रिगलको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालको फैसलालाई सरकारले सम्मान गर्छः मन्त्री ज्वाला

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले योगराज ढकाल रिगललाई सरकारले दिएको कैद मिनाहा बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताउनुभएको छ ।

बिहीवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री ज्वालाले रिगलको कैद मिनाहालाई बदर गर्ने सर्वोच्च अदालतको फैसलालाई सरकारले सम्मान गर्ने बताउनुभएको हो । उहाँले सरकारले कुनैपनि निर्णय गर्दा संविधान, नियम र कानूनलाई ध्यानमा राखेर गर्नुपर्ने सुझावको रुपमा यो फैसलालाई लिएको बताउनु भयो । उहाँले सरकारले निर्णय गर्दाखेरी नै विचार गर्नुपर्ने अवस्था रहेको भन्दै अब अदालतको निर्णयलाई सम्मान गरेर अगाडी बढ्ने बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अदालतले जुन आदेश, फैसला गर्छ सरकारले त्यसलाई सम्मान गर्छ । अदालतको निर्णय सरकारले पालना गर्छ । कतिपय विषयहरु सरकारले निर्णय गर्छ । ति विषयहरु अदालतमा जान्छन् । ति निर्णयमा कहिलेकाही अदालतले फरक आदेश पनि गर्न सक्छ । ति आदेशहरु पालना गर्छ । त्यसैले हरेक निर्णयमा राजीनामाको कुरा आउन थाल्यो भने हरेक फैसला हुँदै जाँदा राजीनामा दिदैँ जाने त्यो कति सम्भव हुनसक्छ, यस विषयमा छलफल गर्नु पर्दैन । हरेक विषयमा जोगिएर निर्णय गर्नुप¥यो । संविधान, नियम, कानूनलाई ध्यानमा राखेर निर्णय गर्नुप¥यो । त्यसैले यो एउटा सरकारलाई सुझाव पनि हो । संविधान मिचिएको होइन यस सम्बन्धमा सरकारले निर्णय गर्दाखेरी अझै राम्रो सँग बिचार गर्नुपथ्र्यो तर अब चाहीँ अदालतको निर्णयलाई सम्मान गर्छौ । अदालतको कुनै पनि आदेशलाई सरकारले कार्यान्वयन गर्छ ।’

मन्त्री ज्वालाले अदालतको कुनैपनि आदेशलाई सरकारले कार्यान्वयन गर्ने स्पष्ट पार्नुभयो ।

 

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?