काठमाडौं । नेपाली सांगीतिक क्षेत्रका गायन जोडी कन्हैया सिंह परियार र अञ्जना गुरुङद्वारा स्थापना गरिएको ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८०’ यस वर्ष वरिष्ठ गायक एवं वाद्यवादक कृष्णबहादुर गन्धर्वलाई प्रदान गरिएको छ । काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई नगद ५१ हजार राशीको उक्त पुरस्कार अर्पण गरिएको हो ।
वरिष्ठ कवि तुलसी दिवस, वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, वरिष्ठ गायिका चन्द्रकला शाह, वरिष्ठ गीतकार विश्व बल्लभ, गायक कन्हैया सिंह परियार, कार्यक्रम संयोजक कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, निर्देशक माधवराज खरेल र टीका गोपाल डिजिटल एम क्रियसन प्रालिका अध्यक्ष गीता सिंहले उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।
नेपाली लोकगीत तथा सुगम संगीतमा आफ्नो सम्पूर्ण जीवन समर्पण गर्नुभएका संगीतकर्मी एवं अग्रज तथा वरिष्ठ सारंगी बाद्यबाधक कृष्णबहादुर गन्धर्व नेपाली लोकगीत संगीत एवं सुगम संगीतको विकासमा अनवरत रूपमा योगदान दिँदै आएका प्रसिद्ध व्यक्तित्व हुनुहुन्छ । कार्यक्रममा सम्मानित स्रष्टा गन्र्धवले सारंगीमा आफ्ना लोकप्रिय गीत प्रस्तुत गर्नुभएको थियो ।
कन्हैया सिंह परियार नेपाली गीतसंगीतको क्षेत्रमा झण्डै तीन दशकदेखि क्रियाशील गायक एवं संगीतकारका रूपमा परिचित हुनुहुन्छ भने अञ्जना गुरुङ नेपाली सुगम संगीत तथा चलचित्र क्षेत्रमा चर्चाको शिखरका रूपमा रहनुभएकी गायिका हुनुहुन्छ । नेपाली सांगीतिक क्षेत्रमा आदर्श जोडीको छवि बनाएको यस जोडीले विगतका वर्षदेखि निरन्तररूपमा नेपाली गीत संगीतको क्षेत्रमा विशिष्ट योगदान पुर्याएका एकजना संगीतकर्मीलाई नगद राशिसहित सम्मान गर्दै आएको छ । यसअघि वरिष्ठ लोकगायिका चन्द्रकला शाह र वरिष्ठ गीतकार विश्वबल्लभ नेपाली यो पुरस्कारबाट पुरस्कृत तथा सम्मानित भइसक्नुभएको छ ।
यसअघि पुरस्कृत हुने व्यक्तित्व स्वतः ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ समितिको सल्लाहकारसमेत रहने प्रावधान रहेको समितिका सदस्य-सचिव चलचित्र निर्देशक माधवराज खरेलले जानकारी गराउनुभयो । ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’ समितिमा वरिष्ठ सल्लाहकारका रूपमा विशिष्ट संगीतकार, नेपाल संगीत तथा नाट्य प्रज्ञा परिषद्का पूर्वउपकुलपति शम्भुजित बाँस्कोटा, सल्लाहकारमा विशिष्ट लोकगायिका चन्द्रकला शाह, विशिष्ट गीतकार विश्वबल्लभ रहनुभएको छ । अफिसियल उद्घोषकमा वरिष्ठ रेडियोकर्मी हेम सुवेदी एवं समाचार संयोजकमा वरिष्ठ सञ्चारकर्मी कृष्ण भट्टराई हुनुहुन्छ ।
त्यसैगरी ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार’को आयोजक समितिमा अध्यक्षमा गीता सिंह, कार्यक्रमका संयोजकमा संगीतकार सन्तोष श्रेष्ठ, सदस्यसचिव चलचित्र निर्देशक माधवराज खरेल र सदस्यहरूमा मोडल अपेक्षा सिंह, अनुप सिंह बागदास, निर्देशक हेम प्रभाष, सञ्चारकर्मी कमला जोशी, सिर्जना श्रेष्ठ एवं अनुगीत सिंह बागदासलगायत रहनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच