
काठमाडौं । चौधरी फाउण्डेसनले जाजरकोट र रूकुम पश्चिमका भूकम्पपीडितका लागि राहत वितरण सुरु गरेको छ । फाउण्डेसनको उच्चस्तरीय टिम जाजरकोट र रुकुम पुगी भूकम्प प्रभावितका लागि तत्काल अत्यावश्यक राहत सामग्री वितरण गरेको हो । फाउण्डेसनले जाजरकोट र रूकुमका विभिन्न बस्तीका भूकम्प प्रभावितका लागि स्थानीय प्रशासनसँगको समन्वयमा राहत वितरण गरिरहेको फाउण्डेसनले जनाएको छ । फाउण्डेसनले खाद्यान्न, त्रिपाल, ब्ल्याङ्केट र औषधि भूकम्प प्रभावित क्षेत्रमा पुर्याएको छ । फाउण्डेसन टिम प्रभावित क्षेत्रमै रहेर तत्काल आवश्यक पर्ने राहत व्यवस्थापन गरिरहेको र राहत वितरण कार्य जारी रहने जनाएको छ ।
तत्कालको राहत व्यवस्थापनसँगै भूकम्पले घरविहीन परिवारका लागि ‘ट्रान्जिसनल होम’को खाँचो रहेको उल्लेख गर्दै फाउण्डेसनले भत्किएका घर पुनर्निर्माण गर्न समय लाग्ने र त्रिपालमुनिको बास कष्टकर हुने भएकाले चाँडो ट्रान्जिसनल होम बनाएर घरविहीनलाई ओतमुनि पु¥याउनु आवश्यक रहेको भन्दै फाउण्डेसनले भूकम्प प्रभावितका लागि ट्रान्जिसनल होमसमेत निर्माण गर्ने भएको छ । स्थानीय प्रशासन÷स्थानीय पालिकासँगको समन्वयमा ट्रान्जिसनल होम निर्माण गरिने फाउण्डेसनले जनाएको छ । ट्रान्जिसनल होम निर्माणका लागि आवश्यक पर्ने वित्तीय सहयोग फाउण्डेसनले गर्नेछ भने स्थानीय निकायले सेल्टर निर्माणका लागि आवश्यक पर्ने जमिन र स्थानीय तहमै उपलब्ध सामान एवं श्रमको व्यवस्थापन गर्नेछन् ।
यस्तो सहकार्यले छोटो समयमा ट्रान्जिसनल होम निर्माण गर्न सकिने फाउण्डेसनको विश्वास रहेको छ । फाउण्डेसनका अध्यक्ष एवं सांसद विनोद चौधरीले भन्नुभयो, ‘भूकम्पका कारण जाजरकोट, रूकुम पश्चिम र कर्णाली प्रदेशका अन्य जिल्लाका नागरिकको जीवन यतिखेर कष्टकर बनेको छ । उहाँहरूको पीडामा मलहम लगाउने काममा हामीले कत्ति पनि बिलम्ब गर्नुहुँदैन । यही मर्मलाई आत्मसात गर्दै फाउण्डेसनले तत्काल राहतका कार्यक्रमलाई जारी राख्दै भूकम्पले घरविहीन महानुभावका लागि चिसोबाट जोगाउन छानोमुनि फर्काउने कामलाई पनि तीव्रता दिने निर्णय लिएको छ । यस जिम्मेवारी वहनका लागि हाम्रो फाउण्डेसनको टिम प्रभावित क्षेत्रमा पुगेर काम सुरु गरिसकेको छ ।’ मानवीय सेवाको यस्तो कार्यमा सबैले हातेमालो गर्न र सहकार्य गर्न पनि अध्यक्ष चौधरीले आहृवान गर्नुभएको छ ।
फाउण्डेसनले पहिलो चरणमा ट्रान्जिसनल होमकोे काम पश्चिम रूकुमको चौरजहारी नगरपालिकाबाट गर्ने सहमति भइसकेको जनाएको छ । मंगलबार फाउण्डेसनका प्रतिनिधि र नगरपालिकाका मेयर पुष्प वादीबीच उक्त नगरभित्र भूकम्पले घर भत्किएका ५० परिवारका लागि यथासम्भव छिटो ट्रान्जिसनल होम निर्माण गर्ने सहमति भएको हो । सहमतिपछि मेयर वादीले भन्नुभयो, ‘भूकम्पबाट घर भत्किएका परिवारलाई जतिसक्यो छिटो ओतमा पुर्याउनु हाम्रो जिम्मेवारी हो । यो जिम्मेवारी लिन फाउण्डेसन आफैं हाम्रो आँगनमा आइपुगेको छ । हामीबीच ट्रान्जिसनल होम बनाउने सहमति भएको छ । छिटोभन्दा छिटो काम सुरु गर्न हामी प्रतिबद्ध छौँ ।’
फाउण्डेसनले गोरखा केन्द्रबिन्दु रहेको २०७२ सालको महाभूकम्पबाट प्रभावितका लागि करिब तीन हजार ट्रान्जिसनल होम निर्माण गरी हस्तान्तरण गरेको थियो भने सिन्धुपाल्चोकको गिरानचौरका भूकम्पपीडित ६२ परिवारका लागि पक्की घर निर्माण गरी हस्तान्तरण गरेको थियो । भूकम्प प्रभावितका लागि २०७२ सालमा फाउण्डेसनबाट सम्पादन भएको सफल कार्यक्रमको अनुभवले अहिलेको भूकम्पपीडितको सेवामा जुट्न सहज हुने फाउण्डेसनले जनाएको छ । मानवीय सेवाको पवित्र कार्यमा सम्बन्धित सबै क्षेत्रबाट साथ र समर्थन प्राप्त हुने विश्वाससमेत व्यक्त गरेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच