काठमाडौं । गण्डकी प्रदेशको पोखरामा केन्द्रीय कार्यालय रहेको ग्रिन डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत (डिसिइओ)मा प्रकाश गुरुङ नियुक्त हुनुभएको छ । दुई दशकभन्दा लामो बैंक तथा वित्तीय क्षेत्रमा कार्य गरेका अनुभवी गुरुङलाई सञ्चालक समितिको बैठकले डिसिइओ नियुक्त गरेको हो ।
वित्तीय संस्थाको दीर्घकालीन व्यावसायिक योजना, रणनीति तर्जुमा तथा कार्यान्वयनमा अत्यन्त कुशल तथा नेतृत्वदायी भूमिका निर्वाह गरी कुशल व्यवस्थापकका रूपमा स्थापित गुरुङले यसअघि साइन रेसुंगा डेभलपमेन्ट बैंकको नायब प्रमुख कार्यकारी अधिकृत तथा पोखरा फाइनान्सको सञ्चालकको भूमिकामा रही कार्यसम्पादन गरिसक्नुभएको छ ।
नवनियुक्त गुरुङले बैंकको उच्च व्यवस्थापनमा आबद्ध भई कार्य गर्ने अवसर प्राप्त गरेकोमा खुसी व्यक्त गर्दै बैंकलाई थप सबल र सुदृढ बनाउन भूमिका खेल्ने बताउनुभएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच