
काठमाडौं । चलचित्र ‘दुई कदम’को शीर्ष गीत सार्वजनिक गरिएको छ । मुस्ताङमा खिचिएको सार्वजनिक गीतमा डेब्यु अभिनेता इओन लिम्बु र सिमोन गिरीलाई फिचर्ड गरिएको छ । प्रविसा अधिकारी र सिडी विजय अधिकारीको स्वर रहेको गीतमा इओन र सिमोनलाई रोमान्टिक अवतारमा प्रस्तुत गरिएको छ ।
तारा प्रकाश लिम्बुको संगीत तथा शब्द रचना रहेको यो चलचित्र आगामी मंसिर २९ गतेदेखि देशभरका सिनेमाघरमा आउने तयारीमा छ । उदय सुब्बा निर्देशित यो चलचित्रमा इओन र सिमोनका अलवा सुनिल थापा, कविता आले, सुरवीर पण्डित, प्रेम सुब्बा र गौरव पहारी, बुद्धि तामाङ, अर्जुन गुरुङ, विमला लिम्बू, जीवन लिम्बू, चन्दा दाहाल र प्रीतिका शर्मालगायत कलाकारको अभिनय छ ।
अजम्बरी फिल्मस्को व्यानरमा निर्माण भएको चलचित्रमा तारा देवी लिम्बुको लगानी छ । चलचित्रकोे एक गीतमा अभिनेता विल्सनविक्रम राईले पनि विशेष भूमिका निवार्ह गर्नुभएको छ । मुस्ताङमा एक गीतको छायांकन गरिएको चलचित्रको बाँकी छायांकन पूर्वका धनकुटा, तेह्रथुमको वसन्तपुर, इलाम, झापा र धरानमा गरिएको हो ।
दयाराम घिमिरेको कथा तथा पटकथा लेखन, विक्रम डिसीको छायांकन, ताराप्रकाश लिम्बू र विकास चौधरीको संगीत, डिपी खनालको गीत लेखन, राजु किरातीको द्वन्द्व निर्देशन, रामजी लामिछानेको कोरियोग्राफी र प्रवीन ढकालको सम्पादन रहेको यो चलचित्रलार्ई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच