✍️ डा. रणबहादुर थापा, ऊर्जा विज्ञ
पृष्ठभूमी
नेपाल सरकार, ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालय, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रअन्तर्गत रहेको जैविक ऊर्जा शाखाको मुख्य उद्देश्य खाना उकाउन प्रयोग भइरहेको परम्परागत ऊर्जा तथा आयातीत इन्धनको खपतलाई न्यूनीकरण गर्दै विस्थापित गर्न आधुनिक तथा स्वच्छ ऊर्जाको प्रवद्र्धन, विकास तथा विस्तार गर्नु रहेको छ । यसका मुख्य कार्यहरूमा सम्भावित खाना पकाउने स्वच्छ ऊर्जाका प्रविधिहरूको प्रवद्र्धन, विकास र विस्तारसम्बन्धी विविध गतिविधिको कार्यान्वयनको गतिलाई थप बढावा दिने, आयोजनाको औषत गुणस्तरमा अभिवृद्धि गर्ने, व्यावसायिक रूपमा सक्षम र दिगो प्रविधिको विकास तथा विस्तार गर्ने रहेका छन् । यसका लागि जैविक ऊर्जा कार्यक्रमले प्राविधिक, आर्थिक, संस्थागत सुदृढीकरण, क्षेत्रगत क्षमता अभिवृद्धि, प्रविधिहरूको गुणस्तर व्यवस्थापन जस्ता पक्षमा लक्षित वर्ग तथा सरोकारवालालाई सघाउ पुर्याउँछ ।
नेपालको राष्ट्रिय जनगणना-२०७८ बमोजिम लगभग ५४ प्रतिशत घरधुरीहरूले खाना पकाउन परम्परागत ऊर्जा (दाउरा, गुइँठा तथा कृषिजन्य अवशेष) प्रयोग गरेको देखिन्छ । त्यसैगरी, करिब ४४ प्रतिशत घरधुरीले एल.पि.जी., ०.५ प्रतिशत घरधुरीहरूले बिजुली र १.२ प्रतिशत घरधुरीले बायोग्यासको प्रयोग गरेको पाइएको छ । मट्टितेल र अन्य इन्धन प्रयोग गर्नेको हिस्सा क्रमशः ०.०५ र ०.१ रहेको छ । ग्रामीण घरपरिवारमध्ये खाना पकाउने इन्धनको रूपमा परम्परागत ऊर्जाको प्रयोग गर्नेको संख्या बढिरहेको छ भने शहरी घरपरिवारको हकमा आयातित एल.पि.जी.ले सबैभन्दा ठूलो हिस्सा ओगटेको छ । विद्युतीय चुलोमा खाना पकाउने घरपरिवारको संख्या अत्यन्त न्यून छ । यस तथ्यांकबाट नेपालमा घरायसी खाना पकाउने कार्यमा परम्परागत ऊर्जा तथा आयातित इन्धनको अत्यधिक निर्भरता रहेको पाइन्छ जसले राष्ट्रको व्यापार घाटा तथा घरभित्रको धुवाँ प्रदूषणले निम्त्याउने स्वास्थ्यसम्बन्धी जोखिम अत्यधिक रहेको देखिन्छ ।
विश्व स्वास्थ्य संगठन (२०२१) को अध्ययन अनुसार नेपालमा परम्परागत ऊर्जाको प्रयोगबाट हुने घरभित्रको धुवाँ प्रदूषणले निम्त्याउने स्वास्थ्य जोखिमका कारण वर्षेनी वार्षिक झण्डै ८,७०० जनाको मृत्यु हुने गरेको छ । खनिज इन्धन (एल.पि.जी. तथा मट्टितेल) को आयातमा राष्ट्रको ठूलो धनराशी बाहिर जाने र सोको प्रयोगबाट वातावरणमा नकारात्मक असर पर्दछ । तसर्थ, दीर्घकालीन रूपमा दिगो एवं वातावरणमेत्री ऊर्जाको पहुँच पु¥याउने नीतिनुरुप ग्रामीण क्षेत्रमा जैविक ऊर्जाका प्रविधिकहरू (सुधारिएको चुलो र वायोग्यास) र शहरी क्षेत्रमा विद्युतीय चुलोलाई मुख्य खाना पकाउने ऊर्जाको रूपमा प्रवद्र्धन, विकास तथा विस्तार गर्नु आजको आवश्यकता हो ।
हालसम्मका उपलब्धि
केन्द्रले आफ्नो स्थापनाकालदेखि नै जैविक ऊर्जाको प्रवद्र्धन र विकासलाई प्राथिकतामा राखेर उपयुक्त नीतिगत व्यवस्था गरी खाना पकाउने स्वच्छ ऊर्जाका विभिन्न गतिविधि सञ्चालन गरिरहेको छ । हालसम्म केन्द्र र विभिन्न विकास साझेदारको आर्थिक तथा प्राविधिक सहयोगमा चार लाख ४९ हजार ३३८ घरायसी वायोग्यास प्लाण्ट, ३५७ संस्थागत, शहरी तथा व्यावसायिक वायोग्यास प्लाण्ट, १४ लाख २३ हजार २४२ माटोको सुधारिएको चुलो, एक लाख नौ हजार ६३५ सुधारिएको फलामे चुलो, २३ हजार १२९ विद्युतीय चुलो तथा १८ हजार ६८ हिमाली फलामे सुधारिएको चुलोको प्रवद्र्धन भएको छ ।
वायोग्यास र सुधारिएको चुलोको प्रयोगबाट कार्वन उत्सर्जन न्यूनीकरणलाई स्वच्छ विकास संयन्त्रमा आबद्ध गरी कार्वन व्यापारबाट केन्द्रले हरेक वर्ष आम्दानी गरिरहेको छ । स्वच्छ विकास सम्यन्त्रअन्तर्गत आठवटा आयोजनामध्ये पाँचवटा वायोग्यासमा आधारित र एउटा सुधारिएको चुलोमा आधारित छन् जसबाट वर्षेनी कार्वन बिक्री गरी विदेशी मुद्रा आर्जन भइरहेको छ । यसका अतिरिक्त, हरित जलवायु कोषको सहयोगमा खाना पकाउने स्वच्छ ऊर्जासम्बन्धी कार्यक्रम (स्वच्छ चुलो कार्यक्रम) स्वीकृत भई तराईका २२ जिल्लाका १५० स्थानीय तहमा कार्यान्वयनको चरणमा छ ।
प्रविधि निर्माण/जडान प्रक्रिया
केन्द्र र यससँग सम्बन्धित सरोकारवाला संघसंस्थाले खाना पकाउने स्वच्छ ऊर्जासम्बन्धी प्रविधिको निर्माण÷जडानका लागि मागमा आधारित र लक्षित कार्यक्रमका लागि छुट्टाछुट्टै प्रक्रिया अवलम्बन गरी सेवा प्रवाह गरिरहेको छ । मागमा आधारित घरायसी प्रविधि (घरायसी वायोग्यास तथा सुधारिएको चुलो) जडान गर्न इच्छुक उपभोक्तहरूले केन्द्रद्वारा मान्यता प्राप्त कम्पनीलाई सम्पर्क गरी अनुदानबाहेकको रकम आफैं व्यवस्था गरी जडान सम्पन्न गरेपश्चात सम्बन्धित कम्पनीमार्फत केन्द्रमा अनुदान माग गर्दछन् ।
केन्द्रले विद्यमान नवीकरणीय ऊर्जा अनुदान नीति तथा सम्बन्धित कार्यविधिको अधिनमा रही सम्बन्धित कम्पनीमार्फत उपभोक्तालाई अनुदान भुक्तानी गर्दछ । लक्षित वर्गको कार्यक्रमको हकमा केन्द्रले हरेक आर्थिक वर्षको साउन महिनामा सम्बन्धित स्थानीय तहबाट लागत साझेदारीमा कार्यक्रम सञ्चालन गर्न माग संकलन गर्दछ । इच्छुक स्थानीय तहसँग समझदारी गरी सार्वजनिक खरिद ऐन तथा नियमावलीको अधिनमा रही छनौट भएको आपूर्तिकर्तामार्फत सम्बन्धित स्थानीय तहले छनौट गरेको उपभोक्तालाई प्रविधि आपूर्ति, निर्माण÷जडान तथा हस्तान्तरण गर्दछ ।
संस्थागत, सामुदायिक, व्यावसायिक तथा नगर फोहोरबाट ऊर्जासम्बन्धी आयोजनाको हकमा सम्बन्धित आयोजना विकासकर्तालाई विभिन्न चरणमा सहयोग गर्दछ र सो चरणहरू पूरा गरिसकेपछि आयोजनाको सञ्चालन तथा व्यवस्थापन गर्ने जिम्मेवारी सम्बन्धित आयोजना विकासकर्ता/समुदाय आफैंको हुन्छ । आयोजनाका चरणमा माग संकलन, पूर्वसम्भाव्यता अध्ययन, विस्तृत सम्भाव्यता अध्ययन, अध्ययन प्रतिवेदनको स्वीकृति, आयोजना निर्माण तथा उत्पादित ग्यास परीक्षण सञ्चालन, उत्पादित ग्यास प्रमाणीकरण, आयोजना सञ्चालन तथा व्यवस्थापन र एक वर्षे प्रत्याभूति परीक्षण रहेका छन् ।
निजी क्षेत्रका कम्पनीहरू
निजी क्षेत्र अर्थात् मान्यता प्राप्त कम्पनी खाना पकाउने स्वच्छ चुलो प्रविधि निर्माण/जडान तथा बिक्रीपछिको सेवा प्रदान गर्ने मुख्य साझेदार संस्थाहरू हुन् । यी संस्था प्रविधिको उत्पादन, आपूर्ति, निर्माण/जडानका तथा बिक्रीपछिको सेवा सबै चरणमा सहभागी हुन्छन् । जसका लागि प्रविधिको निर्माण/जडानका लागि विभिन्न निजी कम्पनी सक्रिय रूपमा कार्यरत छन् । यसका साथै व्यावसायिक हकहित, प्रविधिको गुणस्तरीय आपूर्ति तथा सेवाको सुनिश्चितता कायम गर्न र क्षेत्रगत रणनीति सुधार गर्न गराउन ती कम्पनीले आ-आफ्ना छाता संघ गठन गरी कार्यरत छन् । हाल केन्द्रद्वारा खाना पकाउने स्वच्छ ऊर्जा प्रविधिको निर्माण/जडान तथा बिक्रीपछिको सेवा उपलब्ध गराउने कार्यका लागि जम्मा १२४ वटा (९२ वटा घरायसी वायोग्यास, १२ वटा ठूलो वायोग्यास, २० वटा सुधारिएको चुलो, विद्युतीय चुलोका लागि सूचीकृत नभएको) कम्पनीहरू देशभर छरिएर सेवा प्रवाह गरिरहेका छन् जसले स्वच्छ चुलोको प्रवद्र्धन गर्नुका साथै स्वदेशी स्रोत परिचालन गरी करिब आठ सय रोजगारीको सिर्जना गरेका छन् ।
अनुदान तथा सरल कर्जाको व्यवस्था
नवीकरणीय ऊर्जा अनुदान नीति-२०७८ ले जैविक ऊर्जाका स्रोतहरूको उपयोगका निमित्त वायोग्यास, सुधारिएको चुलो, ग्यासिफायर जस्ता प्रविधिमा अनुदानको व्यवस्था गरेको छ । त्यसैगरी, वायोग्यास कर्जा कोषबाट कर्जा प्राप्त गरी स्थानीय वित्तीय संस्थामार्फत अनुदानबाहेकको स्वलगानी गर्न नसक्ने उपभोक्ताले सो कर्जा लिन सक्ने व्यवस्था छ । जसअन्तर्गत करिब ३०० वटा स्थानीय वित्तीय संस्था परिचालित छन् । वायोग्यासलाई घरायसी र जैविक फोहोरबाट ऊर्जामा आधारित (संस्थागत, सामुदायिक, व्यावसायिक र नगरपालिकाबाट निस्कने फोहोरवाट ऊर्जा उत्पादन) अनुदानको व्यवस्था छ । त्यसैगरी घरायसी, संस्थागत तथा व्यावसायिकस्तरमा खाना पकाउन, कोठा तताउन, फलफूल, तरकारी तथा अन्न सुकाउन फलामे सुधारिएको चुलो तथा फलामे ग्यासिफायरका लागिसमेत अनुदानको व्यवस्था छ । यस नीतिले लक्षित वर्गका लागि थप अनुदान पाउने व्यवस्था छ ।
व्यवस्थापनमा समन्वय
खाना पकाउने स्वच्छ ऊर्जाका प्रविधिहरूको प्रवद्र्धन, विकास तथा विस्तार गर्न केन्द्रले सम्बन्धित सरोकारवालासँग अर्थपूर्ण समन्वय, सहकार्य र सहजीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्रोतसाधनको उच्चतम परिचालन गर्ने रणनीतिनुरूप योजना बनाई कार्यक्रम कार्यान्वयन गरिरहेको छ । ग्रामीण क्षेत्रमा सुधारिएको चुलो जस्तैः रकेट स्टोभ, फलामे सुधारिएको चुलो र घरायसी वायोग्यासको प्रवद्र्धन गरिरहेको छ भने उच्च पहाडी तथा हिमाली क्षेत्रमा खाना पकाउनुका साथै कोठा तताउनका लागि दुई/तीन मुखे फलामे सुधारिएको चुलोको प्रवद्र्धन गरी परम्परागत ऊर्जाको खपतमा कमी गराउने प्रयास गरिरहेको छ । शहरी तथा शहर उन्मुख क्षेत्रहरू जहाँ विद्युत्को गुणस्तरीय उपलब्धतालाई मध्यनजर गरी विद्युतीय चुलोको प्रवद्र्धन गरी आयातीत खनिज इन्धन विशेषतः एल.पि.जी.को न्यूनीकरण गरी कालान्तरमा प्रतिस्थापन गर्ने रणनीति लिएको छ । खाना पकाउने स्वच्छ ऊर्जाको सरल र सहज पहुँचको सुनिश्चितता कायम गर्न दीर्घकालीन समाधानका लागि केन्द्रले स्थानीय तहसँगको सहकार्यलाई प्राथमिकतामा राखेको छ । यसका लागि केन्द्रले स्वच्छ ऊर्जा प्रविधिहरूको प्रवद्र्धन, विकास र विस्तारमा विभिन्न योजना अघि सारेको छ । हरित जलवायु कोषको सहयोगमा पाँच वर्षमा तराईका १५० वटा स्थानीय तहसँगको लागत साझेदारीमा १० लाख घरधुरीमा खाना पकाउन स्वच्छ चुलोको पहुँच पुर्याउने कार्यक्रम यही आर्थिक वर्षबाट सुरु भएको छ । जसअन्तर्गत पाँच लाख विद्युतीय चुलो, चार लाख ९० हजार तीन तहको सुधारिएको चुलो र १० हजार घरायसी वायोग्यासको प्रवद्र्धन गरिनेछ ।
मानव मलमूत्रसहितको जैविक फोहोरको उपयोगमा जोड
केन्द्रले वायोग्यास निर्माण गर्दा शौचालयको फोहोरको प्रयोगलाई निरन्तर प्रोत्साहन गर्दै आएको छ । घरायसी वायोग्यास प्लाण्ट निर्माणमा शौचालय जडान गरी मानव मलमूत्रसहितको जैविक फोहोरबाट ग्यास उत्पादन र उपयोगमा जोड दिइरहेको छ । यसका अलवा, प्रहरी तथा शैनिक व्यारेकहरूमा उपलब्ध हुने मानव मलमूत्र तथा भान्साबाट उत्पन्न हुने जैविक फोहोरबाट संस्थागत वायोग्यास जडानमा सहयोग गरिरहेको छ । त्यसैगरी विद्यालय, विश्वविद्यालयका होस्टेल तथा अस्पताल आदि स्थानमा शौचालय जडित वायोग्यास निर्माणमा सहयोग गरिरहेको छ । साथै, व्यावसायिक (गाई भैंसीपालन, कुखुरापालन, बँगुरपालन, उद्योग व्यवसाय, सार्वजनिक तथा निजी शौचालय आदि) र नगरफोहोरबाट ऊर्जा उत्पादनमा समेत आर्थिक तथा प्राविधिक सहयोग पु¥याउँदै आएको छ । जसबाट शहर र शहर उन्मुख स्थानमा फोहोर व्यवस्थापनको समस्या समाधानमा टेवा पुग्नुका साथै स्वच्छ ऊर्जा तथा जैविक (प्रांगारिक) मल उत्पादन गरी कृषिजन्य उत्पादन र उत्पादकत्व अभिवृद्धिमा सघाउ पुगेको छ । लेखक, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका सहायक निर्देशक हुनुहुन्छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच