चलचित्र ‘दिमाग खराब’ले पहिलो सातामै कमायो ४ करोड

हिमालय टाइम्स
Read Time = 3 mins

काठमाडौं । गत कात्तिक २४ गतेबाट देशभरका हलहरुमा चलिरहेको चलचित्र दिमाग खराबले पहिलो एक सातामा ४ करोडको ग्रस आम्दानी गर्न सफल भएको छ । गएको शुक्रबारदेखि दोश्रो सातामा प्रवेश गरेको फिल्म ‘दिगाम खराब’ले पहिलो सातामै दर्शकबाट निकै रुचाइएको थियो ।

फिल्मले पहिलो एक हप्तामा ४ करोड उठाउन सफल भएको हो । दोश्रो साताको शुक्रबार र शनिबार पनि फिल्मको व्यापार आक्रामक छ । भोली पनि छठ बिदाको फाइदा फिल्मले मज्जाले उठाउने देखिन्छ । बलियो वर्ड अफ माउथका कारण फिल्मले लामो समयसम्म व्यापार गर्ने पक्का जस्तै छ ।

यसैबिच, यो फिल्मले पहिलो सातामा ४ करोडको ग्रस कलेक्शन गरेको वितरक गोविन्द शाहीले विभिन्न सञ्चार माध्यममा जानकारी दिएका छन् ।फिल्मले रिलिजको एक सातामा ४ करोड माथिको कमाई गरेको छ, जसमा काठमाडौंबाट मात्र २ करोड २० लाखको व्यापार छ । फिल्मले दोश्रो साताको शुक्रबार र शनिबार झनै आक्रामक व्यापार गरेकाले व्यापार साढे ५ करोड माथि पुग्ने देखिन्छ ।

फिल्मका निर्माता तथा निर्देशक निश्चल बस्नेतले यो फिल्म ४ करोडको बजेटमा निर्माण भएको बताइसकेका छन् । यसैले, यो फिल्मले नेपालबाटै लगानी सुरक्षित गर्नका लागि अझै ६ करोड माथिको व्यापार गर्न आवश्यक छ । यसैले, फिल्म लामो रेशको घोडा बन्नुपर्ने देखिन्छ ।

खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अर्पण थापा, बिजय बराल, सुमन कार्की, रमा थपलिया लगायतका कलाकारको अभिनय रहेको यो फिल्मको बिषयवस्तु, प्रस्तुति, कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । फिल्म रिलिजको पाँचौ दिनमा निर्माणपक्षले शोज कम पाएको भन्दै विरोध गरेको थियो । फिल्म नै हलबाट उतार्ने चेतावनी दिएपछि अधिकांश हलले दोश्रो सातामा शो बढाएका छन् । एजेन्सीको सहयोगमा

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

छुटाउनुभयो कि ?