काठमाडौं । जिल्ला अदालत काठमाडौंमा त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि भएको आक्रमणसम्बन्धी मुद्दाको सुनुवाई अन्तिमतिर पुगेको छ ।
जिल्ला न्यायाधीश विनोद खतिवडाको इजलासमा मुद्दाको सुनुवाइ भएको थियो । आज दुवैतर्फका कानुन व्यवसायीले बहस गरेका छन् । मुद्दा हेर्दाहेर्दैमा भएकाले भोलि पनि सुनुवाइ हुनेछ ।
भोलि सुनुवाइ सकिएर फैसला आउने सम्भावना छ ।
आज चलाउनेको पक्षबाट अधिवक्ताहरू ओमप्रकाश अर्याल, सुरेन्द्र भण्डारी, राधिका खतिवडा, बसन्त जोशी, श्रीकान्त बराललगायत ९ जना वकिलले बहस गर्नुभएको थियो ।
यस्तै सरकारी वकिलहरू चन्द्रप्रसाद सञ्जेल, दिनेश श्रेष्ठ र श्रीकान्त खनालले पनि बहस गर्नुभएको थियो । प्रतिवादीको तर्फबाट योगेन्द्रबहादुर अधिकारी, शेरबहादुर केसी, दयानाथ खरेल, उज्ज्वलराज घिमिरेलगायतले बहस गर्नुभयो ।
यसअघि गत असोज ९ गते फैसला सुनुवाइ सुरु भएको थियो । तर, न्यायाधीश उत्तम सिलवालले डाक्टर बोलाउने आदेश दिएर फैसलालाई धकेलिदिएका थिए ।
चलाउनेमाथि नेविसंघका कार्यकर्ताहरूले आक्रमण गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच