पाँच राउण्ड गोली र लागूऔषधसहित दुईजना पक्राउ

हिमालय टाइम्स
Read Time = 1 min

सप्तरी । खडक नगरपालिका-११ बनौलीबाट थ्रिनटथ्री राइफलको गोली ५ राउण्ड, अवैध लागूऔषध गाँजा करिब २० ग्राम र नियन्त्रित लागूऔषध नाइट्राभेट २ ट्याब्लेटसहित २ जनालाई  प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सिरहा लक्ष्मीपुर पतारी गाउँपालिका-२ बस्ने १९ वर्षीय धर्मजित कुमार यादव र सप्तरी खडक नगरपालिका-११ बनौली बस्ने १८ वर्षीय किशोर रहेका छन् । ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरीले धर्मजितलाई ५ राउण्ड गोली र किशोरलाई लागूऔषधसहित पक्राउ गरेको हो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?