, म आएपछि विद्यालयलाई सुधार गर्न लागि धेरै काम भए, विद्यालयलाई यो अवस्थासम्म ल्याउन टिमवर्क र महागरको सहयोगले सम्भव भएको हो,‘ उहाँ भन्नुहुन्छ, ‘विद्यालय व्यवस्थापन समिति र सहकर्मीहरूको हातेमालो नभएको भए विद्यालय आज यो अवस्थासम्म आइपुग्ने थिएन ।’ उहाँ आफू प्रअको रूपमा काम गर्दा सबैको सहयोग मिलेको र केही दिनपछि स्वतः अवकाश लिने जानकारीसमेत गराउनुभयो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दीलेन्द्रप्रसाद ढकालले टिमवर्ककै कारण जनकल्याण सामुदायिक विद्यालयमध्ये अब्बल सावित भएको बताउनुभयो । विद्यालयका सहायक प्रधानाध्यापक सुरेशकुमार कटुवालले बोलेरभन्दा गरेर देखाउने बानीले जनकल्याणले सबैको कल्याण गरेको बताउनुभयो । हाल विद्यालयमा तीन हजारभन्दा बढी विद्यार्थी संख्या रहेको उक्त विद्यालयलाई योे अवस्थासम्म ल्याइपु¥याउन सहयोग गरेको भन्दै विद्यालयले विजयादशमी, दीपावलीलगायतको मुख्यचाडपर्वको शुभकामना आदानप्रदान कार्यक्रमसँगै सहयोगीलाई सम्मान व्यक्त गर्न विशेष कार्यक्रम आयोजना ग¥यो ।
विद्यालयका सल्लाहकार कृष्णकुमार न्यौपानेलगायतलाई सम्मान पत्र प्रदान गरिएको थियो । विद्यालयका शिक्षक केबी अधिकारीले औपचारिक रूपमा कार्यक्रम सञ्चालन गर्नु भएको थियो । ११ मा भर्ना भएर अध्ययनरत विद्यार्थीलाई स्वागत र कक्षा १२ को परीक्षा उत्र्तीण गरेका विद्यार्थीलाई बिदाइ गर्ने कार्यक्रम पनि एकैसाथ राखिएको थियो । हाल कक्षा १२ मा अध्ययनरत विद्यार्थीहरूले कक्षा ११ मा अध्ययनरत विद्यार्थीलाई स्वागत तथा अघिल्लो व्याचलाई बिदाइ गर्नु भएको थियो । कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमका साथै सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच