
काठमाडौं । नेपालको महिला टेनिस टोलीले बिली जिन किङ कपमा विजयी सुरुवात गरेको छ । टिम इभेन्टमा नेपालले ताजकिस्तानलाई ३-० ले पराजित गरेको नेपाल टेनिस संघका सदस्य अजय विष्टले बहराइनबाट जानकारी गराउनुभयो ।
नेपाली खेलाडीले सहज जित हात पार्ने क्रममा दुई सिंगल्स र एक डबल्मा सोझो सेटमा नतिजा आफ्नो पक्षमा पारे । पहिलो सिंगल्समा नेपालकी माहिका राणाले मालिका रहिमोभालाई ६-० र ६-० को सोझो सेटमा पराजित गर्नुभयो । दोस्रो सिंगल्समा नेपालकी अभिलाषा विष्टले योसुमन सलीमोभालाई ६-० र ६-० कै सोझो सेटमा हराउनुभयो ।
डबल्समा नेपालका सुनिरा थापा र रायना शाहको जोडीले फजिला मोरुदोभा र मालिकाको जोडीलाई सिधा सेटमा ६-० र ६-० ले नै पाखा लगाउनुभयो । यो स्पर्धामा सहभागी विभिन्न १४ राष्ट्रलाई चार समूहमा विभाजन गरिएको छ । समूह ‘सी’ मा नेपाल, ताजकिस्तानसँगै बहराइन र कतार छन् । हरेक समूहको शीर्ष एक टोली सेमिफाइनलमा प्रवेश गर्नेछ । नेपालले बिहीबार आयोजक राष्ट्र बहराइनविरुद्ध खेल्नेछ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच