भोजपुरमा बन्यो रंगशाला, समन्वय प्रमुखलाई साँचो बुझाईयो

निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । पहाडी जिल्ला भोजपुरमा निर्माण भएको रंगशालाको निर्माण कार्य पुरा भएसँगै जिल्ला समन्वय समिति भोजपुरका प्रमुखलाई बुधवार साँचो हस्तान्तरण गरिएको छ ।

शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाका इन्जिनियर शिव कुमार शाहले निर्माण कार्य पुराभएसँगै जिल्ला समन्वय समिति भोजपुरका प्रमुख कमल थुलुङ राईलाई रंगशालाको साँचो हस्तान्तरण गर्नु भएको हो । रंगाशालाको निर्माणले अव ठुला प्रतियोगिता संचालनमा सहजता भएको समन्वय प्रमुख राईले बताउनुभयो ।

तत्कालिन जिल्ला बिकास समितिले रंगशाला निर्माणका लागि २०६४ सालमा जग्गा खरिद गरेको थियो । शहरी विकास तथा भवन डिभिजन कार्यालय धनकुटाले हेर्ने गरी प्रदेश सरकारको १४ करोड लगानीमा रंगाशाला निर्माण भएको हो । रंगाशालाको निर्माण कार्यको जिम्मा रायमाझी मार्सेली निर्माण जेभीले पाएको थियो ।

सुबिधा सम्पन्न रंगाशाला बनेपछि स्वामित्व कसले लिएर संचालन गर्ने भन्ने समस्या पनि समाधान भएकोले अव खेलकुद प्रतियोगिताहरु संचालन गर्न पाइने भोजपुर जिल्ला फुटवल संघका महासचिव तुफान किरातले बताउनुभयो । अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माणले भोजपुरवासी तथा खेलाडीहरुमा उत्साह जगाएको भोजपुरका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद घिमिरेले बताउनुभयो ।

सुबिधासम्पन्न रंगाशालाको अभावमा सदरमुकाममा रहेको स्थानीय टुँडिखेलमा राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतियोगिताहरु संचालन गर्नु पर्ने बाध्यता रहदै आएको थियो । नेपाललाई राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा चिनाउन सफल खेलाडी भोजपुरका भएपनि जिल्लामा ब्यवस्थित रंगशालाको भने अभाव थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?