
काठमाडौं । सर्लाहीको बलरा नगरपालिका क्षेत्रमा संगठितरूपमै बिजुली चोरी हुँदै आएको छ । नेपाल विद्युत् प्राधिकरण मधेश प्रादेशिक कार्यालय, जनकपुरले हालै बलरा नगरपालिकाका विभिन्न स्थानमा गरेको छड्के जाँचका क्रममा घरायसी तथा अन्य ग्राहकले गैरकानुनीरूपमा व्यापक बिजुली प्रयोग गरिरहेको फेला पारेको हो ।
प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एक सय ग्राहकको सिंगल तथा थ्री फेज मिटरको छड्के जाँच गरेकोमा ४० भन्दा बढी ग्राहकले विद्युत्् चोरी गरेको पाइएको कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरले बताउनुभयो । प्रमुख ठाकुरले विद्युत् वितरण लाइनबाट हुकिङ गर्ने, मिटर नराख्ने, राखेका मिटर पनि उल्टो पार्ने, मिटरमा प्वाल पारेर किला हालेर घुम्न नदिने, मिटरलाई बाइपास गरी विद्युत् प्रयोग गर्नेलगायतका गैरकानुनी क्रियाकलाप संगठितरूपमै भइरहेको पाइएको बताउनुभयो । गैरकानुनीरूपमा विद्युत् प्रयोग गरिरहेका ग्राहकलाई जरिवानासहित हदैसम्मको कारबाही गर्न मलंगवा वितरण केन्द्रलाई निर्देशक दिइएको उहाँले बताउनुभयो । उक्त केन्द्रको विद्युत् चुहावट ५२ प्रतिशत छ ।
प्रादेशिक कार्यालय जनकपुरले नमुनाका रूपमा एक सय ग्राहकको सिंगल तथा थ्री फेज मिटरको छड्के जाँच गरेकोमा ४० भन्दा बढी ग्राहकले विद्युत् चोरी गरेको पाइएको प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार कार्यालयले विद्युत् चोरेर प्रयोग गरिरहेको थ्री फेजका दुर्ईवटा राइस मिल र एउटा सिँचाइ ग्राहकलाई जरिवानासहित कारबाही गरेको छ । ती मिलहरूले मिटर बाइपास गरी विद्युत् प्रयोग गरिरहेका थिए । ब्रहृमबाबा जल उपभोक्ता समिति, धनकौलले ५० एमभिएको निजी ट्रान्सफर्मर जडान गरी बिनामिटर एक वर्षदेखि विद्युत् चोरेर प्रयोग गरिरहेको थियो । उक्त समितिलाई साढे ६१ हजार रुपैयाँ जरिवाना तिराइएको छ ।
प्राधिकरणले समयमा विद्युत् महसुल नतिर्ने २६ हजार ग्राहकको लाइन काटेको छ । गत १२ कात्तिकबाट विद्युत्् महसुल बक्यौता असुलीलाई अभियानकै रूपमा चलाइरहेको प्राधिकरणले बिहीबारसम्ममा २६ हजार दुर्ई सय ४४ ग्राहकको लाइन काटेको हो । लाइन काटिएका ग्राहकको बक्यौता रकम करिब ६२ करोड रुपैयाँ छ ।
असुलउपर गर्नुपर्ने विद्युत् महसुल बक्यौता वृद्धि हुँदै गएपछि प्राधिकरणका देशभरिका वितरण केन्द्रले महसुल नतिर्ने ग्राहकको लाइन काटिरहेका छन् । सो अवधिमा सबैभन्दा बढी मधेश प्रदेशमा लाइन काटिएको छ । मधेश प्रादेशिक कार्यालय जनकपुर मातहतका वितरण केन्द्रहरूले चार हजार आठ सय ५२ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकको बक्यौता रकम १७ करोड ११ लाख रुपैयाँ रहेको प्राधिकरणले जनाएको छ ।
कोशी प्रादेशिक कार्यालय विराटनगर मातहतका वितरण केन्द्रहरूले महसुल नतिर्ने चार हजार तीन सय ३१ ग्राहकको लाइन काटेका छन् । ती ग्राहकको बक्यौता नौ करोड ८१ लाख रुपैयाँ रहेको छ ।
लुम्बिनी प्रदेश डिभिजनल कार्यालय नेपालगञ्ज मातहतका वितरण केन्द्रहरूले चार हजार १८ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता तीन करोड ८५ लाख रुपैयाँ छ । लुम्बिनी प्रादेशिक कार्यालय बुटवल मातहतका वितरण केन्द्रहरूले तीन हजार तीन सय ५२ ग्राहकको लाइन काटेका छन् । उनीहरूको बक्यौता सात करोड ८५ लाख रुपैयाँ छ ।
बागमती प्रादेशिक कार्यालय काठमाडौं मातहतका वितरण केन्द्रहरूले दुई हजार सात सय ९३ ग्राहकको लाइन काटेका छन् । उनीहरूकोे बक्यौता रकम ११ करोड ३४ लाख रुपैयाँ छ । गण्डकी प्रादेशिक कार्यालय, पोखराले महसुल नतिर्ने दुई हजार सात सय ५५ ग्राहकको लाइन काटेको छ भने बक्यौता चार करोड छ लाख रुपैयाँ छ ।
बागमती प्रदेश डिभिजनल कार्यालय, हेटौंडा मातहतका वितरण केन्द्रहरूले दुई हजार एक सय ७७ ग्राहकको लाइन काटेका छन् भने बक्यौता चार करोड ८२ लाख रुपैयाँ छ । सुदूरपश्चिम प्रादेशिक कार्यालय अत्तरियाअन्तर्गतका वितरण केन्द्रहरूले एक हजार तीन सय ४२ ग्राहकको लाइन काटेका छन् भने बक्यौता दुई करोड २७ लाख रुपैयाँ छ ।
कर्णाली प्रादेशिक कार्यालय सुर्खेतअन्तर्गतका वितरण केन्द्रले छ सय २४ ग्राहकको लाइन काटेका छन् भने बक्यौता ९१ लाख रुपैयाँ छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच