नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठकमा महाधिवेशनबारे छलफल हुने

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडाैं । सत्तारुढ दल नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक शुरु भएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक शुरु भएको हो । बैठकमा मेची-महाकाली जागरण अभियानको समीक्षा गर्ने बताइएको छ । जागरण अभियानताका झन्डै ३ लाख ५० हजारसँग प्रत्यक्ष भेटघाट भएको र झन्डै १० हजार कार्यकर्ता पार्टी प्रवेश गरेको पार्टीका प्रवक्ता एवं उपमहासचिव जगन्नाथ खतिवडाले बताउनु भएको छ ।

त्यस्तै माघमा हुने महाधिवेशनबारे आन्तरिक गृहकार्य र छलफल हुने बताइएको छ । साथै संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको नेपाल भ्रमण र अध्यक्ष माधवकुमार नेपालको आसन्न चीन भ्रमणका साथै समसामयिक राजनीतिबारे छलफल हुने बताउनु भयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?