चीनसँगको सीमापार लेनदेनलाई सहज बनाउन पाकिस्तानमा आरएमबी क्लियरिङ बैंक शुरु

न्युज एजेन्सी नेपाल
Read Time = 1 min

काठमाडाैं । चीनसँगको सीमापार लेनदेनलाई सहज बनाउन पाकिस्तानमा आरएमबी क्लियरिङ बैंक शुरु भएको छ ।

इन्डस्ट्रियल एण्ड कमर्शियल बैंक अफ चाइना (आइसीबिसी) ले पाकिस्तानी र चिनियाँ व्यवसायी र वित्तीय संस्थाहरूलाई सीमापार लेनदेनहरू मिलाउन र दुई देशको वित्तीय आवश्यकताहरू पूरा गर्नका लागि रेन्मिन्बी (आरएमबी) क्लियरिङ बैंक खोलेको हो ।

शुक्रवार पाकिस्तानको राजधानी इस्लामावादमा आयोजित उद्घाटन समारोहमा पाकिस्तान र चीनका अधिकारी, विज्ञ र व्यवसायीहरुको उपस्थिति रहेको थियो ।

यस सुविधाअन्तर्गत आइसीबिसीले लेनदेनको क्लियरिङ र सेटलमेन्ट सेवाहरू प्रदान गर्नेछ । पाकिस्तानमा सहभागी बैंकहरूका लागि आरएमबी खरिद, बिक्री, उधारो वा लेनदेनको व्यवस्था गर्न सुविधा प्रदान गर्नेछ ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?