
यो एउटा उखान हो । यसले बुद्धि नभएको मान्छे, बुद्धि भएका मान्छेको सहयोग पनि लिन नसक्ने या नचाहेर नै मानव समुदायलाई नसुहाउने काम गर्नेलाई कानो गोरुको उपमा दिन्छ । अहिलेको नेपालको सरकार कानो गोरुजस्तै छ । एउटा आँखो देख्ने अर्को आँखो नदेख्नेलाई कानो भनिन्छ । कानाले चारैतिर देख्न सक्दैन एक पाखोमात्रै देख्छ । अहिलेका शिक्षा मन्त्री, प्रधानमन्त्री, गृहमन्त्री र स्वास्थ्यमन्त्रीका क्रियाकलाप हेर्दा साँच्चिकै काना गोरुजस्तै छन् । एक प्रकारले भन्दा विवेकहीन व्यक्तिलाई नेपाली समाजमा गधा या गोरु भनेर गाली गर्ने चलन छ भन्ने त अहिलेको नेपाल सरकारका पालेदेखि प्रधानमन्त्रीमात्रै होइन राष्ट्रपतिलाई पनि ज्ञात भएकै कुरा हो । अन्न खाने, मान्छेका अनुहारका देखिने तर काम चाहिँ काना गोरुको जस्तो गर्नेलाई प्रवृत्ति साम्यका आधारमा यो उखानले गोरु भनेको देखिन्छ ।
गोरुको बुद्धि हुँदैन ऊ पशु हो । पशुलाई मान्छेले हातमा लट्ठी लिएर पछाडिबाट हाँक्नुपर्दछ । मान्छे हाँक्नु अघि लागेर पशु हाँक्नु पछि बसेर भन्ने नेपाली उखान त सबैले सुनेका होलान् नै । मैथिलीमा पनि यस्तै एउटा उखान छ, ‘आदमी केँ हाँकल जाति आगा सँ आ पशु केँ हाँकल जाति पाछा सँ ।’ संविधान दिवसका दिन आममाफी दिएका व्यक्ति हेर्दा अहिलेको नेपालमा सरकार चलाउन गएका सबै दुई खुट्टे देखिए पनि आचरण चिन्तन र व्यवहार हेर्दा भने जर्ज अरबेलका ‘चार खुट्टेको घरजम’ भन्ने उपन्यासका पात्रजस्ता छन् ।
रेशम चौधरीलाई ‘आगच्छ वरदे देवः सत्ता रक्षाकुरुकुरु’ भनेर छाडेको देखिन्छ । वनमा बस्ता एक्ले दिमागले जे सोचो त्यही सही हुन्छ गाईगोरुको सिनो र मादक पदार्थ खाएका बेला । रेशम चौधरी जस्तालाई आममाफी दिनेगरी पक्कै पनि संविधानमा प्रावधान नराखिएको होला यो गाईगोरुको सिनो खाएका बुद्धिकै काम होला भनौं । भारतीका पतिलाई हातमा खुँडा लिएर दिउँसै लखेटी लखेटीकन काट्नेलाई पनि आममाफी दिनुभनेको काना गोरुको बुद्धि हो कि होइन त ? औंसीको अँध्यारो र पूर्णिमाको उज्यालो पनि काना गोरुले छुट्याउन नसकेको कर्म यो सरकारका क्रियाकलापमा देखियो कि देखिएन ?
नारद, वशिष्ठ, विश्वामित्र, लोमश गृत्समद, व्यास, आदिशंकराचार्य परमहंस रामकृष्ण, विवेकानन्द, आबाल ब्रहृमचारी बालागुरु षडानन्द, स्वरूपानन्द सरस्वती, महेश योगी, डा.रामानन्द गिरि ज्ञानानन्द सरस्वतीजस्ता योगीसन्यासी तथा सीता, गार्गी, गायत्री, अच, स्वरा, मैत्रेयी, सरस्वती, विस्पला र घोषजस्ता नारीरत्न पनि संस्कृत शिक्षाले नै उत्पादन गरेथ्यो ।
भर्खरै देशभरिका गुरुहरू अशोक राईको जयजयकार गर्न आए कि पुष्पकमल दाहालको जयजयकार गर्न आएका थिए ? अन्न खानेले बोल्नु पर्छ कि पर्दैन ? गुरुमाथि यत्रो विभेद गरेर कस्तो समाज सिर्जना गर्न खोजेका यिनीहरूले ? यिनले प्रस्तुत गरेका विधेयकमा (१) प्राविधिक शिक्षा, (२) साधारण शिक्षा, (३) परम्परागत शिक्षा भनेर माध्यमिक तहमा पढ्नुपर्ने विषयलाई तीन वर्गमा छुट्याएका रहेछन् । यो कुरो विधेयकको पृष्ठ १६ को दफा ७ सँग सम्बद्ध रहेको छ ।
नेपालका परम्परागत शिक्षामा गुम्बा शिक्षा, गुरुकुलमा पढाइने रुद्राभिषेक शिक्षा, मदरसा शिक्षाजस्तै बनाएर संस्कृत शिक्षालाई पनि राखेको देखिन्छ । यही संस्कृत शिक्षाले राम, लक्ष्मण, कृष्ण, बलराम, भीष्म, परशुराम जस्ता योद्धा उत्पादन गरेको थियो । नारद, वशिष्ठ, विश्वामित्र, लोमश गृत्समद, व्यास, आदिशंराचार्य परमहंस रामकृष्ण, विवेकानन्द, आबाल ब्रहृमचारी बालागुरु षडानन्द, स्वरूपानन्द सरस्वती, महेश योगी, डा.रामानन्द गिरि ज्ञानानन्द सरस्वतीजस्ता योगीसन्यासी उत्पादन गरेथ्यो । सीता, गार्गी, गायत्री, अच, स्वरा, मैत्रेयी, सरस्वती, विस्पला र घोषजस्ता नारीरत्न पनि यसै शिक्षाले उत्पादन गरेको थियो । स्वामी प्रपन्नाचार्य र गुरु फाल्गुनन्द पनि संस्कृत शिक्षाकै उत्पादन थिए । यिनलाई लर्ड मेकालेको उपनिवेशी शिक्षायोजनाले छोएको भए आजका सत्ताधारीभन्दा कम स्वनामधन्य हुने थिएनन् ।
अर्को कुरो लर्ड मेकालेको शिक्षापद्धतिमा भएकाभन्दा राम्रा कुरा भारतीय उपमहाद्वीपमा प्रचलित वैदिक शिक्षापद्धतिमा थिए । संस्कृत शिक्षामा आयुर्वेद संसारको जेठो चिकित्सा पद्धति छ । यो प्रविधिक शिक्षामा पर्छ । यसैगरी प्राविधिक धारका विधाहरू हुन् : वैदिक कृषि, वैदिक गणित, वनस्पतिशास्त्र, नाट्यशास्त्र (सिद्धान्त, अभिनय र संवादसहित नाट्य प्रदर्शन कला) सामवेद (गायनकला, संगीतसिद्धान्त र रियाज, वाद्यअभ्यास र सिद्धान्त, फलित ज्योतिष, ऋतुविज्ञान (मौसम विज्ञान) स्थापत्यशास्त्र (भवनविज्ञान) प्राकृतिक चिकित्सा, कर्मकान्ड, वैशेषिक (सापेक्ष्यवाद) भारद्वजको ‘यन्त्रसर्वस्व’ जस्ता विधा प्राविधिक धारका विधा हुन् ।
यिनले विद्यार्थीलाई कमाउँदै पढ्दै (अर्निङ एण्ड लर्निङ)को अवसर दिन्छन् । वेदमा भएको विज्ञानलाई प्रयोगशालामा प्रयोग गर्ने र कक्षामा व्याख्या विश्लेषण गरेर पढाउने हो भने आजको फिजिक्स, क्वान्टम फिजिक्सका कुरा वेदमा छन् । योग विज्ञान यसलाई कसैले (जीवनविज्ञान, लाइफसाइन्स्) भनेको देखिन्छ । यसलाई सिद्धान्त (दर्शन) व्यायाम (शारीरिक पक्षसँग सम्बद्ध) धारणा र ध्यान सूक्ष्म तत्वदर्शनसँग सम्बद्ध गरी तिनभागमा बाँडेर पढाउन सकिन्छ ।
मान्छेलाई भोगी त्यागी स्वार्थी परमार्थी बनाउने शिक्षाले हो । शिक्षा र वातावरणबाट सबैभन्दा धेरै मानव मस्तिष्क प्रभावित हुन्छ र चाँडो मानवीय दिमागले वातावरणलाई नै ग्रहण गर्दछ । अतः शिक्षा र वातावरण निर्माणमा सबैले ठीक ढंगले सोच्नु अति आवश्यक देखिन्छ ।
भारतका ऋषिमनका प्रधानमन्त्री मोदीका कारणले आजको विश्वलाई नै पातञ्जलयोग, हठयोग, तन्त्रयोग, ध्यानयोग र भावातीत योगले प्रभावित पारेको देखिन्छ । यस्ता कुरा पढाउनेतिर संस्कृत विश्वविद्यालयलाई सरकारले अभिप्रेरित गर्नुपर्ने ठाउँमा सुझ न बुझ हगन गौंडी पूज गरेको देखिन्छ । यसका विरुद्ध जसरी प्राथमिक तहकादेखि माध्यमिक तहसम्मका गुरुहरू जागेथे त्यसैगरी संस्कृत रक्षाका नाममा नानाभाँती गर्न भ्याउने संस्कृतका विद्वान्हरू कहाँ छन् ? ‘नहि सुप्तस्य सिंहस्य प्रविश्यन्ति मुखे मृगाः’ जाग्नोस् गुरु हो जाग्नोस् । छिन्ने मूले नैव शाखा न पत्रम् होला है ।
सैद्धान्तिक धारमा पर्ने विधा हुन् : (क) वेद, (चारवटै) व्याकरण नव्य र प्राचीन दुवै, न्याय नव्य र प्राचीन दुवै, वैशेषिक (कणवाद या सापेक्ष्यवाद) सांख्य, वेदान्त दर्शन, मीमांसा पूर्वोत्तर दुवै । भारद्वाजको ‘यन्त्र सर्वस्व’ आजको (मेकानिकल इन्जिनियरिङ) यसलाई कक्षा र प्रयोगशालामा प्रयोग गराउँदै पढाउनुपर्दछ । सिद्धान्त ज्योतिष (यो विज्ञानको आधारभूमि हो) यसलाई लर्डमेकाले पद्धतिले म्याथेम्याटिक्स भनेको देखिन्छ । यो विज्ञान, व्यवस्थापन, मानविकी र शिक्षामा पनि रहेको देखिन्छ लर्डमेकाले पद्धतिमा । साहित्य, आयुर्वेदमा पनि आधुनिक विज्ञानमा जस्तै अनेकौं विधाउपविधा छन् । तिनलाई पनि मिश्रण र विभाजन गरेर आवश्यक्ता अनुसारका विधाको विकास गर्न सकिन्छ ।
यदि यसो नगर्ने हो भने अहिलेका कूपमण्डुके शासक त भोलि हट्लान् तर धेरै ढिलो भएर संस्कृत विधाका अनेकौं बीज कुहुन सक्छन् र पश्चिमतिर फर्केर गौरांगबाबुसँग सिक्नुपर्ने हुनसक्छ । आज जसरी योगलाई बिर्सेका हामीले ‘योगा’ सिक्नुपरेको छ त्यसैगरी केही दिनपछि ध्यान बिर्सेर मेरिटेसन सिक्न विवश हौँला । अहिलेका गिदीबोसे शासकले हामीलाई स्वव्यक्तित्वविहीन परावलम्बी बनाउने षड्यन्त्र त गर्दै छैनन् । जसरी कोट बाहिर जनै लाएर एक बाहुनलाई मानेर तमाम ब्राहृमणलाई कन्धने काठा भन्ने शासकले शिक्षा प्रयोजनका नाममा ल्याएका शिक्षाले आज हामी बेइमान्, घुसखोर, बलात्कारी, परावलम्बी, परमुखापेक्षी बनेका छौँ ।
जंगली र सत्ताभोगका लिप्सुले पनि हाम्रा मौलिक कुरालाई सखाप पारेर हामीलाई हाँसको चाल न कुखुराको चालको बनाउन लागेका त छैनन् ? भन्ने सोचेर बेलैमा सचेत नभए न्याउरी मारी पछुतो होला है गुरु हो । आफ्नै साधनस्रोतको विकास र पुख्र्यौली खानी उत्खनन् नगरिकन दुनियाँमा कोही पनि स्वावलम्बी बनेको उदाहरण देखिँदैन । अंग्रेजी या चिनियाँ भाषामा मात्रै ज्ञान, विज्ञान र दर्शन छ भन्ने लर्डमेकालेका उपनिवेशी दिमागबाट माथि उठौं । संसारका पाठ्यक्रम पढौँ राम्रा कुरा लिऊँ पनि तर अर्काको भारी नबोकौँ । कतिन्जेल हामी भाडाका टट्टु बनेर बस्ने ? लासले सन्तान कुरेर नकुहीकन बस्नुपर्ने त तपाईंहरू र कोटबाहिर जनै लाउने या नाम नखुलेको कालोपदार्थभक्षी दुवैका संयुक्त प्रयासले मुलुकलाई पु¥याउनुभएछ सुवासका महाप्रस्थानका बेला सबैले देखे ।
यो २० वर्षको उपलब्धि पनि भर्खरै आयो एशियाकै सबैभन्दा गरिब देश नेपाललाई बनाएरै छाड्नुभएछ । बधाई छ सर्वध्वंसी तपाईंहरूजस्ता शासकलाई । कालो पदार्थ खानेलाई हटाएर नागरिकलाई गैरनागरिक बनाउने आए । द्वारिकादेवीको चक्चकी सहन नसक्ने नेपालीका टाउकामा अन्तर्राष्ट्रिय भाउजू आइछन् । आहा ¤ नेपालीका दिन फिरेका ? यिनले बदलामा ल्याएका यी ख्यातनामा पात्रले देश कता लाँदै छन् ?
अपि प्रकृत नेपाल नमे रुचिः कदापि च ।
गौरांगा डरलरश्चेतौ जन्मजन्मान्तरौ प्रियौ ।।
मलाई यो प्रकृतिले भरिएको नेपाल हेर्न या यहाँ बस्न पटक्क रुचि छैन । मलाई त सेता हातगोडा भएका नाग र नागिनीसँगै डलर असाध्य प्यारा छन् भनेर संसदमा नै भाषण हाँक्ने जनशक्ति उत्पादनले हामी त्यो भारबाहक टट्टु बन्नेछौं जसले जाँतो सिलौटो बोकेको र श्रीखण्ड बोकेको भन्ने विभेद गर्न सक्दैन खुरुखुरु सिलौटेका सिलौटा बोकेर देशलाई कंगाल बनाइरहेका छौं । जसले पवित्रतम त्रिशूली र टुकुचाको विभेद गर्न सक्दैन । बहुदलीय व्यवस्थाका नायकले आज देशलाई बालबालिका र वृद्धवृद्धाको बस्ती किन बनाए ? भनेर प्रश्न गर्ने हो भने उत्तरमा सायद भन्नुपर्ने हुन्छ ‘लामो समय जेल, विदेश र लुकीछिपी बस्दा कहिले खान पाए कहिले पाएनन् ।

त्यसैले मौका परेका बेला सात जन्मलाई खान पुग्ने गरी कमाए ।’ सा विद्या या विमुक्तये भन्ने शिक्षालाई छाडेर ‘सा विद्या या अहोरात्रं द्विकरेण गृहृणाति च’ । हिजो त्यसलाई विद्या भन्थे हाम्रा पुर्खा जसले विशिष्ट प्रकारले मुक्तत गराउँथ्यो । आज लर्ड मेकालेका पद्धतिले हामीलाई अहो रात्र उचित अनुचिततिर विचारै नगरी दुई हातले नभ्याए दाँतले पनि सोहोर्ने बनायो/सोहोर्छौं । जनता मारेर विदेशी बैंकमा राखेको धन तिमीहरूका सन्तानले भोग गर्न पाउने छैनन् अनि किन गर्छौं यस्तो अपकर्म ? मान्छेलाई भोगी त्यागी स्वार्थी परमार्थी बनाउने शिक्षाले हो । शिक्षा र वातावरणबाट सबैभन्दा धेरै मानव मस्तिष्क प्रभावित हुन्छ र चाँडो मानवीय दिमागले वातावरणलाई नै ग्रहण गर्दछ । अतः शिक्षा र वातावरण निर्माणमा सबैले ठीक ढंगले सोच्नु अति आवश्यक देखिन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच