
एजेन्सी । टेलिभिजन सिरिज ‘फ्रेन्ड्स’मा चन्डलर बिंग पात्रको भूमिका निर्वाह गर्ने विश्व चर्चित अभिनेता म्याथ्यु पेरीको निधन भएको छ । उहाँको ५४ वर्षको उमेरमा निधन भउको हो । शनिबार लस–एन्जलसको घरमा डुबेर दुर्घटनामा पेरीको मृत्यु भएको लस एन्जलस टाइम्सले उल्लेख गरेको छ ।
सन् १९७९ मा नाटक ‘२४० रोबर्ट’मा सानो भूमिका निर्वाह गरेसँगै उहाँको अभिनय यात्रा सुरु भएको थियो । त्यसपछि उहाँले ‘चाल्र्स इन चार्ज’, ‘सिल्भर स्पुन्स’ र ‘द ट्रेसी उलम्यान सो’लगायत कार्यक्रममा काम गर्नुभयो । उहाँको पहिलो चलचित्र ‘अ नाइट इन द लाइफ अफ जिमी रेर्डन’ थियो जहाँ उहाँले रिभर फिनिक्सको अपोजिटमा अभिनय गर्नुभयो । तर, सन् १९९४ मा ‘फ्रेन्ड्स’ सिरिजमा उहाँले अभिनय गरेको मिलनसार र व्यंग्यात्मक चन्डलरको भूमिकाले उहाँलाई विश्वभर चर्चा दिलायो ।
सन् २०२२ को नोभेम्बरमा उहाँले लेखेको संस्मरण ‘फ्रेन्ड्स, लभर्स एण्ड द बिग टेरिबल थिंग : अ मेमाइर’ प्रकाशित भएको थियो । उहाँको निधनको कारण भने खुलाइएको छैन ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच