रेसुङ्गा नगरपालिकाले हरिबोधनी एकादशीमा बिदा दिने

रमेश विश्वकर्मा गुल्मी, संवाददाता
Read Time = 1 min

गुल्मी । गुल्मीको रेसुंगा नगरपालिकाले हरिबोधनी एकादशीका दिन सार्वजनिक विदा दिने भएको छ ।

मंगलबार एक सूचना निकाल्दै महान पर्व हरिबोधिनी एकादशीको अवसरमा प्रसिद्ध धार्मिक, ऐतिहासिक स्थल रेसुङ्गा पोखरीमा धार्मिक मेला लाग्ने भएकोले सो दिन बिदा दिने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्यालले जानकारी दिनुभयो ।

उहाँले विगतमा यस नगरपालिकाको कार्यपालिका बैठकबाट भएको निर्णय बमोजिम सार्वजनिक बिदा दिइँदै आएकोमा यस वर्ष पनि मंसिर ७ गतेका दिन परेको हरिबोधनी एकादशीको अवसरमा सार्वजनिक बिदा दिईएको बताउनु भएकाे छ।

सो दिन रेसुङ्गा नगरकार्यपालिकाको कार्यालय, नगरपालिका मातहतका सम्पूर्ण कार्यालयहरू, सम्पूर्ण शिक्षण तथा स्वास्थ्य संस्था र अन्य सार्वजनिक संघ संथाहरुमा सार्वजनिक बिदा दिइएको दिइएको अर्यालले बताउनुभयो ।

Subscribe
Notify of
guest
0 Comments
Inline Feedbacks
View all comments

रिलेटेड न्युज

छुटाउनुभयो कि ?