
रुपन्देही । सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनकोे व्यवस्था मिलाउन माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापनपत्र बुझाएको छ । लुम्बिनी आउनुभएका प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउँदै सञ्जालले यथाशक्य विमानस्थल नियमित र पूर्ण सञ्चालनका लागि कूटनीतिक पहलकदमी गर्न तथा नेपाल सरकारको स्वामित्व रहेको नेपाल वायु सेवा निगमका जहाजबाट उडान भर्न माग गरेको हो । सञ्जालले विमानस्थल सञ्चालनमा नआए यहाँका आमनागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ–संस्था विमानस्थलमा धर्नाका साथै आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
सञ्जालले विमानस्थल सञ्चालनमा नआए यहाँका आमनागरिक, उद्योगी व्यवसायी, विभिन्न संघ-संस्था विमानस्थलमा धर्नाका साथै आन्तरिक उडान ठप्प पार्नेसम्मका दबाबमूलक आन्दोलन गर्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।
यहाँको समग्र पर्यटन विकासका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालन, आन्तरिक उडान थप गर्न, बेलहिया नाका व्यवस्थापन, रेल कनेक्टिभिटीलगायतका विषयमा तत्काल सरकारले उचित कदम चाल्न आवश्यक रहेको सिद्धार्थ सञ्जालका अध्यक्ष अनिलकुमार ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यथाशक्य विमानस्थल सञ्चालनको व्यवस्था मिलाउन र कार्गो सञ्चालन गर्न तथा वैदेशिक यात्राका लागि गरिने सम्पूर्ण विषयगत कार्यालय स्थापना गर्न सञ्जाल सरकारको पूर्ण ध्यानाकर्षण होस् भन्ने चाहन्छ ।’
लुम्बिनी प्रदेशको समृद्धिको मूल आधार मानिएको यो विमानस्थल सञ्चालनमा नआउँदा विमानस्थललाई लक्षित गर्दै खोलिएको करिब १५ देखि २० वटा ठूला होटल अहिले बैंकले लिलामी गरिसकेको अध्यक्ष ज्ञवालीले बताउनुभयो । उहाँले भन्नुभयो, ‘यस्ता धेरै पर्यटन व्यवसायी छिट्टै सडकमा आउने निश्चित छ । एकातिर निजी क्षेत्रको अर्बांै लगानी खेर गइरहेको छ ।’
विमानस्थल सञ्चालनका लागि ठोस कदम नचाल्दा अब यहाँका उद्योगी व्यवसायी तथा आमनागरिकमा सरकारप्रतिको विश्वसनीयता घट्दै गइरहेको ज्ञवालीको भनाइ थियो ।
ज्ञापनपत्र बुझेपछि प्रधानमन्त्री दाहालले विमानस्थल सञ्चालनका लागि सरकार गम्भीर रहेको र यसबारे थप छलफल काठमाडौंमा हुने आश्वासन दिनुभएको ज्ञवालीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले सकारात्मक कुरा गर्नुभएको छ, काठमाडौं आउनुहोस् थप छलफल गरौंला भन्नुभएको छ ।’ त्यस्तै सञ्जालले विमानस्थल नियमित सञ्चालनको माग गर्दै संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी र गृहमन्त्री सन्तोषकुमार पाण्डेयलाई पनि मंगलबार ज्ञापनपत्र बुझाएको छ । सिद्धार्थ सञ्जाल रुपन्देहीले भैरहवामा पत्रकार सम्मेलन गरी विमानस्थल सञ्चालनमा नआए आन्तरिक उडानदेखि बेलहिया नाका ठप्प पार्नेसम्म आन्दोलन कार्यक्रम घोषणा गरिसकेको छ । एडिबीको ऋण र ओपेक फण्ड तथा नेपाल सरकारसहितको लगानीमा करिब साढे नौ अर्ब रुपैयाँमा विमानस्थल निर्माण भएको हो । तर, सञ्चालनमा आएको लामो समय बितिसक्दा पनि विमानस्थललाई सञ्चालन खर्चै उठाउन मुस्किल परिरहेको छ । अन्तर्राष्ट्रिय र आन्तरिक उडान सञ्चालनका लागि मासिक औसतमा दुई करोड रुपैयाँ खर्च हुने गरेको बताइएको छ ।
विमानस्थल सञ्चालनमा आउन नसक्नुमा मुख्य तीन कारण रहेको अधिकारीहरूले बताउने गरेका छन् । उनीहरूका अनुसार भारतले महेन्द्रनगर भएर सिधै भैरहवा आउन दिने एअर रुटको अनुमति नदिँदा सिमरा भएर आउँदा बढी समय लाग्ने समस्या छ । त्यसैगरी इन्स्ट्रु मेन्ट ल्याण्डिङ सिस्टमको प्रयोग गर्न पाएको भए कम भिजिबिलिटीमा पनि विमान उडान गर्न सकिन्थो । भारतीय हवाई क्षेत्रलाई पनि त्यसले छुने भएर भारत सरकारले त्यसको प्रयोगका लागि सहमति दिएन । भैरहवाबाट वायुसेवा लिन भारतले आफ्ना नागरिकलाई नो अब्जेक्सन सर्टिफिकेट नदिएर पनि समस्या भएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच