घोराही उपमहानगरपालिकाद्वारा भूकम्प पीडितका लागि १५ लाख सहयोग

हिमालय टाइम्स
Read Time = 1 min

घोराही । घोराही उपमहानगरपालिकाले जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि रु १५ लाख सहयोग गर्ने निर्णय गरेको छ ।

आइतबार बसेको नगर कार्यपालिका बैठकले जनप्रतिनिधि, शिक्षक, स्वास्थ्यकर्मी र प्रशासनिकतर्फका कर्मचारी गरी एक हजार तीन सय ६६ जनाको एक दिनको तलब कटाएर भूकम्प पीडितलाई प्रदान गर्न लागेको हो ।

पाँचलाख सहयोग

यसैबीच नेकपा ९एमाले० बागमती प्रदेशको संसदीय दलले भूकम्प पीडितका लागि सहयोग रकम उपलब्ध गराउने निर्णय गरेको छ । शुक्रबार जाजरकोट केन्द्रविन्दु बनाई गएको भूकम्पका पीडितको सहयोगार्थ रु पाँच लाख ७० हजार उपलब्ध गराउने निर्णय गरेको संसदीय दलका नेता जगन्नाथ थपलियाले जानकारी दिनुभयो ।

एमाले संसदीय दलको तर्फबाट प्रदेशसभा सदस्य तथा पदाधिकारीका तर्फबाट उक्त रकम सरकारको राहतकोषको खातामा जम्मा गर्ने निर्णय भएको उहाँले बताउनुभयो । प्रदेशसभामा एमालेका २७ सदस्य छन् । रासस

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?