त्रेता युगमा आश्विन शुक्लपक्षको दशमी तिथिका दिनमा श्रीरामले सीताको हरण गर्ने रावणको बध गरेको सम्झनामा बडादशैँ चाडलाई विशेषगरी मनाइन्छ । श्रीरामले दश दिनमा रावणमाथि विजय हाँसिल गरेको भएर दशैँलाई वडादशैँ एवं विजयादशमीको नामले पुकारिन्छ । दशैँलाई असत्यमाथि सत्यको विजयको रूपमा हेरिन्छ । विजयादशमी भगवान् रामको विजयको रूपमा मनाइयोस् अथवा दुर्गा पूजाको रूपमा, दुवै रूपमा असत्यमाथि सत्यको जितको पर्व हो । शस्त्र पूजनको तिथि पनि हो । हर्ष एवं उल्लास तथा विजयको पर्व हो । हाम्रो हिन्दु संस्कृतिमा वीरताको पूजक अनि शौर्यको उपासक हो विजया दशमी । व्यक्ति र समाजको रगतमा वीरता प्रकट होस् भन्ने ध्येयले दशैँको उत्सव सुरु भएको किम्वदन्ती रहेको छ । महाखुशीको पर्व नै दशैँ हो । आनन्द भूतिको पनि यही पर्व हो ।
हाम्रा चाडपर्वहरूले छुट्टै आनन्दको अनुभूति दिलाउँछन् । हर्ष, उल्लासका साथ आउने र मनाउने चाडपर्वले बेग्लै रौनकता ल्याइदिन्छ । भिन्न खुशी र सुख प्रदान गर्दछ । त्यसैले त चाडपर्वलाई विशेष महत्वका साथ मनाइने गरिन्छ । त्यही भएर हामी हिन्दुहरूको महान् चाडको रूपमा दशँै हर्सोल्लासका साथ मनाउँछौं । देश-विदेश वा टाढा-टाढा भएका आफ्ना साथीभाइ, आफन्तजनसँग भेटघाट हुने वातावरण यसै समयमा सिर्जना हुन्छ, यस्तै पर्वले यस्तो सुनौलो अवसर जुटाइदिन्छ । त्यसको बेग्लै मज्जा र रौनक छुट्टै छ । दशैँमा टीका, जमरा र पिङको मज्जालाई खास अर्थ र महत्वका रूपमा हेरिन्छ ।
आशिष अर्थात् आर्शिवाद । आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा । दशैँमा अक्सर आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो ।
दशैँ भन्ने वित्तिकै एउटा बुझाइको अर्थ हामी नेपालीहरूले बुझिहाल्ने मासु खाने, रमाइलो गर्ने अनि आफूभन्दा ठूलाबाट टीका लगाउने । यत्तिमात्र हो त दशैँको महत्व, पक्कै होइन । जो नखोजी, नपढिकन या विद्वानहरूको संगत नगरिकन बुझ्न र जान्न कदापि सकिँदैन रहेछ । इतिहासको गतिसँगै दशैँको नाम बद्लिँदै-बद्लिँदै आएको हो । दशैँमा शक्तिको आराधना गर्ने भएकाले विशेष पर्वको रूपमा चिनिएको हो भन्ने कुरा धेरै विद्वानहरूबाट आएको छ । दशैँलाई बडादशैँ, नवरात्र, दशहरा जस्ता विभिन्न नामले चिन्ने गरिन्छ । असोज महिनाको शुक्ल प्रतिपदादेखि नवमीसम्म शक्तिको आरधना गरी दशौँ दिनप्रसाद स्वरूप टीका तथा जमरा मान्यजनको हातबाट लगाई अशिर्वाद लिने सर्वमान्य चलन छ । असोज शुक्ल प्रतिपदामा जमरा राखी नवमीसम्म प्रत्येक दिन फरक-फरक देवीको नाममा आरधना हुन्छ । दुर्गा सप्तसती चण्डी ग्रन्थका अनुसार-
प्रथमं शैलपुत्री च द्वितीयं ब्रहृमचारिणी
तृतीयं चन्द्रघण्टेति कूष्माण्डेति चतुर्थकम् ।।
पञ्चमं स्कन्दमातेति षष्ठं कात्यायनीति छ ।
सप्तमं कालरात्रीति माहागौरीति चाष्टमम् ।।
नवमं सिद्धिदात्री च नवदुर्गाः प्रकीर्तिताः ।।
अर्थात् प्रथम दिनदेखि नवौं दिनसम्म क्रमस शैलपुत्री, ब्रहृचारिणी, चन्द्रघण्टा, कुष्माण्डा, स्कन्दमाता, कात्यायनी, कालरात्री, माहागौरी, सिद्धिदात्री देवीहरूको पूजा तथा आराधना गर्ने कुरा हिन्दु ग्रन्थमा उल्लेख छ । शक्तिको आराधना गर्नेहरूका लागि यो समय उत्तम मानिन्छ । यो अवसरमा त्रिशक्ति महाकाली, महासरस्वती, महालक्ष्मीको विशेष आरधना गर्ने गरिन्छ । विजया दशमीको दिन भगवती देवीले आसुरी शक्तिलाई पराजय गरेको र रामले रावणसँग विजय हासिल गरेको भन्ने मान्यता अनुसार विजय उत्सव स्वरूप टीका तथा जमरा लगाइन्छ भन्ने मान्यता छ ।
यही शुक्ल दशमीका दिन मन्त्र पढ्दै चन्दन, अक्षता, फूल छर्कँदै माफी माग्दै दुर्गा भगवती र अन्य देवीदेवतालाई विसर्जन गरिन्छ । यसै दिन पिङ खेल्यो या भुइँबाट खुट्टा छोड्यो भने मरेपछि स्वर्ग गइन्छ भन्ने मान्यता समेत हाम्रो परम्परामा रही आएको छ । दशैँमा टीका थाप्ने, जमरा पहिरिने, आशिष लिने, दक्षिणा लिने कुरा केवल परम्परामात्र होइन, यसमा हाम्रो जीवनको मूल्य र मान्यताहरू पनि लुकेका छन् । यीनिहरूको विशिष्ट अर्थ र महत्व छ ।
दशैँको आर्शिवाद
आशिष अर्थात् आर्शिवाद । आफ्नो उन्नति, प्रगति, दीर्घायुका लागि मान्यजनले राख्ने सदिच्छा । दशैँमा अक्सर आफूभन्दा ठूला, मान्यजनबाट टीका लगाएर आशिर्वचन दिने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्छ । मान्यजनले दिने आशिष हाम्रो निम्ति जीवनोपयोगी हुन्छ भन्ने पनि हो । साथै ठूलाबडाहरूले आफूभन्दा सानालाई सही मार्गदर्शन दिनुपर्छ । सही संस्कार दिनुपर्छ भन्ने सन्देश पनि हो यो । दशैँमा आफूभन्दा ठूला मान्यजन र आफन्तबाट आशिर्वाद लिन निधारमा टीका लगाइन्छ । यसरी मान्यजनले आशिष दिँदै लगाइदिने टीकाको अर्थपूर्ण महत्व छ । मानिसको मस्तिष्कमा रहेको विकारलाई हटाई पराक्रमी पुरुषार्थी भावको विकासका लागि टीका लगाउने गरिन्छ । यसले मान्यजनप्रति श्रद्धाभाव राख्नुपर्छ भन्ने संकेत गर्दछ ।
दशैँको जमरा
दशैँमा टीका लगाइदिने र जमरा राखिदिने चलन छ । घटस्थापनाको दिन राखेको जौ को जमरा टीका थाप्नेको टोपीभित्र, टाउकोमा कपालभित्र वा दयाँ कानमा आशीर्वाद दिँदै राखिन्छ । धर्मशास्त्रहरूले यसलाई समृद्धिको प्रतीक मानेको छ । हाम्रा गाउँघरमा अझै पनि दशैँको जमरालाई सुकाएर राखी विभिन्न रोग लाग्दा पानीमा उमालेर पिउने चलन छ । अंकुरित जौलाई सांकेतिक रूपमा विजयादशमीको प्रसादका रूपमा ग्रहण गरिन्छ ।
दशैँमै अचाक्ली मूल्यवृद्धि
हरेक वर्षको दशैँमा अत्यासलाग्दो महँगी बढ्ने गरेको छ । तरकारीदेखि मासुजन्य वस्तुको मात्रै होइन, अन्य खाद्यान्नको समेत चाडपर्वका बेला महँगी बढ्ने गरेको छ । यसपालिको दशैँमा समेत त्यस्तै महँगी बढेको छ । हवाई टिकटदेखि बसको टिकटको अभाव हुनेमात्रै होइन, मूल्यवृद्धिसमेत भएको छ । जसका कारण दशैँ मनाउन गाउँ फर्कनेदेखि शहरमा समेत दशैँ मनाउनेले महँगीको मार खेप्नु परिरहेको छ ।
चाडपर्वसँगै आपराधिक गतिविधि बढछ् अर्थात् भनौँ अपराध बढ्न सक्छ । अपराध बढ्नुको एउटै कारण हो, अभाव । जहाँ अभाव त्यहाँ तनाव । त्यही अभावले नै विशेषगरी चाडपर्वमा चोरी, डकैती र लुटपाटलगायत घटना बढ्छन् । नेपाली समाजमा सदियौँदेखि व्याप्त रहेको दशैँसँग जोडिएको एउटा भनाइ छ–दशैँ आयो, खाउँला पिउँला । कहाँ पाउला, चोरी ल्याउँला, धत्त पापी म छुट्टै बसौँला । यही भनाइले पनि सदियौँदेखि चाडपर्व नजिकिँदै गर्दा अपराध बढ्ने संकेत गर्छ ।
सरकारले चाडपर्वलाई लक्षित सीमित सहुलियत पसल सञ्चालनमा ल्याएको भए पनि त्यो सर्वसाधारणका लागि आकाशको फल भएको छ । दिनभरि ज्यामी काम गरेर एक हजार रुपैयाँ कमाउनेहरूले दुई किलो चिनीका लागि एक दिनभर बिताउनुपर्ने सहुलियत पसलको के काम सरकार ?
चाडपर्व अघि र चाडपर्वको समयमा विशेषगरी दुई किसिमका अपराध बढी हुने गरेका छन् । चाडपर्व नजिकिँदै गर्दा चोरी, लुटपाट र डकैतीका घटना बढ्छन् भने चाडपर्वको समयमा कुटपिट, झैँझगडा, हत्या, लागूपदार्थ सेवन, जुवातासलगायत आपराधिक गतिविधिहरू बढ्ने गरेका छन् । विशेषगरी चाडपर्व नजिकिँदै गर्दा हुने अपराधमा भने आर्थिक अभाव, बढ्दो बेरोजगारी र जसरी भए पनि दशैँ मनाउनै पर्छ भन्ने सामाजिक मान्यताले प्रमुख भूमिका खेलेको हुन्छ । अहिले वस्तु तथा सेवाको बढ्दो मूल्यवृद्धिले आमनागरिकको दैनिक जीवन निकै कष्टकर बन्दै गएको छ ।
बजारमा अचाक्ली मूल्यवृद्धि भइरहँदा पनि सरकारले कुनै चासो नदिएको आमउपभोक्ता बताउँछन् । उपभोक्ताको एउटै स्वर छ, सरकार छ तर, जनताले सरकार कस्तो छ भनेर अनुभव गर्न पाएका छैनन् । सामान्य सेवा–सुविधामा पनि सर्वसाधारणका लागि सरकार कतै देखिएको छैन । सरकारमा बस्नेका लागि सधैँ दशैँ छ तर दैनिक ज्याला मजदुरी गरी खानेका लागि कहाँ आयो दशैँ खै कुन्नि ? सरकारले गरिब सर्वसाधारण र मजदुर गर्नेका लागि के विशेष चाडबाड योजना ल्यायो त ? सरकार आफैं रनभुल्लमा छ । अस्ताउन लागेको घामजस्तो सरकार बन्नु नै जनताका लागि दुःखदायी हो ।
सरकारमा रहेका व्यक्तिहरू नै बिचौलियासँग कमिसन खाएर महँगी नियन्त्रण गर्नुभन्दा बढाउनतर्फ लागेको आमसर्वसाधारणको गुनासो भनु वा आरोप सर्वत्र छ । सरकारले यो भनाइलाई कसरी लिएको छ उही जानोस् । सरकार नियन्त्रित बजार कि बिचौलीया नियन्त्रित सरकार र बजार ? बुझी नसक्नु छ मियो बेगरको दाइँको बजार । नियमन निकाय बजार छिर्न सक्दैन । छिरिहाल्यो भने कुनै पसल देख्नासाथ उसको दृष्टि गोचर सामग्री चेकजाँचमा भन्दा आर्थिक लेनदेनमा सहमति हुन्छ । अनि पसलेको मूल्य निर्धारण मनोमानिमा रमाउन थाल्छ । यही हविगत छ हाम्रो बजारको ।
सरकारले चाडपर्वलाई लक्षित सीमित सहुलियत पसल सञ्चालनमा ल्याएको भए पनि त्यो सर्वसाधारणका लागि आकाशको फल भएको छ । दिनभरि ज्यामी काम गरेर एक हजार रुपैयाँ कमाउनेहरूले दुई किलो चिनीका लागि एक दिनभर बिताउनुपर्ने सहुलियत पसलको के काम सरकार ? सहुलियत यस्ता पसल पनि सीमित व्यक्तिको पहुँच पुग्ने गरी सञ्चालन गरिएको हो कि भन्ने आमउपभोक्ताको बजारमा आरोप छ । सरकारले महँगी नियन्त्रण गर्न कुनै चासो वा जिम्मेवारी नै नलिएको भन्ने अनुभूति भएको छ । कुन पसलमा छ मूल्य सूची ? मूल्य सूची नराख्नेलगायतका ऐनविपरीतको काम भइरहेको अवस्थामा कहाँ छ नियमक निकाय ? सरकारी संयन्त्रले प्रभावकारी अनुगमन गर्ने हो कि बजार त्रसित गर्ने हो ? समस्याको समाधान कसले गर्ने ? सधैं अभाव र महँगीमा सरकारको त गुजारा चल्ला तर जनताको नि....? विजया दशमीको हार्दिक मंगलमय शुभकामना ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच