एसएस फाउण्डेशनद्वारा एशियाडमा रजत पदक प्राप्त गुरुङलाई सम्मान

हिमालय टाइम्स
Read Time = 2 mins

काठमाडाैं । एसएस फाउण्डेशनले एशियाली खेलकदमा रजत पदक विजेता खेलाडी र प्रशिक्षकलाई सम्मान गरेको छ ।

सोमवार शुभ दीपावलीको अवसरमा एशियाली खेलकुदमा रजत पदक प्राप्त गर्न सफल खेलाडी र प्रशिक्षकलाई सम्मान गरिएको हो । चीनको हाङझाउमा जारी १९ औं एशियाली खेलकुदको करातेमा एरिका गुरुङले रजत पदक प्राप्त गर्नुभएको थियो । पदक विजेता खेलाडी गुरुङ र उनका प्रशिक्षकलाई फाउण्डेशनले प्रमाणपत्र र ३१ हजार नगदसहित सम्मान गरेको हो ।

सम्मान प्रदान गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद पशुपति समशेर जबराले नेपालले अरु क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको बताउनु भयो । उहाँले खेलकुदमा हासिल गरेको सफलताले अझै शिखर चुम्नुपर्ने बताउनु भयो । उहाँले जलश्रोतमा नेपालको अपरा सम्भाव्यता रहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘नेपालले अरु क्षेत्रमा प्रगति गर्न नसके पनि खेल क्षेत्रमा विशेष सफलता हासिल गरेको छ । यो खेलकुदमा हासिल गरेको सफलता र जलश्रोतमा भएको अपार सम्भाव्यताले हरेक तिहारमा नेपाललाई उज्यालो पारोस् ।’

सो अवसरमा फाउण्डेशनले दोलखाली पत्रकार समाजको अध्यक्ष भएकोमा फोटो पत्रकार ज्ञानेन्द्र कार्कीलाई पनि सम्मान गरेको थियो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?