रुपन्देही उद्योग संघमा एमाले-काँग्रेसको प्यानलै विजयी

चन्द्रकान्त खनाल रुपन्देही, संवाददाता
Read Time = 4 mins

रुपन्देही । रुपन्देही उद्योग संघको २३ औं अधिवेशनबाट नेपाली काँग्रेस र नेकपा (एमाले) निकट उद्योगीहरुको संयुक्त प्यानल विजयी भएको छ । संघको आज सम्पन्न निर्वाचनमा संयुक्त प्यानलबाट द्वितीय उपाध्यक्षमा हरिबहादुर खत्री निर्वाचित हुनु भएको छ।

सोमबार राती सम्पन्न अन्तिम मत परिणाम अनुसार उहाँले ४०१ मत प्राप्त गरी विजयी हुनु भएको छ । अर्का प्रत्यासी माया खनालले २८६ मत प्राप्त गर्नु भयो । यसैगरी कोषाध्यक्ष पदमा युवराज आचार्यले ३७८ मत प्राप्त गरी विजयी हुँदा अर्का प्रतिस्पर्धी सुरेन्द्र ज्ञवालीले ३१० मत प्राप्त गर्नु भयो । सचिवमा सुमन बस्यालले ३९६ मत प्राप्त गरी विजयी हुँदा उहाँका प्रतिस्पर्धी कमल ज्ञवालीले २९१ मत प्राप्त गर्नु भयो । सह कोषध्यक्ष पदमा विशाल बेलबासेले ४२५ मत प्राप्त गरी विजयी हुँदा प्रेम बहादुर आलेले २६८ मत प्राप्त गर्नु भयो ।

यसैगरी महिला सदस्यमा (२ जना) मिना थापा तुलाधर (४८९ मत) र सारदा भट्टराई (४५७मत) विजयी हुँदा सारदा पहारीले २६२ मत मात्रै प्राप्त गर्नु भयो ।

खुला सदस्यतर्फ कृष्ण प्रसाद पोखरेल (४८३), नारायण प्रसाद खनाल (४९२), मोहनिलाल रिजा (४३१), बलबहादुर गोदार (४१५), अभिषेख गुप्ता (४२०), किरण खरेल (४८९), चक्रपाणी तिवारी (३७३) र अशोक कुँवर (४८०) निर्वाचित हुनु भएको छ । पदाधिकारी तथा सदस्य सबै पदमा एमाले-काँग्रेस प्यानलका उम्मेदवार विजयी भएका हुन् । प्रतिस्पर्धामा रहेका उम्मेदवारहरु तुलबहादुर सारु (३५३), लालबहादुर थापा (३२०), नेत्रबहादुर रुचाल (२७३) र मोहन प्रसाद भट्टराईले ३१९ मत प्राप्त गर्नु भयो ।

यस अघि नै अध्यक्ष पदमा दिलिप सापकोटा, संघको वरिष्ठ उपाध्यक्षमा कृष्णप्रसाद पराजुली, प्रथम उपाध्यक्षमा जिवकान्त काफ्ले, महासचिवमा हिरामणि भट्टराई, महिला सचिवमा मन्जु भुसाल निर्वाचित हुनु भएको थियो । काफ्ले र भुसाल कांग्रेस निकट हुन् भने बाँकी एमाले निकट हुन् ।

यस्तै एशोसिएट सदस्यमा प्रज्ज्वल थान्जु, आजीवन सदस्यमा माधवप्रसाद नेपाल, संस्थागत सदस्यमा गोबिन्दप्रसाद भुसाल, बुटवल औद्योगिक क्षेत्रबाट लालप्रसाद बस्याल, बुटवल उपमहानगर सदस्यमा लालहरि पाण्डे, तिलोत्तमा सदस्यमा रमेशप्रसाद आचार्य, सैनामैना नगरपालिका सदस्यमा नारायण ज्ञवाली र शुद्धोधन गाउँपालिका सदस्यमा टंकनारायण आचार्य निर्विरोध निर्वाचित भएकाे निर्वाचन प्रमुख यमलाल खनालले जानकारी दिनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?