
काठमाडौं । रमण रेग्मीको स्वरमा ‘घर त लगनखेल’को गीतको रिमेक भर्सन सार्वजनिक भएको छ । मधु क्षेत्री र सुन्दर श्रेष्ठको स्वरमा यसअघि रेकर्ड भएको गीतलाई गायक रेग्मीले राम्रो गीत भएका कारण नयाँ पुस्तालाई पनि लक्षित गर्दै गीतको मर्मलाई जीवन्त बनाउन रिमेक गरिएको बताउनुभयो ।
सार्वजनिक गीतमा उदयराज पौडेलको एरेन्ज रहेको छ । शान्त भगत राउतका शब्द रहेको गीतमा मिक्सिङ तथा मास्टरिङ कुमार केसीले गर्नुभएको छ । सुव्रतराज आचार्यको निर्देशन र सन्तोष राजवाहकको कोरियोग्रफी रहेको गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय देख्न सकिन्छ ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा विजेश पौडेलको सम्पादन छ । भिडियोको निर्माता सविना कुँवर रेग्मी हुनुहुन्छ । यसको प्रायोजन नेपाली स्वामित्वमा स्थापित अष्ट्रेलियन सिटी इन्टरनेशनल कलेज र होम केयरिङ लिभरपुलले गरेका छन् । भिडियो गायक स्वयमकै अफिसियल च्यानल रमन रेग्मी अफिसियल युट्युब च्यानमार्फत सार्वजनिक गरिएको हो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच