
प्रसिद्ध समालोचक गोविन्दराज भट्टराईद्वारा लेखिएको उत्तराधुनिक विमर्श (२०६४) बृहदाकारको समालोचना ग्रन्थ हो । यस पुस्तकमा उत्तरआधुनिक संस्कृति, साहित्य र कलाका विषयमा विस्तृत विमर्श गरिएको छ । विश्वपरिप्रेक्ष्यमा बीसौँ शताब्दीको प्रारम्भदेखि प्रयोगमा आएको उत्तराधुनिकतावाद र यसका विविध पक्षमाथि चर्चा गर्ने र नेपाली साहित्यको सन्दर्भमा यसको प्रयोग र प्रभावका बारेमा प्रकाश पार्ने काम पनि यस पुस्तकमा गरिएको छ । उत्तरआधुनिकता बुझ्ने मुख्य थलो पाश्चात्य भूमि हो ।
नेपाल र नेपाली साहित्यको सन्दर्भमा उत्तराधुनिकता आगन्तुक विचार वा दर्शन हो । उत्तराधुनिकतालाई परख गर्ने धेरै आधार छन् । भाषा, साहित्य, संस्कृति र जीवचर्यामै पनि उत्तराधुनिक प्रभाव र प्रयोग पाइन्छ । खासगरी परम्परागत सिद्धान्त, दर्शन, जीवनचेतना र जीवनशैलीका विपक्षमा उत्तराधुनिक चेतना, चिन्तन, व्यवहार र जीवनशैलीको प्रस्ताव र प्रयोग उत्तराधुनिक विमर्शको मूल विषय रहेको छ । सारमा हाम्रो चेतना नै उत्तराधुनिकतालाई वरण गर्ने भूमि हो । यस ग्रन्थमा मुख्य सातवटा खण्ड रहेका छन् ।
साइबरजगत् र यन्त्रसँग कुदिरहेको संसार, डायस्पोरा र आप्रवासी साहित्य, इकोसाहित्य वा परिवृत्तीय सिर्जना, युद्धसाहित्य र अभिघात सिद्धान्त, विश्वआख्यानमा नयाँ दिशा वा लामो युटर्न, अनुवाद अर्थात् नयाँ युगलाई जोड्ने पुरानो साँघु, विविधता र बहुलताका समकालीन मार्ग शीर्षकका खण्डहरूमा जम्मा चौवन्नवटा उपशीर्षकमा उत्तराधुनिक साहित्य, कला र संस्कृतिको सर्वेक्षण र मिमर्श गर्ने काम यस ग्रन्थमा गरिएको छ र अन्त्यमा सन्दर्भसामग्री सूची, परिशिष्ट, अनुसूची र अनुक्रमणिका समेत समेटेर विषयको व्यवस्थापन गरिएको छ ।
यद्यपि यो ग्रन्थ उत्तरआधुनिक साहित्य र दर्शनलाई चिनाउने सम्पूर्ण ग्रन्थ होइन । यस ग्रन्थले विषयका विविध पक्षको उठान गरेको छ । तिनका प्रकार्यगत रूपहरूको सङ्केत गरेको छ । उत्तरआधुनिकतालाई हेर्ने नयाँ आँखाहरू प्रदान गरेको छ । प्रत्येक लेखसँग नेपाली साहित्य समालोचनाको सन्दर्भ जोडेर नेपाली साहित्यमा उत्तराधुनिकताको बलियो उपस्थितिलाई देखाउने सराहनीय काम यस ग्रन्थमा गरिएको छ ।
उत्तराधुनिकताको चरित्र र प्रवृत्तितर्फ गइँदो रहेछ । केन्द्र हुँदा केही कुरा केन्द्रमा हुन्छन् धेरै कुरा केन्द्रबाहिर पनि अवश्य हुन्छन् । किनकि सबै कुराको केन्द्र बन्न सक्दैन । केन्द्र भन्ने बित्तिकै केन्द्रभिन्न चेतना भन्ने पनि स्वतः बुझिँदो रहेछ ।
आधुनिक उत्तरपदमा उत्तर पूर्वपद जोडिएर उत्तराधुनिक शब्दको निर्माण भएको छ । अङ्ग्रेजीमा पनि मोडर्नपिक्यु÷केबिडिएफपोसट पूर्वपद जोडिएर पोष्टमोडर्न शब्दको निर्माण भएको छ । यसरी हेर्दा शब्दनिर्माणले नै यसको प्रकृति अलि अनौठो किसिमको देखिन्छ । आधुनिकभन्दा पनि पछिल्लो मान्यता भन्ने अर्थ वा तात्पर्यमा उत्तरआधुनिक शब्दको प्रयोग भएको पाइन्छ । आधुनिकता आफैंमा नयाँ मान्यता हो । नयाँ मान्यताभन्दा पनि नयाँ उत्तरनयाँ मान्यता भयो ।
नयाँलाई केन्द्रमा राखेर पूर्वनयाँ र उत्तरनयाँ भन्ने अर्थ गर्ने हो भने केन्द्र मान्यता आधुनिक हो र आधुनिकभन्दा पनि आधुनिक उत्तराधुनिक भएकाले यो स्वभावतः बढी आधुनिक हो । साथै केन्द्रभन्दा उत्तरकेन्द्र भएकाले यो केन्द्र मान्यता पनि होइन । त्यसो हो भने के हो त उत्तरआधुनिकता ? यो केन्द्र होइन भने अकेन्द्र हो ? अन्य केन्द्र हो ? बहुकेन्द्र हो वा केन्द्रेतरता हो ? जो केन्द्र होइन त्यो केन्द्रबाहेक अरू हो । अरू हुनु भनेको जसका बारेमा केन्द्रमा खासै कुरा भएको छैन त्यो हुनु हो ।
यसरी हेरिँदै जाँदा उत्तराधुनिकताको चरित्र र प्रवृत्तितर्फ गइँदो रहेछ । केन्द्र हुँदा केही कुरा केन्द्रमा हुन्छन् धेरै कुरा केन्द्रबाहिर पनि अवश्य हुन्छन् । किनकि सवै कुराको केन्द्र बन्न सक्दैन । केन्द्र भन्ने बित्तिकै केन्द्रभिन्न चेतना भन्ने पनि स्वतः बुझिँदो रहेछ । जस्तै राजनीतिको केन्द्र, साहित्यको केन्द्र, विचारको केन्द्र, वर्गको केन्द्र, दर्शनको केन्द्र, संस्कृतिको केन्द्र, जातिको केन्द्र, लिङ्गको केन्द्र यसै गरी प्रत्येक विषयले आफ्नो केन्द्रीय सत्ताको माग गर्दा रहेछन् । जब कुनै विषयलाई केन्द्रमा स्थापना गरिन्छ त्यसका परिधीय पक्ष छन् र ती ओझेलमा छन् भन्ने बुझिँदो रहेछ । उत्तरआधुनिक चिन्तन र चेतनाले तिनै परिधीय चेतनालाई महत्वमा राख्ने भएकाले यसले केन्द्रीय सत्तालाई अस्वीकार गर्दछ ।
त्यसैले योे अकेन्द्रीय हुन्छ । अकेन्द्रीय हुनु केन्द्रभङ्ग हुनु हो । त्यसैले उत्तराधुनिकताले आधुनिकतालाई उछिनेर अकेन्द्रीय बनेर हिँडेको छ भन्ने बुझ्नुपर्ने रहेछ । डेरिडाको उत्क्रमणकारी चेतनाबाट उत्तराधुनिकताको थालनी भएको मानिन्छ । सस्युरले मानेको भाषाको अर्थ स्थिर छ सङ्केत र सङ्केतित सम्बन्ध स्थिर छ भन्ने मान्यतामा संशोधन विचार राख्दै डेरिडाले भाषाको अर्थ स्थिर छैन सङ्केत र सङ्केतित अस्थिर र चलायमान छन् । त्यसैगरी सत्य पनि चिप्लिइरहन्छन् भन्ने मान्यता अघि ल्याएपछि आधुनिक मान्यतामाथि उत्तरआधुनिक विचारको बीजाधान भएको मानिन्छ । त्यसपछिको विश्वसाहित्य, संस्कृति र कलाको जगत्मा धेरै नयाँनौला विचारहरू आए जसले उत्तरआधुनिक चेतनालाई मलजल गरे । त्यसरी आएका विचारमध्ये इतिहास, संस्कृति, कला र संगीतका क्षेत्रमा प्रकट भएका केही विचारले उत्तराधुनिक चेतनाको जग बलियो पार्ने काम गरे ।
खासगरी परम्परागत स्थापित मान्यताका विपक्षमा आएका त्यस्ता विचारमध्ये नित्सेको डेथ अफ गड, रोलाँ बार्थको डेथ अफ् दि अथर, फुकुयामाको एन्ड अफ हिस्ट्री र ल्योतारको इन्ड अफ् ग्रयाण्ड न्यारेटिभ जस्ता विचारहरूले परम्परित चेतनालाई भत्काउने र नयाँ सिराबाट सोच्ने परिस्थितिको निर्मण गरे भनिएको छ । यिनले एकातिर पुरानो चेतना र चिन्तनको जग हल्लाइदिए भने अर्कोतिर नयाँ सत्यको सम्भावनालाई सङ्केत गर्ने काम गरे । सदियौँदेखिको ईश्वरवादको केन्द्र हल्लियो, सदियौँदेखिको लेखकको एकाधिकारमा प्रश्न उब्जिए, सदियौँ पुरानो इतिहासको धार फेरिने सम्भावना बढ्यो, महाआख्यानको परम्परा टुट्ने देखियो ।
यस्ता तर्कहरू अघि सरेपछि चिन्तनको क्षेत्रमा बहुविकल्पको जन्म भयो । सुतेकाहरू उठ्ने अवसर पाए । हिँडेकाहरू नयाँ बाटो हिँड्न उत्साहित भए । निराश भएकाहरूले नयाँ आकाश खुलेजस्तो माने । त्यपछि देखिएको संसार अलि पृथक् थियो, नौलो थियो आफूलाई काम लाग्दो थियो । यसरी बाँध भत्किएर बाँधमुनिका गराहरूमा पानी बग्न थाल्यो । युगौँदेखिको वैचारिक एकाधिकारवादी मान्यता खण्डित भएपछि अधिकार र कर्तव्यको तात्पर्य निस्कन थाल्यो । चेतनाको नयाँ लहर सञ्चार भयो । फलस्वरूप स्थापित मान्यता तोड्ने र तिनका बदलामा नयाँ मान्यता निर्माणको प्रक्रिया थालियो ।
यसको प्रभाव र प्रतिक्रिया साहित्य, संस्कृति, कला, संगीत, राजनीतिलगायत क्षेत्रमा देखा पर्न थाल्यो । यसरी बृहत् सन्दर्भमा नयाँ अर्थ र मूल्यको खोजीको प्रयत्नको नाम उत्तराधुनिक चेतना बन्न पुग्यो । यसभित्र धेरै विषय र क्षेत्रको प्रवेश प्रयोग छ । साहित्यको क्षेत्रमा आधुनिकतावाद (१८९०– १९५०) नेपालको सन्दर्भमा मोतिराम भट्टको समयदेखि लेखनाथ पौड्यालको उदयसम्मको अवधि पर्दोरहेछ (पृ.२८) लाई विश्वसन्दर्भमा आधुनिक काल मानिएको छ ।
यो साठी वर्षे कालावधिमा निर्माण भएका, स्थापना गर्न खोजिएका, अथ्र्याइएका र बनाइएका मान्यताविरुद्धमा आएको मान्यतालाई उत्तराधुनिक मान्यता मानिएको छ । माथि सङ्केत भएजस्तै उत्तराधुनिकता आधुनिकताप्रतिको असन्तोष हो । उत्तराधुनिकतालाई बुझ्न आधुनिकतालाई केन्द्रीय चेतनाको रूपमा बुझ्नुपर्छ । उत्तरआधुनिकताबाट विचलित त्यसबाट परावर्तित अर्कै जगत् हो उत्तराधुनिकता ।
उत्तराधुनिकतामा पुग्दा सर्जकका विश्वासहरू फरक भइसकेका हुन्छन् । पाठकका धारणा अलग भइसकेका हुन्छन् । सम्पूर्ण परिभाषा फेरिइसकेका हुन्छन् । सत्य वा अर्थ भन्ने कुरा न स्वयंसिद्ध हुन्छ न विश्वव्यापी हुन्छ तर यो अनेक प्रकारका सामाजिक, ऐतिहासिक तŒवहरूको संयोगबाट निर्मित र निर्धारित हुन्छ र हरेक निर्धारण अस्थायी हो भन्ने भट्टराईको धारणा रहेको छ (पृ.३१) । यसरी उत्तरआधुनिकता धेरै कुराको संयोग हो तर आधुनिकताकै उत्तरवर्ती परिवर्तीत रूप पनि हो । उत्तराधुनिकतामा धेरै अनेक विषयको सम्भावना त्यत्तिकै विद्यमान रहन्छ । यति निश्चय हो उत्तराधुनिकताको पनि वैचारिक जग आधुनिकता नै हो । त्यसै कुरालाई भट्टराईले भनेका छन् आधुनिकतावाद विचार, धारणा र शैलीको यस्तो क्षेत्र हो जसतिर उत्तरआधुनिकता बारम्बार फर्केको छ ।
उत्तराधुनिकता धेरै नयाँ विश्वास लिएर आएको मान्यता हो । यो आधुनिकताप्रतिको असन्तोषको अभिव्यक्ति पनि हो । यो एउटा तरल र अस्थिर लाग्ने धारणा हो । सत्य व्यक्ति, समय र समाजसापेक्ष हुन्छ भन्ने यसको मान्यता रहेको छ ।
तिनीहरूलाई हेर्दै टाढा भएको छ । परिवर्तन भएको छ । सँगसँगै पछिल्तिर छोड्न चाहेको, बदल्न खोजेको अतीतको आलोचना गर्दै हिँडेको छ । त्यहाँ अनन्तसम्म चलिरहने विरोधाभास छ (पृ.३१) । नेपालको सन्दर्भमा आधुनिकता राम्ररी स्पष्ट हुन नसक्दै उत्तराधुनिकता प्रवेश ग¥यो । र, उत्तर आधुनिकता पनि राम्ररी परिभाषित हुन नपाउँदै लुकेर जस्केलाबाट पस्यो । हाम्रो घरभित्र हाम्रो मूल ओछ्यानमा पाहुना बनेर बसेको छ (पृ.३२) । उत्तरआधुनिक चेत बाजा बजाएर आउने कुरा नभएर स्वतः हाम्रा विचार, व्यवहार र कर्ममा आउने परिवर्तन हो । हामीले चाहेर नचाहेर जानेर नजानेर उत्तराधुनिक चेत, चिन्तन, लेखन र विचारमा आइसकेका छौँ भन्ने भट्टराईको धारणाको सार पाइन्छ । आधुनिक मूल्यको विलयनले हामी उत्तराधुनिकतामा पुगेका हौँ ।
उत्तराधुनिक एक परिस्थिति हो, एउटा परिप्रेक्ष्य हो । आधुनिकताले स्थापना गरेको आधिकारिकताविरुद्धको चेतना हो । यो प्रगति, विश्वव्यापिता, तार्कीकरण, एकरूपता र ज्ञानको मूल्याङ्कन गर्न मानिएका स्थिर मानक सिद्धान्तविरुद्धमा उभिएको छ । यसले ज्ञानको आधारमाथि प्रश्न गर्छ । यो स्वतन्त्रतासँग जोडिएको हुन्छ । विगतका अभ्यासहरूबाट यसले मानिसलाई मुक्ति दिलाउँछ र विकल्प सोचनतिर लगाउँछ । यसले नयाँ बाटो खोज्न र पुरानामा सन्देह गर्न सिक भन्छ (पृ.३६) त्यसरी नै उत्तराधुनिकतावादले राजनीतिक दर्शनमा, कानुनमा, मनोविज्ञानमा समाजशास्त्रमा, धर्मशास्त्रमा सर्वसत्तात्मक सिद्धान्त राख्नेहरूका विरुद्ध निरन्तर प्रहार गरिरहन्छ (पृ.३७) ।
हाम्रा सिद्धान्तहरू लचिला र तरल हुनुपर्छ । ज्याक अताली, जँ ब्रोदियर, हेलेन सिक्स, गाइल्ड डिल्युज, ज्याक डेरिडा, मिसेल फुको, फलिक्स ग्वाटारी, लुस इतिग्यारी, फ्रेडरिक जेम्सन, चाल्र्स जेंस, जुलिया क्रिस्टिना, ज्याक लकाँ, जाँ फ्राँस्वाँ, ल्योतार आदि उत्तरआधुनिक परियोजनासँग जोडिएका व्यक्ति हुन् । र, यिनले फ्रेडरिक नित्से, हाइडेगर, थ्योडर अर्नोडो, म्याक्स होइवेभर र वाल्टर बेन्जामिनलाई आफ्ना गुरु मान्छन् भनेर उत्तराधुनिकताको सम्बन्ध र साइनो पश्चिमा दर्शन र साहित्यकारसँग रहेको कुरालाई भट्टराईले स्पष्ट पारेका छन् (पृ.३६) ।
जर्मन, फ्रान्स, अमेरिका हुँदै विश्वपरिभ्रमणमा रहेको उत्तराधुनिकताका केही परिसूचकहरू छन् अस्तित्वको खण्डितता, अस्थिरता, अनिर्णीतता, निरन्तरता, प्रब्राजी, अतियाथार्थिकता, सोचगत बहुलता, विविधता, अनिश्चितता र उभयभाविता जस्ता स्वभावहरू उत्तराधुनिकताका परिचायक हुन् भन्ने भट्टराईको धारणा रहेको छ (पृ.३७, ३८) । उत्तराधुनिकता विविध विषय र क्षेत्रमा प्रयुक्त छ ।
खासगरी मनोविज्ञान, कानुन, साहित्य, कलाजस्ता क्षेत्रमा यसका धेरै अभिलक्षणहरू देखिन्छन् । सारमा उत्तराधुनिकताले सर्वव्यापी रूपमा नयाँ सोच र आविष्कारलाई प्रोत्साहित गरेको छ । सत्य हेर्ने विकल्प प्रस्तुत गरेको छ । अन्तरविषयकतालाई प्रोत्साहन गरेको छ । धेरै कृति लेखिँदैछन्, विश्लेषण र अनुसन्धान भइरहेको छ भन्ने भट्टराईको विचार रहेको छ (पृ.४०) ।
यस प्रकार उत्तराधुनिकतालाई परिभाषित गर्न धेरै आधारका बारेमा कुरा गर्न सकिन्छ । हिजोआज यस विषयमा धेरै सन्दर्भग्रन्थ प्राप्त हुन्छन् । उत्तराधुनिकता अनेक विषयक र अन्तरविषयक चेतना हो । आधुनिक कालका विशेषताका विरुद्धमा जन्मिएको काल हो । आधुनिकतावादले स्वीकारेका तथ्यहरू नाघेर आएपछि उत्तरआधुनिक परिस्थितिको निर्माण हुन्छ । अघि सत्यको सार्विकतामाथि विश्वास हुन्थ्यो अब खण्डिततामा हुन्छ । अघि अनुभूतिको एकत्वमा विश्वास हुनथ्यो अब विविधतामा विश्वास हुन्छ । अघि सत्यको सार्विकतामा विश्वास हुन्थ्यो अब तात्कालिकतामा र सापेक्षतामा विश्वास हुन्छ । भाषाका सङ्केतक र सङ्केतितबीचको सम्बन्ध अस्थिर हुन्छ । सत्य चलायमान र सापेक्ष हुन्छ ।
ईश्वर, लेखक, इतिहास, महाआख्यान र यो जगत्लाई बोक्ने सम्पूर्ण एकाधिकारीलाई यो दर्शनले छेउ लगायो । पाठीयता, संरचनात्मकता, ज्ञान शक्ति, र निश्चितता उत्तरआधुनिक समालोचनाका विशेषता हुन् । उत्तरआधुनिकता एउटा तरल र अस्थिर लाग्ने धारणा हो । आधुनिकता केन्द्रीय चेतनाको रूप हो भने उत्तराधुनिकता केन्द्रीय अवधारणालाई असत्य मान्ने चिन्तन हो । उत्तराधुनिकताले स्थापना गरेको आधिकारिकताविरुद्ध उभिन्छ । यो प्रगति, विश्वव्यापिता, तार्कीकरण, एकरूपता र ज्ञानको मूल्याङ्कन गर्न बनेका स्थिर मानक सिद्धान्त विरुद्ध उभिन्छ । कल्चरल स्टडी, फेमिनिस्ट स्टडी, विमिन्स स्टडी, जेन्डर स्टडी, गेइ स्टडी, लेज्बियन स्टडी, क्वीअर थ्योरी, साइन्स स्टडी, ट्रान्सन्यासनल स्टडी, पोस्टकोलोनिअल स्टडी आदि उत्तरआधुनिकताका अध्ययन क्षेत्र हुन् ।
उत्तरआधुनिकता धेरै नयाँ विश्वास लिएर आएको मान्यता हो । यो आधुनिकताप्रतिको असन्तोषको अभिव्यक्ति पनि हो । यो एउटा तरल र अस्थिर लाग्ने धारणा हो । सत्य व्यक्ति, समय र समाजसापेक्ष हुन्छ भन्ने यसको मान्यता रहेको छ । यी धेरै कुरा छन् जसको समग्र अभिव्यक्ति उत्तराधुनिक विमर्श हो । समग्रमा यो कृति उत्तराधुनिक चेतना, चिन्तन, प्रभाव र प्रयोगमा केन्द्रित भएर लेखिएको कृति हो । यहाँ अभिव्यक्त विचार, प्रस्तुत दृष्टान्त र प्रयोग सबै उत्तराधुनिक साहित्य, संस्कृति, कला र दर्शनसँग सम्बन्धित छन् ।
उत्तराधुनिकताका केही परिसूचक छन् जसले हामीलाई आधुनिकताबाट छुट्याएका छन् । सार्विक चेतनालाई एकल मान्यतामा ढालेर तत्क्षणिक यथार्थको चिन्तन र अनुभूति यसका परिचायक हुन् ।
आधुनिकतालाई धेरै समयसमम बोकिरहृयौँ तर पश्चिमको साहित्य र दर्शनले यसलाई छिट्टै उछिनेर अघि बढ्यो र उत्तरआधुनिकतामा आयो । जसको अभिव्यक्ति विभिन्न विषयका माध्यमले भएको छ भन्ने कुरालाई यस पुस्तकमा समीचिन ढङ्गले प्रस्तुत गरिएको छ । उत्तरआधुनिकतालाई चिनाउन यस पुस्तकमा विभिन्न परिच्छेद र तीभित्र विभिन्न उपशीर्षक व्यवस्थित गरिएको छ । जे जति कुरा यस पुस्तकमा व्यक्त भएका छन् ती कुनै न कुनै दृष्टिले उत्तराधुनिकताकै दृष्टान्त हुन् । विश्वपरिप्रेक्ष्य र नेपाली साहित्यका विभिन्न सन्दर्भका कृति र कृतिकार अटाइएको कृति पठनीय एवम् सङ्ग्रहणीय रहेको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच