एमाले जिल्ला अधिवेशनको समय थपियो

हिमालय टाइम्स
Read Time = 1 min

काठमाडौं । नेकपा एमालेले जिल्ला अधिवेशन गर्ने समय ४ महिना थप गर्ने निर्णय गरेको छ।

आज पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले आगामी जेठ मसान्तसम्म जिल्ला अधिवेशनको समयावधि थप गर्ने निर्णय गरेको हो।

सचिवालय बैठकले मंसिर ६ गतेका लागि केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गरेको छ। आसन्न केन्द्रीय कमिटीको बैठकमा एमालेले मंसिर १४ गतेबाट सुरु हुने मध्यपहाडी लोकमार्ग विशेष अभियानलाई प्रभावकारी र नतिजामूलक बनाउन आवश्यक कार्य तय गर्ने उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।

यस्तै एमालेले पूर्वको चिवाभञ्ज्याङदेखि पश्चिमको झुलाघाटसम्म ३ हप्ता लामो अभियान सञ्चालन गर्ने निर्णय गरेको छ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?