काठमाडौं । युनिलिभर नेपाल लिमिटेडले हालै जाजरकोट र रुकुम जिल्लामा गएको भूकम्पमा परी ज्यान गुमाएकाप्रति दुःख व्यक्त गर्दै प्रभावित जिल्लामा पाल, कम्बल, औषधि, ड्राइ फुड, हर्लिक्स, सुपलगायतका राहत सामग्रीका लागि सहयोग प्रदान गरेको हो ।
विगतका अन्य प्राकृतिक प्रकोपमा जस्तै गरी लचिलो भावनाका साथ युनिलिभर नेपालले पीडित परिवार र राष्ट्रसँग ऐक्यबद्धता प्रकट गर्दै सरकारको भूकम्प प्रभावित क्षेत्रमा पुनर्निर्माण र पुनस्र्थापना कार्यलाई साथ दिन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा एक करोड रुपैयाँ योगदान गरेको छ ।
उक्त चेक कम्पनीका सञ्चालक तथा वरिष्ठ अधिकारीहरूको प्रतिनिधिमण्डलले सम्माननीय प्रधानमन्त्रीलाई हस्तान्तरण गरेको कम्पनीले जनाएको छ ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच