दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडा । समुद्री सतहदेखि करिब तीन हजार ८०० मिटर अग्लो स्थानमा रहेको शैलुङ डाँडामा १०० भन्दा बढी थुम्काहरु रहेका छन् ।
दोलखा जिल्लाको प्रसिद्ध स्थल शैलुङ डाँडामा निर्माण हुँदै गरेको कालापानी शैलुङ मिनी ग्रेट वाल ।
करिब ५०० मिटर लामो उक्त वाल निर्माणमा छ करोड ७९ लाख ५६ हजार ३८३ लागत अनुमान गरिएकामा रु. चार करोड ९४ लाख १५ हजार ४१८ मा निर्माण हुँदै गरेको छ । शैलुङ डाँडामा आउने आन्तरिक पर्यटकको आकर्षकको केन्द्रसमेत बन्ने छ ।
तस्बिर : रत्न श्रेष्ठ/रासस