जुम्लाबाट चल्ने सवारीसाधनको भाडादर कायम

विजय रावत जुम्ला, संवाददाता
Read Time = 4 mins

जुम्ला । जुम्ला सदरमुकाम खलङ्गाबाट चल्ने सवारीसाधनको भाडादर कायम गरिएको छ। नयाँभाडारमा एकरुपता नहुँदा २०७८ असार २९ गते तोकिएको पुरानै भाडादरलाई पुन निरन्तरता दिईएको हो । प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेको अध्यक्षतमा आईतबार बसेको जिल्लाका सरोकारवालाहरुको बैठकले पुरानै भाडादरलाई कायम गरेको छ ।

आर्थिक मन्दि, यातायात व्यवसायीले भोगेको समस्या र वर्तमान अवस्थालाई मध्यनजर गर्दै दुई वर्ष पहिलेकै भाडालाई कायम गरिएको हो । जुम्लादेखि कालिकोटको मान्मा सम्मको ८२ किलोमिटर लागि बस ४४०, मिनि बस/हाईस ५४० र जिपको भाडा ६३५ कायम गरिएको छ । यस्तै नाग्मदेखि कोलिकोटसम्म बस २७०, मिनि बस/हाईस ३३० र जिपको भाडा ३८८ तोकिएको छ ।

यसैगरी, मान्मा देखि सुर्खेतसम्म बस ८४०, मिनि बस/हाईस १ हजार ३० र जिपको भाडा १२ सय ९ कायम गरिएको प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले बताउनुभयो। जुम्ला देखि सुर्खेतसम्म बस १२ सय ८३, मिनि बस/हाईस १५ सय ७० र जिपको भाडा १८ सय ४५ कायम भएको प्रजिअ घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी जुम्लादेखि नेपालगंजसम्म बस १६ सय ३३, मिनि बस/हाईस १९ सय ८० र जिपको भाडा २३ सय ४५ कायम गरिएको छ । यस्तै छोटोदुरी अन्तर्गत खलङ्गाबजारदेखि उम्गाडसम्म बस २७ र जिप/भ्यान ४०, बजार लाम्रा बस ४४ र जिप/भ्यान ६४, बजार देखि तातोपानी सम्म बस ६५, जिप/भ्यान ९६, बजार देखि कुडरीसम्म बस १ सय ८ र जिप/भ्यान १ सय ६० रुपैयाँ, बजार देखि रारालिहिसम्म बस १ सय ३५ र जिप/भ्यान २ सय रुपैयाँ भाडादर कायम गरिएको जुम्लाका प्रजिअ घिमिरेको भनाइ छ ।

यातायात व्यवस्थापन कार्यविधि अनुसार, सार्वजनिक सवारीका साधनहरुले जेष्ठ नागरिक, महिला तथा अपाङ्गताबाट प्रभावित व्यक्तिहरुका लागि आरक्षित कोठा स्पष्ट देखिने गरी अनिवार्य लागु गर्नु पर्ने निर्णय समेत गरिएको छ । साथै विभिन्न स्थानमा संचालन हुने सार्वजनिक सवारीले लिने भाडा दर यस अघि निर्धारण भए बमोजिम मात्र लिन र बढी भाडा लिए कानुनी कार्वाही गरिने गरि यातायात व्यवसायी र सरोकारवाला बिच सर्वपक्षीय निर्णय भएको जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्यले जानकारी दिनुभयो ।

अहिले जिल्लामा सवारीसाधनले मनपरि भाडा लिने गरेको व्यापक जनगुनासो आएको छ । भाडादरमा एकरुपता नहुँदा यात्रुलाई निकै सास्ती भएको थियो । अब सबै सवारीसाधनको भाडादरमा एकरूपता लागू गरिएको जिसस प्रमुख आचार्यको भनाइ छ। जुम्लाका नागरिकलाई यातायात व्यवसायीले दिएको सेवालाई अझ विश्वसनीयता र थप प्रभावकारी बनाउन सबै पक्षको महत्त्वपूर्ण भुमिका रहने जिल्ला प्रहरी कार्यालय जुम्लाले जनाएको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?