![दाँत पहेलो भयो ? उसो भए भुटेको तील खानुहोस र ब्रस गर्नुहोस्](https://ehimalayatimes.com/wp-content/uploads/2023/07/teeth-hita.jpg)
काठमाडौं । आइएमई ग्रुप तथा ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले भूकम्प प्रभावितका लागि घोषणा गरिएको सहयोग रकम एक करोड ५० लाखको चेक आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई हस्तान्तरण गर्नुभएको छ ।
उहाँले ग्लोबल आइएमई बैंक, आइजिआई प्रुरुडेन्सियल इन्स्योरेन्स, आइएमई लाइफ इन्स्योरेन्स र आइएमई लिमिटेडलगायत आइएमई ग्रुपबाट प्रवद्र्र्धित कम्पनी तथा आइएमई फाउण्डेसनमार्फत् घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दाहाललाई हस्तान्तरण गर्नुभएको हो । चेक हस्तान्तरणमा अर्थमन्त्री डा. प्रकाशशरण महत र मुख्यसचिव डा. बैकुण्ठ अर्यालसमेतको उपस्थिति थियो ।
त्यसैगरी आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकाल, ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत खिलेन्द्र पौडेल, आइजिआई प्रुरुडेन्सियल इन्स्योरेन्सका प्रमुख कार्यकारी युगेशभक्त बादे श्रेष्ठ, ग्लोबल आइएमई बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी, नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेललगायतको उपस्थिति थियो ।
भूकम्प प्रभावित क्षेत्रमा आइएमई ग्रुप तथा आइएमई फाउण्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धतासमेत जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच