
इन्द्रबहादुर शाक्य
कात्तिक संक्राति :
१ गते रातो मत्स्येन्द्रनाथमा गुठीको पूजा गरी चाडपर्व मनाइन्छ । कात्तिक कृष्णपक्ष, एकादशीको दिनमा रमा एकादशी व्रत पर्छ ।
दशैँ :
यसपटक दशैँ पनि कात्तिकमा परेको छ । असोज २८ गते घटस्थापना गरेर सुरु हुने दशैँ कात्तिक ४ गते फूलपाती, ७ गते टीका र ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि समाप्त हुन्छ । दशैँ आसुरी शक्तिमाथि दैवीशक्तिले विजय गरेको स्मरणमा मनाउने गरिन्छ । देवीले दानवलाई वा रामले रावणलाई विजय गरेको सम्झनामा दशैँ मनाइएको हो भन्ने मान्यता छ ।
तिहार :
तिहार नेपालको राष्ट्रिय पर्व हो । तिहारमा काग, ककुर, गाई, गोरु र दाजुभाइको पूजा गरिन्छ । भाइटीका तिहारको अन्तिम दिन हो । द्वितीया तिथिमा पर्ने भाइटीकाका दिनमा दिदीबहिनीबाट दाजुभाइको समृद्धि र दीर्घायुको कामना गर्दै भाइटीका लगाइन्छ । दाजुभाइहरूले दिदीबहिनीलाई उपहार र दक्षिणा दिने चलन छ । अहिले संसारका धेरै ठाउँमा तिहार मान्ने चलनको विस्तार भएको छ । तिहारमा भैलो र द्यौसी खेल्ने गरिन्छ ।
तराई क्षेत्रमा मधेसीहरूले लक्ष्मीको मूर्ति बनाई पूजा गर्ने चलन छ । भाइटीकाको भोलिपल्ट मूर्तिलाई नदी अथवा पोखरीमा लगेर सेलाइन्छ । सुदूर पश्चिममा तिहार पर्वको रमझम सकिने बित्तिकै देवीदेवताको जाँत मेला सुरु हुन्छ । कात्तिक शुक्लपक्ष तृतीयादेखि जाँतपर्व सुरु हुन्छ । यसमा कूल पूजा गर्दछन् ।
रसुवाको जरायो नाँच
उत्तरतिर हरेक वर्ष तिहारपछि रसुवाको सदरमुकाम धुन्चेमा जरायो नाँच देखाइन्छ । त्यस ठाउँका बासिन्दाले नयाँ धान बाली भिœयाएपछि लक्ष्मीको पूजा गरी तिहारको शुभकामना सबैलाई दिँदै यो नाँच देखाउँछन् ।
छठ पर्व
बेलुकी साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिने, भोलिपल्ट उदाउँदो सूर्यलाई पूजा गरी मनाउने पर्वलाई छठ पर्व भनिन्छ । उज्यालो सूर्यलाई बेलुकी साँझ अस्ताउँदो सूर्यलाई बिदा दिई मनाउने दिनलाई स्वागत गरी यो पष्ठीको दिन मनाउने पर्वलाई नै छठ पर्व भन्दछ ।
गोपा वा मुखः
अष्टमीका दिनमा नेपालीहरू व्रत बस्दछन् । धेरैजसो बौद्ध मागीहरू यो दिनमा बौद्ध धमावलम्बी खीर पकाइ खान्दछन् । यो दिनमा पशुपतिनाथमा बुद्धको मुकुण्ड राखिन्छ । ललितपुर कुम्भेश्वरस्थित महादेवको मन्दिरमा दिनभरै महादेवको शीरमा बुद्धको मुखः (मुकुट) राखेको हुन्छ । यो प्रचलन अद्यापि रहेको छ । यही दिनमा वलम्बुमा महालक्ष्मी जात्रा सुरु गरिन्छ । यो जात्रा तीन दिनसम्म मनाउदछ । बैतडी सिलंगामा महा रुद्र कोटी होस् हुन्छ । ज्वार नवमीको दिनमा हेटौंडाको कृष्माण्डमा सरोवर मेला हुन्छ । त्यही दिनमा काठमाडौं सक्व चाँगु मेला अथवा जात्रा हुन्छ । दशमीका दिनमा काठमाडौंको बलम्बुमा महालक्ष्मी जात्रा समाप्त हुन्छ । धादिङमा फूल खर्क गंगाजमुना मेला लाग्दछ ।
हरिबोधनी एकादशी (ठूलो एकादशी)
कात्तिकमा हरिबोधनी एकादशी (ठूलो एकादशी) पर्छ । एकादशीमा एक छाकमात्र फलाहार गरेर व्रत बस्ने चलन छ । यस दिन मारकाट गर्नु हुँदैन, तुलसीको विवाह गरी पूजा गरिन्छ । बराह क्षेत्रमा पनि यो एकादशी पर्व मनाउँछन् । कात्तिकमा स्नान गर्न कोका बराह नदीमा स्नान गरी पूजा पाठ गरी यो पर्व मनाउँछन् । यो पर्व मनाउन नेपालका विभिन्न ठाउँ र भारतबाट यस तीर्थस्थलमा आउँछन् ।
तराई क्षेत्रमा मधेसीहरूले लक्ष्मीको मूर्ति बनाई पूजा गर्ने चलन छ । भाइटीकाको भोलिपल्ट मूर्तिलाई नदी अथवा पोखरीमा लगेर सेलाइन्छ । सुदूर पश्चिममा तिहार पर्वको रमझम सकिने बित्तिकै देवीदेवताको जाँत मेला सुरु हुन्छ ।
बराह क्षेत्रमा धार्मिक मेला, खोटाङमा बराह पोखरीमा मेला, तनहुँमा भिमाद मेला र काभ्रे बत्थलीमा लोकेश्वर मेला लाग्ने गर्छ । द्वादशीको दिनमा ललितपुरमा स्वथ नारायण जात्रा हुन्छ र चाँगुनारायणमा अखण्डदीप बाल्ने पर्व हुन्छ । त्रयोदशी बराह डोटी क्षेत्रमा केदारको मेला पर्व सुरु हुन्छ । भोगेश्वर मेला डोटी दिपायलमा हुन्छ । पशुपतिनाथमा महास्नान गर्ने दिन, थानकोटमा नारायणको सिन्दुर जात्रा, यही दिनमा काठमाडौंको चाबहिल चन्द्रविनायक गणेश जात्रा हुन्छ । काभ्रे जिल्लामा (नम्रा) नमो बुद्धमा बुद्धको जात्रा सुरु हुन्छ ।
कात्तिक पूर्णिमा :
गेडागुडी खाने पूर्णिमा यसलाई नेवारीमा सकिमला पूर्णिमा भनिन्छ । नेपालीहरू यसलाई कात्तिक पूर्णिमा भन्दछन् । यसमा आकाश दीप बाल्ने, लिंगगो ढाल्ने, सकर खण्ड र पिँडालु खाने, बराह क्षेत्र मेला चुतुमास समाप्त हुन्छ । डोटीमा शैलेश्वरी र भागेश्वर जात्रा हुन्छ । तराई सिरहाको कमलाडी नदीमा भूतमेला हुन्छ । वनस्थलीमा त्रिवेणी मेला हुन्छ । सद्धार्थ गौतम बुद्ध र उहाँसँग आउनुभएका भिक्षुहरूको यात्रा (सिलसिला) क्रममा नेपालको पूर्वभाग काभ्रे जिल्ला पनौतीबाट करिब दश किमी पूर्वस्थित गन्धकूट पर्वत (गन्धमादन)मा (नमो बुद्ध पहाड) पुग्दाखेरि, गौतम बुद्धले त्यस ठाउँमा रहेको माटोको ढिस्को भग्नावशेष चैत्य आकार स्तुपामा आँखा पर्यो । माटोको ढिस्को चैत्यलाई नमस्कार गरी बन्दना गर्नुभयो ।
यो देखेर बुद्धसँगसँगै आउनुभएका भन्तेहरूले बुद्धसँग प्रस्न गर्नुभयो कि हे प्रभु हजुरले नमस्कार गर्नुपर्ने यो को हो ? बुद्धले साधु, साधु भन्दै जवाफ दिनुभयो । ‘मेरो पूर्वजन्मको चिहृन, यो माटोको ढिस्को (चैत्य) हो’ यसबारे बुद्धले व्याख्या गर्नुभयो । ‘यो ठाउँलाई पाञ्चाल देश’ भनिन्थ्यो, यस देशमा पाञ्चाल राज्यका राजा दिंगरथ पाञ्चाल वंश थिए । उनका नाति महारथका छोराहरू जेठो महादेव, माइला महाप्रसाद र कान्छा महासत्व नाम गरेका थिए । उनीहरूको आमाको नाम रानी सत्यवती थिइन् । उनी महाराज महारथको धर्मपत्नी थियो । तीनजना छोराहरूमध्य राजकुमार महात्सव, बत्तीस लक्षणले युक्त थिए । एकदिन तीनजना दाजुभाइ सिकार खेल्न जाने निधो गर्यो ।
भोलिपल्ट राजासँग परामर्श गरी शिकार खेल्न निस्कदा तीनै दाजुभाइ दरबारबाट निस्की पाञ्चाल देश अथवा (अहिलेको नाम पनौती)बाट पूर्वस्थित गन्धकुट पर्वतको जंगलमा शिकार खेल्न पुगियो । सिकारका क्रममा घुमफिर गर्दा थाकेकाले केही बेर आराम गर्ने विचार गरे तर कान्छो राजकुमार महात्सवले आराम गर्न चाहेनन् । एकछिन घुम्ने विचार गरे र घुम्न गए । राजकुमारले यो पर्वतको जंगलमा सुत्केरी बघिनीको हृदयविदारक अवस्था देखेर, दया लाग्यो । दाजुहरूलाई छल गरेर, त्यस सुत्केरी बघिनीको नजिक गएर पल्टिदिए तर बघिनीले खान सकिन ।
सुनसरीमा मधेसी, थारू र मैथली महिलाहरूको ‘सामाचकेवा’ पर्व मनाउँछन् । यो पर्व कात्तिक पूर्णिमाको दिनमा मनाइन्छ । यस पर्वमा विभिन्न किसिमका माटाका वस्तुजस्तो जनावरमा घोडा, हात्ती, कुकुर, सतमैया, भँमरा, ढोलिया, नटुवाल गाएकका मूर्ति आदि हातले बनाउँछन् ।
उनले आफ्नो लुगा फुकालेर रूखमा राखी, आफ्नो शरीरको मासु काटेर बघिनीलाई खुवाएर आफूले निवार्ण प्राप्त गरेका थियो । त्रेतायुगको समयमा महासत्व राजकुमारको जन्म भएको थियो । मरेको राजकुमारको हडी सबै जम्मा गरी बनाएको चैत्य, यही नै हो भनेर गौतम बुद्धले व्याख्या गरी सुनाएका थिए । त्यसैले मैले नमस्कार बुद्ध भनेर बन्दना गरेको हुँ । उहाँको कुरा सुनेर सबैले पहिलेको बुद्ध भनेर भनी बन्दना गरे । त्यही बेलादेखि त्यसलाई नमस्कार बुद्ध भनेर पुकार गर्दछ । यो मासु काटेर दान दिएको दिन कात्तिक महिना चतुर्दशीका दिनमा र पूणिमाको दिनमा स्वर्गीय भएको थियो ।
यस दिन पहिलेदेखि पर्व मानी पूजा गरिआएको परम्परा अहिलेसम्म पनि चलिआएको छ । नमस्कार बुद्धलाई नमोबुद्ध भन्ने चलन चल्यो । नमोबुद्धलाई पछि आएर नम्रा भन्ने चलन पनि छ तर जसले जे भने तापनि नमोबुद्धको नाममा संसारभरि चलेको छ । यसको कथा चीन, कोरिया, जापानमा पनि उनीहरूको देशको भाषाबाट पुस्तक छापेको छ । यो त्रेतायुगको पालामा हो । यो मूर्ति खटमा राखेर जात्रा गरिन्छ ।
सुनसरीमा मधेसी, थारू र मैथली महिलाहरूको ‘सामाचकेवा’ पर्व मनाउँछन् । यो पर्व कात्तिक पूर्णिमाको दिनमा मनाइन्छ । यस पर्वमा विभिन्न किसिमका माटाका वस्तु जस्तो जनावरमा घोडा, हात्ती, कुकुर, सतमैया, भँमरा, ढोलिया, नटुवाल गाएकका मूर्ति आदि हातले बनाउँछन् । स्थानीयले हस्तकलाका वस्तु बनाएर यो पर्व मनाउँछन् । साथै यस दिनमा महिलाले दाजुभाइ र दिदीबहिनीसँग स्नेह प्रेम सुःस्वास्थ्य लाभ होस् भनी हर्षोल्लासका साथ खुशीयाली गर्दै यो पर्व मनाउँछन् ।
पाल्पामा सत्यवती तालमा तीन दिनसम्म लाग्ने यो मेला पर्वमा चिच्याएर वर माग्न सुरु हुन्छ । यो कोल डाँडा वडा नं १ र ४ मा हुन्छ । यो कात्तिक पूर्णिमाको अघिल्लो दिनदेखि यो मेला सुरु हुन्छ । यो मेलामा देशभरका हजारौं मानिसले चिच्याएर वर मागोको र मनमा राखेको कुरा सत्यवती बज्यैले पूरा गरिन्छ भन्ने जनविश्वास छ । यो पोखरी वरिपरि घुम्दा, दर्शन गर्दा सन्तान पाउने, व्यापार वृद्धि हुने, जागिर पाउने, शिक्षा पाउने, सुस्वास्थ्य लाभ हुने आदि लाभ हुन्छ भन्ने विश्वास अहिले पनि छन् र मेला हरेक वर्षमा यो मेला लाग्दछ ।
रुकुममा साई कुमारी मेला र गाउँ गाउँमा आफ्नो आफ्नो रीतिरिवाज अनुसार पूर्णिमा पर्व मनाउने चलन छ । यो पूर्णिमामा चतुर्मास ब्रत समाप्त हुन्छ । ललितपुरस्थित खोकनामा रुद्रायणी नाँच हुन्छ । अष्टमीको दिनमा कालभैरवको जात्रा गरिन्छ ।
कात्तिक : यस महिनामा इस्लामिकको नव वर्ष अथवा नयाँ सम्वत् सुरु हुन्छ । यो पर्व इस्लामिकहरू अन्तर्राष्ट्रिय रूपमा नयाँ वर्ष मनाइन्छ । लिम्बू जातिको कात्तिक महिनामा पृथ्वी मातालाई पूजा गर्छन् । यस पूजालाई उनीहरूले ‘युमासामाङ’ पूजा भन्छन् । एक वर्षमा दुई चोटि पूजा हुन्छ । कात्तिक र चैत महिनामा अन्नबाली भिœयाएको र सकिनलागेकोमा यो पर्व मनाइन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच