काठमाडौं । नेपालका मेकानिकल इञ्जिनियरहरूको टोलीले हातले चलाउन सक्ने सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्प (ग्लुपर प्रोजेक्ट) को विकास गरेको छ । टोली ग्रामीण भेगका लागि उपयोगी डिजेल पेट्रोल नचाहिने सेफ्टी ट्यांकी सफा गर्ने हाते पम्पको विकास गर्न सफल हो ।
टोलीमा सहभागी मेकानिलक इञ्जिनियरहरूका अनुसार यस्तो मेसिन विकास भएको यो नै संसारकै पहिलो हुन सक्छ । किनकि यस्ता मेसिन विकसित देशमा आवश्यक हुन्छ । प्राध्यापक सावित्री त्रिपाठी, डा. अरुण सत्याल, प्रकाश बस्याल र अनिल सापकोटा गरी चारजना मेकानिकल इञ्जिनियरको समूहले मेसिन विकास गरेको हो । उनीहरू सबैजना नेपाल इञ्जिनियरिङ कलेज दुवाकोट चाँंगुनारायण भक्तपुरका मेकानिकल इञ्जिनियरिङका एसोसियट प्रोफेसर इञ्जिनियर हुन् ।
समूहका एकजना डा. अरुण सत्यालले परीक्षण हुन बाँंकी रहेको बताउनुभयो । चारजना मेकानिलक इञ्जिनियरको महिनौँको प्रयासपछि पम्प विकास भएको डा. सत्यालले बताउनुभयो । जसका लागि पहिला नै समूहले कन्सेप्ट बनाई कम्प्युटरमा खाका तयार गरेको र सोहीअनुसार एकजना मेकानिक्स र सहयोगी गरी दुर्ईजनाले मेसिन तयार गरेको डा. सत्यालले बताउनुभयो ।
ब्राउन गोल्ड प्रोजेक्टअन्तर्गतको आर्थिक सहयोगमा गुल्पर प्रोजेक्टका रूपमा काम भएको हो । मेसिन बुधबार ब्रोन गोल्ड प्रोजेक्टका १६ जनाको एक टोलीले अवलोकन गरेको छ । अमेरिका, भारत, इथियोपिया, घाना र नेपालका प्रतिनिधि सदस्य रहेको टोलीले निरीक्षण गरेको हो । मेसिन सामान्य कवाडीबाट सामान संकलन गरेर बनाइएको बताइएको छ । मेसिनमा फलाम, डोरी, पुराना काम नलाग्ने टायरलगायतका सामान प्रयोग गरिएका छन् । झण्डै तीन फिट अग्लो, दुर्ई-दुर्ई फिट जति लम्बाइ चौडाइको छ ।
कार्यक्रममा नेकका कार्यबाहक प्राचार्य दुर्गाप्रसाद भण्डारीले समाजको हितमा गुणस्तरीय इञ्जिनियर र प्रबन्धक उत्पादन गर्न प्राविधिक शिक्षा, अनुसन्धान र नवप्रवर्तनमा राष्ट्रको नेतृत्व गर्न नेक प्रतिबद्ध रहेको बताउनुभयो । अनुसन्धान र आविष्कारका लागि विभिन्न राष्ट्रिय र अन्तर्राष्ट्रिय संस्थानसँग सहकार्य गर्दै आएको पनि उहाँले बताउनुभयो । कलेजका अनुसार यसअघि कलेजका दुर्ईजना स्नातकोत्तर विद्यार्थीले सोही परियोजनामा संलग्न रहेर थेसिस पूरा गरेका थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच