कठमाडौं । नेपाल एसबिआई बैंकले शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्घन, दुर्गम क्षेत्रमा पूर्वाधार सुधार, सामाजिकरूपले पिछडिएका वर्गको आयआर्जन, वित्तीय साक्षरता, ग्राहक संरक्षणसम्बन्धी कार्यक्रम तथा विभिन्न परोपकारी कार्य गर्दै आएको छ । सोही क्रममा विनाशकारी भूकम्प प्रभावितलाई राहत वितरण गर्ने उद्देश्यले २० लाख रुपैयाँ सहयोग गरेको छ ।
उक्त रकमको चेक नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमुख कार्यकारी अधिकृत दीपककुमार देले प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यलाई प्रधानमन्त्री कार्यालय सिंहदरबारमा हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ । यसअघि बैंकले जाजरकोट र रुकुममा भूकम्प पीडितका लागि आवश्यक खाद्यान्न पनि प्रदान गरेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच