उपप्रधानमन्त्री खड्का राहत सामग्रीसहित जाजरकोटमा

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडौं । उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का भूकम्पपीडितका लागि राहत सामग्री लिएर जाजरकोट पुग्नुभएको छ ।

भूकम्पपीडितले राहत नपाएको गुनासो आएपछि उपप्रधानमन्त्री खड्का आफैँ राहत सामग्री लिएर प्रभावित क्षेत्र जाजरकोटको जुनीचाँदे गाउँपालिका जानुभएको हो ।

उपप्रधानमन्त्री खड्काले राहत सामग्री गाउँपालिकाको वडा नम्बर ३ मा पुगेर हस्तान्तरण गर्नुभयो। सो अवसरमा कर्णाली प्रदेशका सभामुख नन्दा गुरुङ पनि उपप्रधानमन्त्री खड्काको साथमा हुनुहुन्थ्यो ।

गत शुक्रबार राति भूकम्प गएयता उपप्रधानमन्त्री भूकम्पपीडितको उद्धार, राहतलगायतका काममा खटिएका छन्। भूकम्प गएयता उपप्रधानमन्त्री खड्का सबै पूर्वनिर्धारित कार्यक्रम स्थगित गरी प्रभावितहरूको उद्धार र राहतमा खटिनुभएको हो । राहत वितरणपछि पुनःस्थापनाको काम सुरु नहुँदासम्म उहाँ सोही स्थानमै रहने उपप्रधानमन्त्री खड्काको सचिवालयले जनाएको छ।

रक्षामन्त्री समेत रहनुभएका खड्काले सरकारले यतिबेला सम्पूर्ण शक्ति भूकम्पपीडितको उद्धार, राहत वितरण र पुनःस्थापनामा केन्द्रित गरेको बताउँदै यस संकटको समयमा साथ दिने सबैलाई हार्दिक धन्यवाद समेत दिनुभयो।

ुनागरिकको जीवनरक्षा सरकारको पहिलो प्राथमिकता हो । म आफै पनि घाइतेको उद्धारदेखि उनीहरुको उपचार र राहित वितरणमा सक्रिय छु । सरकारलाई प्राथमिकताका साथ भूकम्पपीडितका लागि काम गरिरहेको छु, उपप्रधानमन्त्री खड्काले भन्नुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?